राखे प्रचण्डले भारतसित दह्रो अडान
नेपाली नेता सत्तामा बस्दा भारतको चाकरी बजाउँछन् प्राय । सत्ता बाहिर गएपछि भने सत्तो सराप । यो नेपाली नेताको नियती हो । तिनको नीति हो । तर कम्तिमा तत्कालिन नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री बनेका मनमोहन अधिकारी र एकिक्रित नेकपा माओवादीका अध्यक्ष प्रचण्डलेभने भारत समक्ष केहि अडान राखेका छन् केहि पटक ।
अहिले फेरी भारतीय राजदूत मार्फत एकिक्रित माओवादीका अध्यक्ष प्रचण्डले भारत सरकार सित नेपालको हितको लागि बिभिन्न शर्त अघि सारेका छन् । प्रचण्डले भारत सरकार समक्ष सन् १९५० को भारत र नेपालबिचको असमान सन्धि खारेज हुनु पर्ने शर्त राखेका छन्। त्यसबाहेक उनले पुराना सबै गोप्य सन्धि-सम्झौतालाई खुला गरिनुपर्ने, कालापानीबाट भारतीय सेना हटाइनुपर्ने र सुस्तालगायतका सीमा-समस्याको हल हुनुपर्ने माग राखे । नेपाल भूपरिवेष्ठित राज्य हुनाले त्यसको हिसाबले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउनुपर्ने सबै सुबिधा पाउनुपर्ने अडानपनि राखे ।
भारतसितको सन् १९५० को असमान सन्धि पूनर्मूल्यांकन गरेर समानताका आधारमा नयाँ सन्धि गर्नु पर्ने प्रस्ताब मनमोहन अधिकारीले पहिलो पटक भारत सरकार समक्ष राखेका थिए । त्यसपछि बनेका हरेक सरकार भारत सरकार समक्ष झुके । संबिधान सभाको निर्वाचन पछि मात्रै ति असमान सन्धि सम्झौता खारेज गरिनु पर्ने, नयाँ समय सुहाउँदो नयाँ सन्धि गरिनु पर्ने, सिमा क्षेत्रमा भारतीय पक्षबाट बाट भएको अतिक्रमण बन्द गरिनु पर्ने लगायतका शर्त प्रचण्डले राखेका थिए आफु प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा ।
अहिले प्रचण्डले भारत सरकार समक्ष एकाईसौं शताब्दीका जनताको नयाँ चेतना अनुसार भारत र नेपालबिचको सम्पूर्ण ईतिहासकै समिक्षा गरेर नयाँ आधारमा नयाँ सहमती गरिनुपर्ने शर्त पनि राखेका छन् । उनले नेपालको विकासका लागि नयाँ रणनीतिको आवश्यकता भएको र त्यसमा भारत र चिन दुबै सहभागि हुनुपर्ने नयाँ र विशेष खाले अडान राखेर एक खालको राष्ट्रिय बहसको शुरुवात गरिदिएका छन् ।
ब्रिहद शान्ति सम्झौतामा माओवादी जनसेनालाई राष्ट्रिय सेनामा सहभागि समायोज गराउने स्पष्ठ उल्लेख छ । तर हाम्रा सेनापती भारत भ्रमणमा जाँदा भारतीय सेनापतीले त्यसरि माओवादी जनसेनालाई नेपाली सेनामा मिसाउन नहुने भन्दै शान्ति सम्झौता बिरोधी अभिब्यक्ति दिएका थिए। उनले नेपालको मामिलामा हस्तक्षेप गरेका थिए । प्रचण्डले यस विषमापनि भारतीय सरकारको आधिकारिक धारणा मागेर अडान राखेका छन् । आफ्नो राष्ट्र र राष्ट्रियताकालागि उनले राखेका यि सबै अडान साहसिक रुपमा राखेर उदाहरणिय काम गरेका छन् ।
सरकारका तर्फबाट आफ्नो देशको हितका लागि राखिनु पर्ने शर्त र अडान प्रमुख प्रतिपक्षी दलका हिसबले राखेर आफ्नो पार्टीको स्पष्ठ धारणापनि ल्याएका छन् जनता समक्ष । राष्ट्रिय हितका विषयमा आफ्नो दल अरु दलभन्दा अगाडि रहेको देखाएका छन् ।
यदि हाम्रा नेता र दलहरुले पहिले देखिनै भारत समक्ष यसरि आफ्नो अडान राखेको भए, आफ्नो दलगत र ब्यक्तिगत स्वार्थलाई नहेरेर राष्ट्रिय हितलाई हेरेर काम गरेको भए भारतले पक्कै यति बिघ्न हेप्न सक्ने थिएन । नेपालमाथि यसरि थिचोमिचो गरिराख्न सक्ने थिएन । अहिले प्रचण्डले भारत समक्ष राष्ट्रिय हितका लागि राखेका अडानमा अन्य दलहरुलेपनि राष्ट्रिय बहस चलाउनु पर्छ । ति विषयमा राष्ट्रिय सहमती कायम गरेर भारत सरकार समक्ष प्रस्तुत हुनु जरुरी छ ।


राष्ट्रिय स्वाधिनताको पक्षमा उनको यो अडान पछिसम्म पनि कायम होस् , शुभकामना ।
मन परो वा परेन:
0
0
[Reply]
हेल्लो है नेपाली नेता तिमि हरु लाई सरम
काहा गयूओ तिमि हरु ले नेपाली लाई त्
गोरु जस्तुओ गरि हेर्नो भो हे नेता कुकुर
हो बाकी नेपाली लाई त् बाच्न दे हाई
हाई नेता
मन परो वा परेन:
0
0
[Reply]
रास्त्रियताको लागि वहा ले धेरै गर्नु भएको काम मध्ये केहि यहाँ ऊल्लेख गर्नु जरुरि ठानेको छु ,
१, भारतको दार्जिलिंग एरियामा भएको गोर्खा ल्याण्ड को आन्दोलन लाई अझ प्रवाभाकारी बनाउन भारतलाई नेपालको पुर्बी जिल्ला हरु लिम्बुवान , खुम्भुवान र कोचिला राज्य हरु समेत मिसाई दिएर गारो परिदिउला भनि वहाले भारत् लाई बेला बेला मा दिनु भएको धम्कि नेपाल र नेपालीले सधै याद गरि रहनु पर्दछ ,
२, तेसै गरि हाम्रो देशको सुगम भएर पनि विकाश बाट पछि परेको तराई लाई भारत मै मिसाई दिएर अविकशित भारत बनाइदिउला भन्ने पाराले मधेश लाई स्वायत्त बनाई भारतमै मिसाई दिने योजनाले भारत थुर थुर भएको हामी ले देखेकै हो ,
३,चिन भ्रमण पछि नेपाल फर्किदा बाटो मै हिम्मत का साथ चिन त खेल हेर्न गएको राजनीतिक भ्रमण त भारत मा गर्छु भनि भारत लाई थर्काएको पनि अहिले जस्तो लाग्छ ,
४, वहाको प्रधानमन्त्री काल मा सुस्ता लाइ भारत मा गाभी दिएर भारतीय police लाई त्यहाँ को सुरक्ष्या गर्न लगाई हदै सम्मको गारो परि दिनु भएको पनि नेपाली ले भुलेका छैनन् ,
५, भारत को भ्रमणको बेला सक्ति साली भनिने भारतीय प्रधानमन्त्री को जिउ मा तुर्लूँगा झुन्द्दियेर बिस्वमा कुनै सामान्य मनिष ले त के कुरा चोर फटाहाले समेत गर्न नसकिने लाज़मर्नु काम गरि चकित पर्नु भएको संसार लाई झलझली छ ,
६, नेपाल को ईतिहासमा नेपाली राजनीतिमा आएका समस्यालाई भारतीय हरु संग बसेर छलफल गरि टुङ्गो लगाउछु भनि भारतीय नेता हरु लाई खुट्टा काम्ने गरि थराकाउनु भएको पनि १५ दिन पनि बितेको छैन ,
७, आफना सहयोद्धा कामरेड बाबुराम का मुख बाट भारतको हित बिपरित काम गर्नु हाम्रो हित मा छैन भनि बोल्न लगाई वहाले संसार को सामुन्ने भारत लाई तिरिमिरी देखाउनु भएको पनि कसरि भुल्न सकिएला …..येस्ता अन गिन्ती रस्त्रियाताको काम वहाले गर्नु भएको छ
मन परो वा परेन:
0
0
[Reply]
ranke Reply:
December 30th, 2009 at 10:52 am
khai tapai ko comment herda naam satya narayan lagena hai malai ta
मन परो वा परेन:
0
0
[Reply]
होइन हो लेखक ज्यु , कहाँ राखे त अडान खोइ? कतै सुनिएको छैन नि कि तपाईंसँग बसेर व्हिस्की खादा राखे ? आफु नै सत्तमा हुँदा , प्रधानमन्त्री नै हुँदा दर्जनौ पटक भारत भ्रमण गरेर पनि प्रचन्डले कालापानी त के सुस्ता जस्तो जल्दो बल्दो बिषयमा समेत चुं नगरि मनमोहन लाई अङालो हालेर सत्ताको आयु लम्ब्याउने आशिर्वाद थापेर आएको कुर जगजाहेर छ अब अहिले आएर भुत्रो अडान ? यो त भारतले हाल्सालै माकुने को सरकारलाई नै हाम्रो पूर्ण समर्थन छ भनेपछी तिर्मिराएर बोलेको मात्र हो । लेखक ज्यु एक पटक फेरी सत्तमा गए भने हेरुला यो अडान रहने छैन र भक्ती गीत हुनेछ प्रचन्डको ओठमा। लेखक ज्यु अली बुझेर निस्पक्ष लेख लेख्नुस् अली राजनीतिक चेतना भएकालाई पनि पचोस् होइन भने यो भजन गाउँ छोडिदिनुस् ल।
मन परो वा परेन:
0
0
[Reply]
Pukar Reply:
December 30th, 2009 at 8:24 am
100% hajur saga sahamat yak dam sahi kura garnu bhayo Nava Kranti ji
मन परो वा परेन:
0
0
[Reply]
यो केटा केटी चाला ले पनि कही होला र ? चक्लेट को लागि रुने कराउने पायेपछी शान्त हुने जस्तै भएन र ? खै त सत्तामा गयेकै हो यसरी दर्हो अडान लियेको थाहा भएन कुरा राखेको मात्र सुनियो खै त लागु भएन। न कुनै पहल नै गरियो । अहीले चर्को कुरा गर्नु भनेको त भारत सँग सत्ताको लागि घुर्की हो भन्दा अत्तियुक्ती नहोला
मन परो वा परेन:
0
0
[Reply]
India has already said that they are ready to make revision on 1950 treaty and has gone a step further to ask us to present the draft for revision. Now the ball is our court. What has been done since then in this regard? We have to be clear on our stand and be specific what we want to change.It doesn’t make sense all the time to blow the horn of 1950 treaty revision without being ready to present the alternative. Leaders, don’t talk the talk but act.
मन परो वा परेन:
0
0
[Reply]
bharatasita ali ali soft nahune ta kurai hunna shaktishali desh bhayekaale
tara daro sita raashtriya hitkaa kuraa rakhne manamohan Adhikari ra Prachanda nai hun
मन परो वा परेन:
0
0
[Reply]
Pheri jangle pharkanu bhanda ta aaja samma je bhaneko chha ra gareko chha tyo thikai jasto lagchha…..sayad jangle pharkanu pahileko antim astra hola yo maobadiko….
मन परो वा परेन:
0
0
[Reply]