अबको आन्दोलन भारत बिरुद्द ?
एकिक्रित नेकपा (माओवादी) को हिजो बसेको पोलिट्ब्युरो बैठकले राष्ट्रियताको आन्दोलनलाई प्रमुखताका साथ उठाउने निर्णय गरेछ । हाम्रो लोकतन्त्र र राष्ट्रियतालाई संकटमा पार्ने प्रमुख भूमिकापनि भारतबाटै भएको ठहर गरेछ । यो त सबैले जाने बुझेकै कुरो हो । उनीहरुले नेपालको शान्ति र संबिधान निर्माण कार्य भारतीय हस्तक्षेपका कारण संकटमा पर्दै गएकोले अबको आन्दोलन भारत बिरुद्द हुने घोषणा पनि गरेका छन् । भारत बिरुद्दको उनीहरुको आन्दोलन भने के कस्तो हुने हो उनीहरुले अझै सार्वजनिक गरिसकेका भने छैनन् ।
त्यसो त नेपालको राष्ट्रियतालाई संकटमा पार्ने काम भारतीयहरुले गरेको यथार्थ पछिल्लो होइन नै । माओवादीहरुले अहिले आएर त्यसको महसुस गरेका पनि पक्कै होइनन् । किनभने हिजो जनयुद्दका बेलापनि माओवादीले भारत बिरुद्द सुरुङ युद्द गर्ने भनेर सूदुर पश्चिमका पहाडी भागमा सुरुङ खन्ने र खाल्टाखुल्टी पार्ने काम गरेका थिए । कार्यकर्ताहरुलाई अब हाम्रो राष्ट्रियताको रक्षाकालागि भारत बिरुद्द युद्द छेड्नुपर्छ भन्ने घोकाएका थिए ।
राजनितिक परिस्थिति बदलियो । दलहरु राजाको निरंकुशता तोड्नमात्रै होइन राजतन्त्र मिल्काउनकै लागि एकजुट भए । अनि राजतन्त्र मास्ने र देशमा गणतन्त्र ल्याउने सहमती गरे। माओवादीसित शान्तिवार्ता गरियो । तर त्यसरि सुरुङ युद्द घोषणा गरिएको भारत ब्रिहद शान्ति वार्ताका लागि नभै भएन । त्यहि भारतीय भूमीमा वार्ता गरियो । तिनै भारतीय शासकलाई अघि सारेर ब्रिहद शान्ति सम्झौता गरियो । त्यो सम्झौतापनि आफ्नै देशमा नगरेर भारतमै गरियो । यसबाट देखाउँछ हाम्रा नेता मुखले कति कडा कुरा गर्छन्, भारतको कति बिरोध गर्छन् र आफ्नो स्वाद पर्ने बेला भारतीय शासकसित कति झुक्छन् भन्ने तथ्य ।
हुँदा हुँदा संबिधान सभाको निर्वाचन पछि माओवादीले सरकारको नेत्रित्व नै गर्यो। प्रधानमन्त्री लगायत महत्वपूर्ण मन्त्री पद माओवादीकै थिए । तर माओवादीहरु सरकारमा गएका बेला भारतीय सरकार समक्ष सन् १९५० को सन्धि खारेजी, सिमा क्षेत्रमा भएको भारतीय अतिक्रमण लगायतका विषयमा प्रधानमन्त्रीका हिसाबले प्रचण्डले बिरोध गरेपनि अहिले जस्तो भारतको बिरोध गरेनन् । माओवादी पार्टीले कालापानीबाट भारतीय सेना हटाउ भनेर दह्रोसित भनेको कहिल्यै सुनिएन सरकारमा रहुन्जेल । नेपालको राष्ट्रियलाई संकटमा पार्ने काम भारतीय शासकबाट भएको हो भन्ने उद्घोष सरकारमा बसुन्जेल माओवादीलेपनि गरेन । बरु नेपालमा लोकतन्त्र स्थापित गर्न र शान्ति वार्ताका लागि भारतीय शासककै खाँचो देखेर उनीहरुलाई सहभागी गराए । जुन शान्तिवार्ता र ब्रिहद शान्ति सम्झौता गर्न न त भारतीय शासकको खाँचो थियो न त भारतीय भूमिकै । यि दुबै काम उनीहरुले नेपालमै गर्न सक्थे । यद्दपी यसमा माओवादी एक्लै दोषी भने पक्कै छैन ।
अहिले सरकार बाहिर भएका बेला माओवादीको पोलिटब्युरो बैठकले चौथो चरणको आन्दोलन भारत बिरुद्द हुनुपर्ने र त्यो राष्ट्रियताको रक्षाको लागि हुनुपर्ने घोषणा गरेको छ । आन्दोलनकै दौरानमापनि माओवादीले सरकारमा जाने मनशाय छोडेको छैन । सरकारमा जाने वातावरण बने उसको आन्दोलन रोकिने निश्चित प्राय छ । किनभने अहिलेको सरकार भंग गरेर माओवादीको नेत्रित्वमा राष्ट्रिय सरकार बन्नुपर्छ भन्ने माग माओवादीले जोडतोडले उठाइरहेको छ ।
त्यसैलेपनि माओवादीले जनताका अगाडि के स्पष्ठ पार्नु जरुरी छ भने देशको अहिलेको प्रमुख संकट अस्थिर सरकार हो कि भारत बिरुद्दको आन्दोलन ? माओवादीको प्राथमिकता आफ्नो नेत्रित्वमा राष्ट्रिय सरकार गठन हो कि राष्ट्रियताको आन्दोलन ? सरकार बाहिर भएका बेला नेपालको लोकतन्त्र र शान्ति अवरुद्द भएको देखेका हुन् भने भोली सरकारमा गएका बेला देख्छन् कि देख्दैन ?


Good Question tara chor mawobadi le answer diya po sabai swartha ma kam cha ani
मन परो वा परेन:
0
0
[Reply]
Maobadi le jo sukai sanga andolan gare garos tara sojha satha asikshit nepali daju bhai haru lai chatake le chatak gare jasari sadhai bhari jilyaune kam nagaridiye hunthyo. Hami sojha sajha nepali lai ta santi chahiyeko chha andolan haina. Yedi maobadi le bahulaththi andolan nagareko bhaye aja nepal 50 barsa pachhadi parne thiyena. Nepal ma harek ghar ghar ma batti balne thiyo, harek gaun gaun ma pakki bato banne thiyo tara maobadi ko abarodh le des pachhadi dhakalyo. Aja aphno des ma bahumat bhayeka bahun,kshetri,kami damai thakuri adi haru lai refugee banaune bhayo maobadi kai andolan le, yesko jimmewari kasle line ta.
मन परो वा परेन:
0
0
[Reply]