रोईरहेका हिमाल
[यसैको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस]
-अनिल रुपाखेती / मुक्तिनाथबाट फर्केर
बिहान श्रीमतिजी सहितको बिछ्यौना कसलाई पो छोड्न मन लाग्छ र ! तैपनि चाँडै उठियो । बाहिर पुरै कुहिरोले ढाकेको । परेन बित्यास ? भोली त अस्टमी । पर्सि टिका । जहाज आउने त कुरै हरायो । बालबच्चा दशैको बेलामा एक्लै हुने भए । श्रीमतिजीको भविस्यवाणी आयो । महिलाहरु आधा ज्योतिष हुन्छ भन्छन । त्यसमापनि उनको बच्पन त ज्योतिषांगनमा बितेको । मलाइ पनि कता कता चिसो पस्यो । टीकाको दिनमा जोमसोममा घोसे मुन्टो लगाएर बिताएको चित्र अगाडी नाच्न थाल्यो । अघिसम्म सुहागरातको श्रीमति झै लागेको जोमसोम अब मलाइ लुतो लाग्न थाल्यो । मोबाइल बज्यो, पोखरा सिता एयरबाट रहेछ । मौसमको कारणले बिमान आउने वा नआउने निश्चित नभएको खबर ! उफ !
रोईरहेका हिमाल
मौसमको कारणले बिमान नआएर ७ दिन बसेको पूर्वानुभूती म भित्रको मनले त हरेस खायो । थचक्क बसें । ‘ के भयो ? पेट दुख्यो ? ‘ श्रीमतीजीको प्रश्न तेर्सियो । ‘हैन छाती दुख्यो’ जबाफ दिएँ । ‘दाया कि बाया त ? ‘ अलिक नजिकिदै उनले भनिन् । जताततै दुख्यो । त्यतिखेरै ढोका ढकढकाएको आवाज सहित २ कप चिया आयो । बिमान नआउने खबर सहित चिया छोडेर साहुनी बिदा हुनु भयो । चिया एकै घुट्कोमा सिध्याएर होटेलको छतमा उक्लिएँ । हिमाल रोइरहेको थियो । सायद उ पनि बालबच्चा संझेर होला वा बढ्दो जलवायु परिवर्तनले आफ्नो उमेर घट्दै गएको यथार्य थाहा पाएर होला । तल हेरें जिप कराउँदै थियो, बेनी, बेनी बजार । बेनीबजार पुग्न कति समय लाग्छ ? ‘५, ६ घन्टा’ । हिजो मार्फाको जीपले दिएको उत्तर याद आयो । लौ बा बचिन्छ कि क्या हो ! राति अबेर सम्ममा पोखरा र भोलि बिहान घर पुगिने छाँट देखीयो । झोलामा फटाफट लुगा मिलाएर तल झरीयो ।
जीपपार्क जानु अगाडी आत्माले एक पटक बिमानस्थल जान खुट्टालाई अनुरोध गर्यो । म बिमानस्थल पुगें । खचाखच भिड थियो । सबै जना आकाश र वरीपरीको डाँडा हेर्दै थिए । प्रोफेसरजीलाई दाई सम्भावना के छ । भन्दै म काउन्टर पुगे । सम्भावना छ पनि छैन पनिको जवाफ मिल्यो । अन्योल झन बढ्यो । प्रोफेसरजीलाइ जीपको योजना बताएँ । उनले ठाडै इन्कार गरे। ‘आज बाग्लुङ बन्द छ भन्ने हल्ला छ भाइ । जानु हुन्न है ‘ भन्दै मलाइ संझाउन पो थाले । नेपालको बन्दको कुनै भर नै हुदैन । बिलखबन्द हुदै दुबै जना बाहिरियौं ।
हिमाल हाँस्न खोजेको जस्तो देखियो भाइ, जहाज आउन पनि सक्छ । एक कप चिया पीउँदै बाटो हेर्यौं । त्यसपछि जहाज नआए होटेल गएर मार्फा तानौंला । मलाइ पनि मार्फाको योजना मन पर्यो । चिया पीउँदै गर्दा मलाइ पोखरा सिता एयरमा फोन गर्न मन लाग्यो । ओमजीले फोन उठाए । १ घन्टाभित्र मौसममा सुधार भए आउन सक्ने खबर दिए उनले । चिया सकेर होटेल पुग्ने बित्तिकै साहुनीले भन्नुभयो ‘बिमानस्थलबाट फोन आएको थियो जहाज आउला जस्तो छ रे ।’ उहाँ बिमान कंपनीको जिएसए हुनुहुँदोरहेछ । टावरले मौसममा सुधार भएको पक्का गर्यो भने आउँछ । साहुजी बुझ्न टावर जानु भाछ । ‘ जान पाउँ न मुक्तिनाथ ! मनमनै भन्न थाले ।
त्यत्तिकैमा टावरको साइरन करायो । ‘यो पोखराबाट जहाज उडेको संकेत हो । तपाइहरु कुद्नुस । नत्र भ्याउनु हुन्न ।’ साहुनीले सुनाउनु भयो । हामीहरु कुलेलाम ठोक्यौं । बिमानस्थलकर तिरेर बोर्डिङपास लिँदा लिँदै जहाज नजिकै देखियो । १० मिनेटमा नै बोर्डिङ भइयो । हात हल्लाउदै जोमसोम लाई बिदा दिए सबैले । बाटोमा मनग्यै कुहिरो रहेछ । सातो जाने गरी हल्लायो । पोखरा बिमानस्थल पुगेपछि मन हल्का भयो । फूर्सदले खाना खाएर पोखरा एक चक्कर लगाएँ । ४, ५ बर्षअघि र अहिलेको पोखरामा अन्तर पाएँ मैले । घर,धुलो र धुवां बढेको । घरजाने माइक्रोबसमा जोमसोम र वरिपरिको विकास र कर्णालीको सकल विकासको तुलना गर्दै जाँदा निदाएछु । थयार्थमा म निदाएको छैन । अझ जागा भएको छु । मेरो आन्तरीक आँखा खोल्न मुक्तिनाथको ठुलो सहयोग छ ।
(अनिलको मुस्ताङ क्षेत्रकै बारेमा फोटो फिचरपनि आउँदै छ प्रतिक्षा गर्नुहोला-नेपालप्लस) ।
-अनिलका अघिल्ला रचनापनि हेर्नुस-


lovely litreature i like it
मन परो वा परेन:
0
0
[Reply]
I think ,We all have to experience such a moment while returning from the official trip of mid and far-western hills but very good picturisation of the event!
मन परो वा परेन:
0
0
[Reply]
ल रुपाखेती जी लेख त राख्नु भएछ है मजा लाग्यो एक्दमै…. मलाई यस्तै अरुका सस्मरणहरु पढ्न ज्यादै रमाइलो लाग्छ नै खाना खान समेत बिर्सेर एकोहोरो यस्तै सस्मरण सँग दुब्दै रमाउछु, बरु फोटो सोटो किन राख्नु भएन एस्पाली?? कता कता खल्लो पनि लाग्यो फोटोनभएर हो की ???अब अरको पटक छिट्टै आउनुहोला फोटोहरु लिएर ….
मन परो वा परेन:
0
0
[Reply]
Anil je,
gr8 work…….but i have one request for you….as far as i know you are working and visiting very rural parts of nepal specially in mid west we as reader will be so happy to read from you, if u share your unique experience with us. Like you did in your previous articles.
Continue your writing.
मन परो वा परेन:
0
0
[Reply]