सवै बिकृति सुदुरपश्चिममै मात्र छन ?
-रामहरी ओझा/डोटी
असोज महिनाको त्यश्रो साता परेको अबिरल वर्षाले सुदुरपश्चिमको जनजीवन प्रभावित पारेको थियो । सिलगढी-धनगढी लोकमार्गमा सयौं स्थानमा पहिरो गई अवरुद्ध पारेको थियो । कतिलाई वेघर वनायो, कतिलाई सुकुम्वासी वनायो र कतिको अकालमै मृत्यु भयो भन्ने वारेमा सम्वन्धित सरोकारवाला निकायलाई थाह होला तर सवैलाई पिडैपिडा दियो यो वर्षाले ।
धनगढी गई महत्वपूर्ण काम गर्नु पर्ने हतारो, काम हुदैन कि भन्ने चिन्ताले पिरोलिरहेका वेला असोज २८ गते बिहान करीव ११ वजेतिर एक जना मित्रले फोन गर्नुभयो – मित्र वाटो खुल्यो । पत्याउनै गाह्रो । सरोकारवालाहरुले वाटो खुल्न अझै केही दिन लाग्ने कुरा वताईरहेका थिए । मित्रको फोनले झन कौतुहलता छायो । साँच्चै हो र ? साँच्चै भने धनगढीवाट आएको गाडी दिपायल पुगिसक्यो । हतार-हतारमा आवश्यक कागजातहरु झोलामा राखी दिपायलसम्म जीपको यात्रा गरियो । दिपायलमा ना २ ख १०४८ नम्वरको वसधनगढीका लागि तयारी गर्दै थियो । टिकट काटी सामन वसमा राखियो । गाडी कतिवेला हिन्छ होला ? अव एक घण्टाभित्रै हिन्छ । धनगढी कति वजे पुर्याउछ ? राती नौ १० वजेसम्म पुगिन्छ । वसस्टाफको यो जवाफपछि धनगढी पनि आफु नौ/१० वजे पुग्ने खवर गरियो ।
१२ वजे एक घण्टाभित्र हिड्ने भनेको वस ३, ३० वजे मात्र दिपायलवाट कछुवा गतिमा हिड्न सुरु भयो । वसस्टाफको मनपरी, चाहेको ठाउ“मा रोक्ने, गफ गर्ने यो त उहिले देखिकै वानी हो । साढे सात वजे उक्त वसले डडेल्धुराको स्याउले छोयो । बिना सूचना गाडीस्टाफहरु लगभग एक घण्टाका लागि गायव भए । सवैले राती धनगढी पुग्ने आसा मारिसकेका थिए । सवैले आफन्तहरुलाई फोन गर्न थाले । यो पंक्तिकारले पनि आफुसँग भएको मोवाईल फोनले सम्वन्धित ठाउँमा फोन गरी बिलम्बताको कारण दर्सायो ।
फोनमा कुरा गरिसकेपछि देव्रतिर सामुन्नेको सिटमा वसेको एक सज्जनले “सुदरपश्चिमेहरु त खतम, गाडीवालाले यत्रो मनपरी गरिरहेका वेला पनि केही नवोल्ने । पूर्वतिर भएको भए अहिलेसम्म यो गाडी जलिसक्थ्यो होला, के भन्ने तपाईहरु वोल्दै वोल्नु हुन्न ………….. भनी भाषण गर्न थाले । सुदुरपश्चिम शव्दवाटै आक्रोसित जस्ता देखिने ति मित्रले लामै भाषण दिए । उनले त्यस दौरानमा आधा दर्जन पटक त सुदुरपश्चिम र सुदुरपश्चिम खतम भने होलान ।
यो पक्तिकारले धेरै ठाउँमा धेरै पटक सुदुरपश्चिम खतम भन्ने नारा सुनिसकेको थियो । सुदुरपश्चिमको अर्को नाम छाउपडीप्रथा । सुदुरपश्चिमको अर्को नाम एचआईभी/एड्स । सुदुरपश्चिमको अर्को नाम जातीय छुवाछुत । सुदुरपश्चिमको अर्को नाम मानव वेचबिखन । हुँदा हुँदा गाडीको ज्यादती । यो त अति नै भयो । सवै बिकृतिहरु सुदुरपश्चिममै मात्र छन त ? मध्यपश्चिम देखि उता सवै राम्रो मात्र छ त ? यो पंक्तिकारलाई सोच्न वाध्य तुल्यायो । तर प्रतिकार गर्ने साहस भने आएन ।
काठमाडौंमा हुने छाउपडी प्रथा पनि यो पंक्तिकारले भागेको थियो । पूर्वी तर्राई लगायतका जिल्लामा जातीय छुवाछुतकै कारण गाउँ निकाला गरिएका समाचारपनि यो पंक्तिकारले सुनेको थियो । महिला वेच बिखनका कुरामा माईती नेपालले र्सार्वजनिक गरेको प्रतिवेदन पनि हेरिएकै थियो । कोशी क्षेत्रमा एचआईभी/एड्सको वढ्डो प्रभाव भन्ने पनि कता कता पढ्न पाईएको थियो । तर उतातिर केही पनि खतम छैन । यो सुदुरपश्चिममा भने सवै खतम मात्र छ । ति सज्जनले उठाउनु भएको यातायतको बिषयलाई मात्र जोड्ने हो भने पनि अरनिको यातायत डोटी, बझाङ, वाजुरा चल्दैन । त्यो पनि पूर्वतिरै चल्छ । अरनिको यातायतले यात्रुहरुलाई कति दुःख दिन्छ भन्ने कुरा पनि पटक-पटक सञ्चारमाध्यममा आएको बिषय हो । किन अरनिको यातायत बिरुद्ध आफुलाई सुदुरपश्चिमको दाजोमा एक कदम अगाडी छु भन्ने पूर्वेलीहरुले आवाज उठाएनन् वा किन समस्या समाधान भएन ?
यदि सुदुरपश्चिम खतम नै हो भने किन खतम ठाउँमा राम्रा मान्छेले आउनु पर्यो ? यहाँ आएर के प्रगति गरे ति राम्रा मान्छेहरुले ? सरकारी कर्मचारी आउछ, आफ्नो अधिकतम फाइदा उठाउँछ । सुदुरपश्चिमका भए नभएका बिकृतिहरु देखाई डलरको भारी वोकेर एनजिओकर्मी भएर आउँछन । परियोजना समाप्त गर्छन । आफ्नो डलर आफै खान्छन, र्फकन्छन । अनि जाँदा सुदुरपश्चिम खतम भन्ने ? कस्तो रमाईलो चाला !
निश्चित रुपमा राज्यले युगौं देखि सुदुरपश्चिमलाई पछाडी पार्दै आएको छ । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक बिकास जुन गतिमा हुनु पर्ने थियो त्यो गतिमा हुन सकेको छैन । त्यसकारण अन्य क्षेत्रको तुलनामा केही वढी छाउपडी प्रथा मान्छन । जातीय छुवाछुत मान्छन । तर यि बिकृतिहरु नभएको कुन बिकास क्षेत्र हो ? सधैंभरि सुदुरपश्चिमलाई हेर्ने आँखाको नानी परिवर्तन गर्नुपर्छ । अन्यथा सुदुरपश्चिममै आएर सुदुरपश्चिमकै नामवाट मानो खाएर अग्ला महल वनाउनेहरुलाई सुदुरपश्चिमको बिरुद्धमा वोल्ने कुनै अधिकार छैन ।
हामी सुदुरपश्चिका जनता आफ्नो क्षेत्रलाई “सुन्दर पश्चिम” ठान्दछौं । हाम्रो क्षेत्रका लागि आघात हुने कुनै पनि शव्द हामीलाई स्वीकार्य हुँदैन । सुदुरपश्चिमलाई “सुन्दरपश्चिम” वनाउनमा सवैले सहयोग गरे राम्रो होला ।
कुनैपनि क्षेत्र वा त्यस क्षेत्रमा वसोवास गर्ने समुदायलाई खतमको सज्ञा दिनु वा हेयको दृष्टिले हेर्नु आफैमा नराम्रो कुरा हो । त्यसमा पनि हामी सवै नेपाली हौं । हाम्रो पहिचान नेपाल हो । सुदुरपश्चिमका पहाडी जिल्लामा वसेर एक छाक कोदाको रोटी नपाउने र काठमाण्डौंमा अग्ला महल खडा गरी चिल्लो कारमा घुम्ने जो कोहीलाई पनि राज्यले एउटै हैसियतको नागरिकता प्रदान गरेको छ । कानुनी रुपमा एउटै हैसियत वोकेकाहरुबीच फाटो ल्याउने गरी गरिएका प्रचार सच्चा नेपाली नागरिकका लागि कदापी स्वीकार्य हुन सक्दैन भन्ने कुरा बुझ्नु जरुरी छ ।
हिजोका दिनमा तर्राईवासीहरुलाई जुन तरिकाले सेता लुगा लगाउनेहरुले हेपे त्यसको परिणाम अहिले देखिएको छ । सफेद पोशाकधारीहरुको हप्की सहनुभन्दा वरु छुट्टै वस्नु राम्रो भन्ने मानसिकता समेत उनीहरुमा पलायो । सुदुरपश्चिमका जनता पनि त्यति कमजोर छैन तर संयमित भने पक्कै छन । आफु अपमानित भएर पनि आपसी सद्भाव जोगाईराख्न सुदुरपश्चिमवासीहरु हर सम्भव प्रयासरत छन । त्यसकारण पनि सुदुरपश्चिमको खिल्ली हुने गरि कुनै पनि प्रकारको अभिव्यक्ति नदिँदा उपयुक्त होला ।


sahamat chhu tapaaiisita
मन परो वा परेन:
0
0
[Reply]
Kunai pani tau lai koi pani manche lai nagative diristi le hernu baneko namardo pan ho jaha jasari base pani sabai ko astitow huncha banera sukar garnu parcha sake sahayog garnu natra khelli pani naudaunu ni
मन परो वा परेन:
0
0
[Reply]
Agree with writer I am only from farwest in my university i often hear from them about FW most of the time bad things bad culture language etc.
And most of the time they generalize people.
मन परो वा परेन:
0
0
[Reply]
Sent percent true !!!!! Thanx for writing such a good article.
मन परो वा परेन:
0
0
[Reply]
मलाइ पनि एकपटक सुदुर पश्चिम घुम्ने रहर थियो… छाउपडी, छुवाछूत, भोकमरी कस्तो हुन्छ भनेर
मन परो वा परेन:
0
0
[Reply]