जनावरको जुनीबाट मान्छे बनाएपछि बिहेकालागि पक्का

-रुपेन्द्र कर्माचार्य / चितवन

photo10[1]

उपरदाङगढि क्षेत्र । चितवन भएपनि धेरैलाई यो चितवनमा पर्छ भन्ने हेक्का हुँदैन। चितवन समथर र विकसित ठाउँमा पर्छ भन्ने सोच्छन् धेरैले । तर यो उपरदाङ गढि कुनै पहाडी जिल्ला जस्तो लाग्छ । यहि क्षेत्र घुम्न जाँदा एकदिन अनौठो द्रिष्य देखे आँखाले । सयौं मानिसहरु वरिपरि छन् । एउटा वालक वरिपरि केहि मान्छे झुम्मिएका छन् । अनि उसलाई उता गाईको गोठमा लगेर दाम्लोले बाँधिएको छ ।

photo9[1]

कुनै ठुलै अपराधीलाई सजाएँ दिन लागे झैं । मुखमा दुबो र तितेपाती कोचिएको छ । के होला यस्तो ? आखिर यो त मगर केटोको ब्रतबन्ध पो रहेछ ।

coverphoto[1]

मगर जातिको क्षेवर (ब्रतबन्ध भन्न सकिन्छ) गर्दा मामाले भान्जाको कपाल काटिदिने, नयाँ लुगा लगाईदिने जस्ता विधिहरु सम्पन्न गरिसकेपछि केटो मानिसको जुनीमा बदलिन्छ । अनि बल्ल बिवाहकालागि योग्य हुन्छ भन्ने चलन रहेछ । त्यो भन्दा केटो जनवारको जुनीमा रहन्छ भनिँदो रहेछ र विवाहकालागि अयोग्य ठानिँदो रहेछ ।

photo16[1]

डाँडाकाँडा भिर पाखा उसै त रमाइलो । झन् त्यसमाथि मादलको तालमा दोहोरी भाखामा छमछम नाच्दा त सुनमा सुगन्ध थपिए झैं लाग्छ । 

नाच्न र गाउन खेत, बारी, आँगन, चौर कुनै ठाउँ बाँकि रहेन । बच्चादेखि बुढासम्म सबै खप्सिस । कोहीभन्दा कोही कम थिएन नाच्न र गाउन । गणेश बहादुर मगरको छोराको छ्वरमा उपरदाङगढी पुग्दा हामीलाई पनि यस्तै अनुभव भयो ।

photo6[1]

ओहो मगरको छ्वर त साच्चै भब्य हुँदोरहेछ । कुनै विवाह समारोह भन्दा कम थिएन। पाहुना सत्कारकोलागि घर दुलही झैं सिंगारिदैपनि थियो ।

photo5[1]

आगाको लप्कामा सहभागिहरुलाई मासु भात पकाउनेको आफ्नै संसार थियो ।

photo3[1]

भोजकोलागि काउलेबाट ल्याएको सिंगो राँगो नै ढल्यो । राँगो नचल्नेहरुकोलागि खसीको पनि व्यवस्था हुदैथियो ।

photo1[1]

गुरुङ मगर समूदायले गर्ने छ्वरको तयारी त हप्तौं अगाडिदेखि पो हुने रहेछ । जाँड र रक्सी का घ्याम्पा त पहिले देखि कति हो कति तयार पार्ने रहेछन् ।

photo12[1]

छेवर सम्पन्न भैसकेपछि मामाले भाञ्जालाई बोकी घर पुर्‍याउनुपर्छ । “हामीले भाञ्जो लिएर आयौं है । लिने हो कि होईन ?” मामाले सोध्छन् । बाबुआमाले स्विकृति दिए पछि बल्ल दुलाहा घर भित्र प्रवेश गर्छ ।

photo11[1]

तर, त्यती सजिलै कहाँ जान पाउँछन् र ?बाटो छेकिनेगरि राखिएको सेलरोटी, तरकारी र जाँडरक्सीको उचित मुल्य तिरे पछि मात्र बाटो खुल्छ । आफन्त र पाहुनाहरु सबैले दुलाहा र कन्याहरुलाई टिका लगाइदिएर भेटी चढाउँछन् ।

photo8[1]

सोलीभरी सेलरोटी, जाँडरक्सी जस्ता कोशेली बोकेर आउने रहेछन् पाहुना र चेलीबेटीहरु । कुखुरा, खसी, बोका पनि कोशेलीको रुपमा भित्रिए । चलन अनुसार यस्ता कोशेलीहरुको मुल्याङ्कन गरि त्यसको दोब्बर नगद वा जिन्सीको रुपमा चेलीबेटीहरुलाई दिनुपर्नेरहेछ । “चेलीबेटीहरु सबैलाई बराबर दिन्छौं ।” दुलाहाको काका श्यामले भने । कसैले कम पाएको महशुस भएमा पछि उनीहरुलाई अर्को पटक आउँदा थप गरिने उहाँले बताउनुभयो ।

photo14[1]

त्यसपछि भोज शुरु भयो । दुलाहाले खान शुरु गरेपछि मात्र अरुले खान पाउने रहेछन् । मासुभात मात्र हो र ? खानासँगै जाँडरक्सी पनि पस्कियो । छ्वरमा त जाँडरक्सीको खोलो नै बग्ने रहेछ । बेलुकी म पनि भोजमा सामिल भएँ । सिलावरको ठूलो बड्को भरि रक्सी अगाडि तेर्सियो। यत्रो बड्कोमा त जाँड मात्र पिउँछन् भन्ठानेको त ……. । “गिलासमा दिन मिल्दैन ?” मैले सोधें । “हाम्रो त चलन नै यस्तै हो ।” गणेशले भन्नुभयो । मलाई त रुउँ कि हाँसौं जस्तो भयो । हाम्रो नेवारी चलन अनुसार त अझ प्यालामा पिउने गरिन्छ ।

photo17[1]

आँगनमा दोहोरी चलिरहेको थियो । रक्सीको रन्कोमा दशपन्ध्र फन्को नाचेँ । नाचगान त रातभरि नै चल्यो । लोकभाखा पनि कति कति । एकजना युवा कलाकारले सुरीलो भाखामा गित गाए ।

            “भिरैमा चढ्यो मालिगाई

            रुवाउँदै रुवाउँदै किन छुटायो दैवले

            चोखो माया लाउनेहरुलाई”

-रुपेन्द्रका अघिल्ला ब्लगपनि हेर्नुस-

सुगम जिल्लाको दूर्गम वस्तीमा झोला, चप्पलले ल्याएको परिवर्तन

मान्छेलाई खान्की छैन गिद्दलाई रेष्टुरेस्ट

के छैन प्राक्रितिक र सांस्क्रितिक महत्वको उपरदाङगढिमा ?

हात्तीपोलो: जति फुच्चे उति तगडा

गाउँ हेर्दै परदेशी संझिँदा रोएको मन

भर्खरै उड्लान जस्ता सञ्जु शाहीका चरा कला

  • palpali mgr-Tara

    हुन त हामी नेपाली धेरै जनजाती र अ-आफ्नै बिबिध चलन सस्क्रितिको धनी मानिन्छ यो नै हाम्रो परिचय हो, तर यहाँ कुनै पुराना चलन अनी थोरै अन्ध विश्वाशलाई आजकायुबाबर्गले केही सुधार र परिमार्जन गर्दै लानु पर्ने देखिन्छ आजोको बैगानिक युग्मा आएर यो ढुग्गे युगलाई परिवर्तन गर्नु आव्स्यक पनि छ, जस्तो अनाओसेक खर्च खान-पान्मा स्वसच्छ्ता, यो जाडरक्सीको उचित प्रयोग। यो हाम्रो पुरानो सस्क्रितीलाई मर्न दिनु हुदैन भन्दै हामी ढुङे युगमै अल्मलिएर बसिरहेकाछौ, मान्छे चन्दमालाई पड्कएर पानी निकाली बस्ती बसाउने तयारिमा छन् हामी नेपाली चन्द्रमालाई पुजा गरिरहेका छन्। हो आफ्नो जात धरमा अनुसार को रितिरिवाज नछोद्नु राम्रो तर कोही अचाक्ली अन्धबिस्वास र फर्जुल खर्च अनी आफ्नै स्वास्थ्य्मा हानी नोक्सानी हुने कुराहरुलाई सुधार र परिमार्जन गर्दै लानु पर्ने आजका सिछित युबाहरुको कर्तब्य हो। मैले एउटा उदाहरण के देख्छु भने, हामी मगर जातिमा यो जडरक्सी अधिक प्रयोग गरेका। स्वास्थको हिसाबले पनि यो अती हानिकारक नै छ यो मन्द बिश हो भनेका छन् डा. हरुले। भने अब हामी सचेत नागरिकहरु चेतन्शिल बन्न आबसेक छ जसले देश बिकासमा थोरै भएपनी टेवा पुग्ने छ। अन्तमा लेखक जीलाई हार्दिक धन्यवाद फोतोसहितको लेख पस्किनु भएकोमा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali mgr-Tara

    यो त उही गाउपो रैछ है जहाँ एक्पटक झोला चप्पल बोकेर पुगेका थिए, समाज्सेबी रुपेन्द्र सरहरु ……………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • thapa rajbarsingha / canada

    PROUD TO BE NEPALESE…….VERY INTERESTING…..KEEP WRITING..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • basu bidari chitwan national park

    Thank you rupendra gi it is a great job what you have explain about mager gatis.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • ♪ ♥♪ निkh!l ♪♥ ♪: हमें आदत थी बहुत पीने की, पर उसने कसम देकर छुडा दी, मगर जब बैठे यारो की महफिल में, तो यारो ने उसकी कसम देकर पिला दी, ,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • deshawar

    great article rupendra

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • prajal

    देश बिगार्ने खुकार अपराधीहरु को फोटो सार्बजनिक भयो , http://www.outofdream.com/2010/01/nepali-gangster.html

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    palpali mgr-Tara Reply:

    किन के कारणले तपाईंले खुङ्खार अपराधी भन्नु भएको, देश बिगार्ने त तिनै लोभी बाहुन बाजेहरुनै हुन भाग बन्डानपुगेर देश टुक्राउन खोज्दैछन जनजाती र सङ्घिएताको नारा फलाक्दै जनता एकापस्मा लडाउने र जनजाती मास्ने अनी सबै आफै बाहुनहरुले एक्लौटी खाने योजनाहो यो यहाँ हाम्रो अगाडी आफु आफु नमीले जस्तो गरदै पाच तारे होटेल तिर भोजगर्दै अङागालोमा बेरिदै हात मिलाउदै सपरिवारकासाथ युरोप भ्रमणमा रमाउदै ठिक्कछ भने पछि यो मानेमा खुन्खार अपराधी तिनै बुढो गोरुनेताहरु हुन गाई ओगत्न खोज्ने मात्रै गर्न केही हुती नभएका, लौ भन्नुस् न बहुनबाजेकै हातमा आज सममा देशको डाडुपन्युको हालिमुहाली छ अब अहीले देशको यो स्थिती हुनु मा को जिम्मेवार छ त .???????????????????????????/

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ramesh

    ekdam chaakh laagdo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ram magar,nawalparasi now saudi

    dherai ramro lagyo yo magarko prampragat saskriti lai bidesi bhumima dekhana pauda thanx rupendra

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Very intresting our cultre, that is why nepal is reach of culture and tradition.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

WP-SpamFree by Pole Position Marketing