उसको कथा
-श्याम बस्नेत / बंगलादेश
अलिकती समयको पाबन्दिले
अलिकती साहुको ऋणको नाकाबन्दिले
अलिकती बिश्व बजारको आर्थिक मन्दिले
यस्पाली घर नफर्केको खसम लाई
सम्झँदै, आँशु झार्दै छे
घरकी चौबन्दीले ।
त्यो सँग अरु गुनासाहरु थिएनन्
त्यो सँग अरु अभिलाषाहरु थिएनन्
त्यो नक्कल पार्न जान्दिन
त्यो निस्वार्थ, मौलिक प्रेम गर्छे
त्यो उसकै बाटो हेर्छे ।
थाहा छैन उ कहिले आउँछ ?
उस्ले कहिले बिदा पाउँछ ?
थाहा छैन उसले बिदा पाउँछ कि पाउँदैन ?
थाहछैन उ आउँछ कि आउँदैन ?
तर उ उसकै बाटो हेर्छे
उ हेर उसलाई
कसरी मैन जस्त्तै पग्लदैछे ।
उ आएन वा आउन चाहेन
वा उ आउन पाएन
वा उसको भौतिक शरीरले……..
म भन्न सक्दिन, मलाई थाहा भएन
तर आजभोलि उ सेतो सारी लाउँछे
तैपनी उ, बाटो तिरै हेर्छे…..हेरिरहन्छे…..
(बस्नेत बंगलादेशको यु एस टि सीमा एम बि बि एस चौथो वर्ष गर्दै छन्) ।



mitho kabita dr saap
मन परो वा परेन:
0
0
[Reply]
nice one man……
मन परो वा परेन:
0
0
[Reply]
bro i like your poem. really you’re trying to show somebodies true love for someone. me too waiting for some one love i don’t know i wii get or not but i will wait for her for ever.
मन परो वा परेन:
0
0
[Reply]