जनताको दुश्मनलाई नोवेल शान्ति पुरस्कार ?

-सञ्जीव सत्याल

sanjib-satyal-nepal-columnist९ पौष २०६६ सालका दिन नेपाल सरकारले पूर्व प्रधानमन्त्री श्री गिरिजा प्रसाद कोइरालालाई नेपालमा शान्ति कायम गरे वापत नोवेल पुरस्कारको लागि सिफरिस गरको समाचार मेडियाले फुके । तर आज सम्म नेपालमा शान्ति प्रकृया पुरा भैसकेकै छैन । र शान्ति कायम गर्ने उदेश्यले नै पुरस्कारको लागि सिफारिस गरिएको हो भने नैतिक रुपमा बाँध्न पनि प्रचण्डको नाम पनि सिफारीस गरीनु पर्ने हैन र ? बरु गिरिजालाई नदिए हुन्छ, अव उनले शान्ति प्रकृयामा कुनै रोल खेल्ने ठाँउ मैले त कही पनि देखेको छैन । तर प्रचण्डलाई हिंसामा फिर्ता जान नदिन यस्तो प्रकृया धेरै उपयोगी हुन्छ । त्यस बखत प्रधानमन्त्रीको रुपमा गिरिजाले जे गरे ती त्यस पदले गर्नै पर्ने सामान्य प्रकृया मात्र थियो, त्यस बेला जो प्रधानमन्त्री भएपनि त्यसो नगरी हुदै हुदैन थियो । अतः यसलाई उनको कुनै विशिष्ठ योगदान मान्न मिल्दैन । बरु उनले  शान्ति प्रकृया अधकल्चो नै छोडिदिए र अहिले माओवादीलाई आक्रोशित बनाएर उल्टो देशलाई अशान्ति तिर धकेल्न उनी नै लागिपरेका छन् ।

बिदेशी प्रभुको आशिर्वाद नपाए पनि म पनि प्रबुद्ध आम नेपाली जनता हुँ । नोबेल पुरस्कारका विधाहरु पनि त धेरै छन् । अव सरकारले म र म जस्तै आम नागरीकका लागि पनि नोवेल पुरस्कारको सिफारिस गर्ने कि नगर्ने ? व्यक्तिगत तवरमा म त एक अदत नोवेल पुरस्कारको लागि सक्षम छु, समाज र सिफारिसकर्ताले मागे म त्यसलाई प्रमाणीत पनि गर्न सक्छु । त्यसैले नोवेल पुरस्कार गिरिजा प्रसादले पाउने भए मैले पनि पाउनुपर्छ । र सरकारले दिल खोलेर मेरो सिफारीस पनि गरिदिनु पर्छ । मलाई गिरिजा, उनको पार्टी र उनको सरकारले काम गर्ने मौकै नदिएकोले मैले यो देश र समाज र विश्वका अन्य देशकोलागि कुनै विशिष्ठ योगदान गर्ने मौका पाइन, यसको दोशी म हैन, गिरिजा नै हो । यद्यपि अव सरकारले म र म जस्तै नोवेल पुरस्कारको लागि दावी गर्ने नेपालीहरुको नाम पनि सिफारिस गर्नु पर्छ । यसको लागि गिरिजा कुनै विशेष व्यक्ति होइनन् ।

साँच्चै भन्नु पर्दा नेपालका हालका राजनीतिज्ञलाई मानसिक संतुलन ठिक नभएका व्यक्तिको रुपमा म मात्र हैन समाज बझुने कुनै पनि नेपालीले पनि लिने गरेका छन् । आज देश तहस नहस भएको हालका यिनै राजनीतिज्ञका कारणले हो । हामी जनताको कारणले हैन । कानूनको परवाह नगरी निगाहको गैह्र कानूनी राजनीतिमा शासन गर्दै आएका त्यही गिरिजाले शुरु देखि अर्थात २०४८ सालदेखि सवै नेपालीलाई प्रजातान्त्रीक मान्यता अनुसार ससम्मान समान व्यवहार गर्ने परम्परा बसालेको भए यो देशका जनता सरकार र कांग्रेसबाट पिडित, अभावग्रस्त र निराश भएर उनका (सरकारका) विरुद्ध हिंस्रक समुहमा लाग्ने पनि थिएनन् र झन कम्युनिष्ट बन्ने त सवालै उठदैन थियो । उनले शुशिल कोइराला, मोहन चापागाँइ, हरि शर्मा, वस्नेत, लगायत उनका असभ्य मन्त्रीहरु तथा एजेण्टहरु लगाई लगाई एटिट्युट देखाई देखाई, हर नेपाली जनतालाई दूर्व्यवहार गर्राई गर्राई, अभावग्रस्त र निराश बनाई बनाई देशमा आक्रोश पैदा गर्राई माओवादी जस्ता हिंस्रक समुहलाई आफ्नै व्यवहारका कारण जन्म दिलाएका हुन । त्यही हिंस्रक समुहलाई ट्रयाकमा ल्याउन पनि गिरिजाको नभै कृष्ण सिटौलाको योगदान थियो । गिरिजाको बीस वर्षे कुशासनमा करोडौ नेपालीले प्रजातन्त्रको वदला अपमान र अभाव खपेका छन् । करोडौ नागरीक र युवावर्गको जीवन बन्दै नवन्ने गरी अनायासै वर्वाद भएको छ, त्यसैले आज उनीहरु बन्दूके बनी उत्पात मच्चाउने हिंस्रक बनेका छन् ।

गिरिजाले आफूसंग राखेको कुनै पनि सहयोगी र एजेण्टहरुको मानसिक संतुलन नै ठिक थिएन । तिनीहरुले भ्याए जति आम नेपालीलाई असभ्य तरीकाले छुद्र बचन लगाई लगाई प्रजातन्त्रमा हर नागरीकले स्वतः पाउने सानो भन्दा सानो हकवाट पनि कुतर्कको अन्दाधुन्द बर्षत गरी आम नागरीकको सामान्य प्रजातान्त्रिक हक र अधिकारबाट वञ्चित गरी गरी कांग्रेस र सत्ताबाट निराश बनाई देशभरका जनतालाई अक्रोसित पारी हिंसामा उत्रिन बाध्य गराएका हुन । उनको शासनमा अपमान र अशान्तिले देशै आक्रान्त रहन गयो । त्यसैले उनलाई सरकारले नोवेल शान्ति पुरस्कारको लागि सिफारिस गरेपनि म उनलाई नोवेल पुरस्कारको काविल मान्दै मान्दिन । उनी त बरु उनको स्वइच्छाचारी शासनको लागि दण्डभागी व्यक्ति हुन् । फेरी यो सरकार जनताले भनेको मान्दैन, समानुपातिक मनोनयन (यस मार्फत नेताहरुले संविधान सभामा मनपरि ढंगले आफ्ना श्रीमती, भाइ, भतिजा र सन्तान मनोनयन गरेकोले समानुपातिकका सभासदलाई जनताले आफ्नो प्रतिनिधि मान्न पर्दैन) गरीएका र गैह्र सभासद छन् । तर सरकारमा जनताले चुनेका ३,४ जना बाहेक कोही पनि छैन ।

त्यसैले यो जनताको प्रतिनिधिको सरकार हैन, जनताले अस्वीकृत गरेका व्यक्तिहरुले बनेका सरकार भएकाले यो उनैले मात्र भनेको मान्ने गिरिजाको अर्दली सरकार मात्र हो । त्यसैले यो सरकारले गिरिजालाई नोवल पुरस्कारको लागि गरेको सिफारिसलाई जनताले मान्यता दिनु पर्दैन । होइन भने सरकारले जस्तो सुकै संकट पनि सहने, आफ्ना मुली मारीदा वा प्रजातन्त्रको नाममा नेताहरुको पागलपन सहेर अन्याय खपेर वस्न तैयार, जति जुल्म भए पनि ऐया पनि नभनी सहेर वस्ने महान नेपाली जनताका शान्त स्वभावका लागि संपूर्ण नेपाली जनतालेनै शान्तीको लागि नोवेल पुरस्कार पाउनु पर्छ । गिरिजाले पाउने नोवेल पुरस्कार प्रचण्डले चाँही नपाउने हो भने भोली यस देशमा बसीखानु होला ? मेरो बुझाइमा गिरिजा त विदेशी प्रभूका नेपाली प्रतिनिधि मात्र हुन । त्यसो त राजा ज्ञानेन्द्रले पनि विना कुनै रक्तपात आफ्नो सदियौको राजगद्धी त्यागी शान्तीसंग सत्ता हस्ताण्तरण गरेबापत उनी पनि नोवल शान्ति पुरस्कारका हकदार भएका हुनुपर्ने हो । तर यस्तो विषयमा समेत गिरिजालाई मात्र सिफरीस गरी फोहरी राजनीति गर्ने ?

अतः यस पटक नेपालले नोवेल पुरस्कार पाउने हो भने त्यसको वास्तविक हकदार संपूर्ण महान नेपाली जनता हुनुपर्छ हैन भने कसैले पनि पाउनुको औचित्य छैन । नेपाली जनता इतिहासको प्रथम प्रहर देखिनै दविएर बसेका छन् । पुराना कुरालाई विर्सिने हो भने पनि २००७ सालमा प्रजातन्त्र आएपछि पनि नेपाली जनताले सधै दुख पाउनु परेको छ । २०१५ सालको कांग्रेसको सरकार भनेको अहिलेको माओवादी जस्तै हिंस्रक बनी जनता तर्साउँदै हिडेको कुरा ‘तेरो घरमा कांग्रेस पसि जाउन’ भनीआम जनताले बिरोधिलाई सराप्ने गरेको हामीले हाम्रा अग्रजबाट सुन्ने गरेकै छौ । पञ्चायत काल त त्यसै पनि निरंकूश नै मानौं, तर २०४६ साल भन्दा पछाडि कांग्रेसले गिरिजाकै नेतृत्वमा जालझेल गरेर भएपनि सत्ता कव्जा गरी आजसम्म प्रजातन्त्रनै अपहरण गरी आम जनतालाई प्रजातान्त्रीक हकबाट बञ्चित गरी पञ्चायतकालमा भन्दा पनि दुख, अन्याय र अपमानको आगोमा झुल्साउँदै आएको छ ।

गिरिजाले सत्तापनि सधै कव्जा गरी वस्ने तर कसैलाई पनि प्रजातन्त्र उपभोग गर्नै नदिने अभ्यास गर्दै आएको त जो कसैले भोगेकै छन् ।  सायद संसारमा नेपाली जस्ता सहनशील र क्षमा प्रदत्त जनता कहीपनि छैनन् । प्रजातन्त्रको भजन जप्दै प्रायस जिल्ला जिल्लाबाट आफ्ना सांसदका केही भोटर र केही मुठ्ठी भरका जील्लाका फटाहा बाहेक आजसम्म कसैलाई पनि गिरिजाले अत्याचार र अपमान बाहेक केही पनि दिएनन् । गिरिजाको शासनमा उनकै दूर्व्यवहारले मानिस वाध्य भएर आत्मरत्तिको लागि मात्र भए पनि अव मारकाट गरेर मात्र मुक्ति पाइन्छ भनेर माओवादीमा लागेर १३ हजार नेपालीले ज्यान गुमाए । उनको व्यवहार राम्रो भएको भए कोही पनि नेपालीलाई विद्रोह गरी कम्युनिष्ट बन्नै पर्दैन थियो । तर पनि आजसम्म पनि उनी र उनको समकालिन सहयोगीहरुको व्यवहार र सोचाइमा कुनै सुधार आएको छैन । आज उनैको पोपेट सरकारले सहनशिल महान नेपाली जनतालाई अपमान गर्दै कसैलाई सोध्दै नसोधि उनलाई नोवेल पुरस्कारको लागि सिफरीस गरी नेपाली जनतालाई अपमान र चुनैती दिएको छ ।

के नोवेल पुरस्कार यसरी पाइन्छ र ? नोवेल पुरस्कार सरकारले सिफारिस गरेर मिल्ने चिज हो जस्तो मलाई त लाग्दैन । यो त गिरिजाले आफ्नो कठपुतलि सरकार मार्फत नेपाली जनतालाई ‘म अरु नेपाली भन्दा माथी छु, म भन्दा माथी कोही पनि छैन’ भन्ने वाइहात सन्देश दिन गराएका हुन । आज गिरिजा हाम्रो प्रतिनिधि होइनन् बरु विदेशी प्रभूको प्रतिनिधि हो (विदेशीले नेपालमा सहयोगको नाममा लगानी त गर्छ तर उसले त्यो लगानी विभिन्न वहानामा फिर्ता लान्छ र देशलाइ केही फाइदा हुदैन भने झै गिरिजालाई दिने नोवल पुरस्कार विदेशी प्रतिनिधिले पाउने हो नेपाली जनताले पाउने हैन, उनलाई जनतासंग कुनै सरोकार नै छैन) र सरकारपनि हामी जनताको प्रतिनिधि होइन । उनीहरुले गरेको कुरा उनीहरुनै जानुन तर नोवेल पुरस्कार पाउँनेनै हो भने सहनशील र शान्तिकामी महान नेपाली जनताले पाउनु पर्छ र बरु यसकोलागि सरकारले सिफारिस गरोस । हैन भने आम जनताले भोली उक्त नोवेल पुरस्कार ‘गिरिजाको सट्टा हामी नेपाली जनतालाई देउ’ भनी सरकारको सिफारीस विरुद्ध बृहत रुपमा हस्ताक्षर र गिरिजाको बास्तविकता नोवेल पुरस्कार समितिमा पुराउनुपर्ने हुन्छ ।

यो सरकार उनैको मात्र भलो गर्ने गिरिजाको कठपुतलि सरकारमात्र हो । ‘देशमा सवै भन्दा ठूलो म मात्र हूँ, म मात्र विशेष हूँ ‘ भनेर स्टेरीङ्ग कमिटिमा बसी देशको प्रमुख व्यक्ति बन्न नपाएको झोंकमा गिरिजाले जनताको ध्यानाकर्षा गराउन मात्र सरकारलाई आफ्नो नाम सिफारीस गर्न लगाएका हुन । र यो सिफारिसलाई ‘मुतको न्यानो’ मात्र मान्न सकिन्छ । सिफरीस गरेर हुन्छ भने यो जनताको दुश्मन सरकारले मलाई, उपेन्द्र देवकोटा लगायत कतिपय महिला अधिकारको लागि लडेकाहरु, महिला अग्रजहरु, छुवाछुत विरुद्ध लडेकाहरु, सामाजिक कुरीतीका विरुद्ध लडेकाहरु, बरिष्ठ साहित्यकार, र कतिपय बैज्ञानिक पनि होलान तिनको नाम किन सिफारीस गर्दैन त ?

जहाँ सम्म मेरो कुरा छ मैले गत अगष्टमा अमेरीकी राष्ट्रपति बाराक ओवामालाई भू परिवेष्ठित राष्ट्रहरुलाई भू परिवेष्ठितताबाट मुक्त गराउन तीन विकल्प (मैले ओवामाको चाकडी गरेको हैन मेरो ट्यालेन्ट देखाएको हूँ) सहित र संयुक्त राष्ट्र संघको लागि एक दम नयाँ र अनुपम योजना सहित प्रस्ताव गरेको छु जुन अमेरीकी राष्ट्रपतिले गर्न पनि सक्छन र गरे विश्वव्यापि व्यापक र्समर्थन पनि पाउछन् । यि दुवै प्रस्ताव मानी लागू गरे उनले दुइ दुइवटा नोवेल पुरस्कार पाउछन भनेर लेखेर पठाएको छु । गर्न परे म त्यो गर्न पनि तैयार छु । उनले हालसालै नोवेल पुरस्कार पाउनु कुनै संजोग मात्र मान्न सकिन्छ ।

त्यस्तै मैले नेपालकैलागि मात्र नभै संपूर्ण तेश्रो विश्वको लागि उपयोगि कार्ल मार्क्सले कम्युनिष्ट म्यानिफेस्टो बनाए झै प्रजातान्त्रीक अवधारणामा तेश्रो विश्वका राष्ट्रले आर्थिक क्रान्ति गर्नसक्ने सौर्य मण्डलवाद आर्थिक प्रणाली र नयाँ सामाजिक क्रान्ति सहितको ४,००० पानाको कितावै लेखेको छु । त्यो किताव एक्सपोज हुने हो  वा नेपाल वा तेश्रो विश्वको कुनै पनि राष्ट्रमा लागू हुने हो भने मैले  सिधै आर्थिक क्षेत्रमा दिइने नोवल पुरस्कार पाँउछु । तर आज सम्म हाम्रो देश,  मुलुक र जनताको सौतेनी गिरिजा प्रसादको कव्जामा परेकोले उनले जानी जानी मलाई केही गर्न नदिएका मात्र हैनन् म सतहमा आए सवलाई विताउछु भन्ठानेर होला, मलाई परोक्ष्य रुपमा अरु जनतालाई जस्तै आफ्ना असभ्य एजेण्ट लगाएर धेरै दुख समेत दिदै आएका छन् । हैन भने काम गर्न मात्र पाएको भए विगत वीस वर्षा म मेरो देशलाई र्स्वर्ग जस्तै वनाइसक्थे साथ साथै तेश्रो विश्वकोलागि आर्थिक मुक्तिको मार्ग समेत बनाइ धेरै देशको जनी गरी सकेको हुने थिएँ । अहिले पनि मलाई चान्स मिलोस म गिरिजाको वीस बर्षो कुशासनले विगारेको यो देश दुइ बर्ष पूर्ण शान्ति बहाली गर्राई सब नेपालीलाई खाने बस्ने बाटो समेत बनाई जवर्जस्ती विकाशको पथमा द्रुत गतिले लान सक्छु ।

त्यसैले जनतालाई दूर्व्यवहार गरी गरी चिडाइ आफूबाट टाडा बनाई विद्रोही बनाउने र बन्दूक बोक्न बाध्य गराउने नेताले नेपाली जनतालाई शान दिन अहिले सरकार मार्फत शान्ति कायम गराउन योगदान पुराए बापत नोवेल पुरस्कारको सिफारीस गराउने हो भने सरकारले म र म जस्तै अन्य जनताको लागि पनि सिफरीस गरोस अन्यथा यो सरकार पनि गिरिजा जस्तै देश र जनताको दूश्मन रहेछ भन्ने म ठान्ने छु ।

  • nava kranti

    हावा गफ दिने? यो गर्छु र त्यो गर्छु भनेर । खाने मुखलाई जुंगाले छेक्छ? कुन कुनामा हुनुहुन्छ अहिले तपाईं ? आफ्नो क्षमतालाई लिएर जानुस् न सरकार समक्ष । नभए मिडिया मार्फत जानुस् जनतामाझ। के यो देशम अहिलेसम्म कांग्रेसले मात्र या भनु गिरिजाले मात्र शासन गरे त ? अस्ती भर्खर त तपाईंकै महान कमरेड प्रचन्ड पनि त प्रमुख थिए यो देशको । त्यतिबेला के हेरेर बस्नु भो त? यो देश्लाई २० बर्षामा उन्नतिमा पुर्याउने कुरा गर्नुभाछ। मान्छेको सबभन्दा आधारभुत अधिकार बाच्न पाउने अधिकार हनन गर्ने माओवादीको नेता प्रचन्डलाई नोवेल पुरस्कार ! वाह क्या सोच छ तपाईंको? अनी राम्हरी श्रेष्ठ, निर्मल-पुश्कर र सम्पूर्ण माडीमा ज्युंदै जलेर मरेकाहरुको परिवारलाई के जवाफ दिनिहुन्छ नि?

    [Reply]

    gaurav Reply:

    ma pani sahamati nava jee hajur ko bhanae 100% sahi hoo khali aaru lae dos lagauna chhodau shathi

    [Reply]

    nava kranti Reply:

    t6hanx gaurav g

    [Reply]

    Pukar Reply:

    kayaa dami kura garnu huncha yar yak am chitta bujdho

    [Reply]

  • Prem Gurung (London, UK)

    Very nice. Keep it up.

    [Reply]

  • Bishnu

    I agree with this artical. Thanks for nice artical. sachet nagarikko bichar yestae hunu parchha.

    [Reply]

  • Ashok KC Australia

    I really like this article.

    [Reply]

  • krishna Prasad Pradhan

    lekh ramro chha. man paryo.

    [Reply]

  • Hari Rai

    Lekhak sathi le dhamki ko bhasama yedi Prachanda lai Santi puraskar nadiye basi khapnu hudaina hola. Ho hami Nepali le Prachanda ko chhaya bata pani darauchham. Tara so puraskar hat parna lai hami Nepali haru lai tarsayera matra hudaina, Organizer lai pani dhamkauna saknu parthyo ani pauthe so puraskar tara Prachanda le so puraskar pani bidesi le nai dine hunale linthenan hola. Lekhak ji le Sitaula ko yogdan dekhnu bhayechha tara sitaula lai pani puraskar dinu parne bhanne kura lekhna chhutaunu bhayeko ho ki yo lekh nai purbagrahi ho bhanne kura thaha huna sakena. Sitaula le kasko nirdesan ma kam garthe bhanne kura jagjaher nai chha, tesaile yo puraskar ko hak wala ko hunu parne ho bhanne pani tyehi lekha ji le nai jhalkaunu bhayeko chha, tesaile yo lekh herda purbagrahi bhaye pani yesko sar bhane sandarbhik bhayeko le wohalai dhanyebad dina chahanchhu

    [Reply]

  • Hari Rai

    Sani puraskar kaslai dine bhanne barema sarkar le yeuta kura biraye jasto lagyo lekhak ko dristi ma. Tyesto kam ta ki Kali Bahadur Kham wa Rukum ki patrakar ko aparadhi wala YCL wa ta Patrakar Birendra Shah ka htyara lai sodhnu parne ho woha ko anusar. Yo jabana ta YCL ra Janasena ko ho ni. Hitlar le ta ke ke takma laye unko jabana ma. Ahile Unai hatyara, aparadhi, jagga dalali ya thekka patta ma commision khane gunda ka samrakshek lai kina hola yesto puraskar ko sifaris nagareko?

    [Reply]

  • Gita

    Not shocked seems all around the world political leaders are crazy in one way or other. Last time I saw news Brack Obama recommended for Noble Peace prize (What a joke) now Mr. Girija……… heart breaking news Good Luck Man.

    [Reply]


  • GIRIJALAI NOBEL PURASKAR HOINA PHASI DEU YO USKO LAGI SUHAUCHHA DESH LAI KANGAL BANAUNE YO KUKUR NAIHO CHORA SALE .

    [Reply]

  • girija parsad koirala

    ma girija parsad koirala yedi malie nobel puraskar na deya marapachi pani sabai nepali lie dukha dinchu. jasari pani mailay nai nobel puraskar paunu parcha. kasaile malie bhannu parcha nepali janta lie maile dukha deya ko kura.ma ta nepali janta lie dukha dina lie nai yeti lamo umar samma bachha ko hu. malie bikas ko baray ma na sodha mero parewar ko lagi dheri garesaky. ma j bolchu bolchu tara pani nepal ma santi huna dinna lau ja

    [Reply]

  • prajal

    idiot lai Nobel purasker……….
    see this http://www.outofdream.com/2010/01/3-idiots.html

    [Reply]

  • Pukar

    100% sahamti “Nava Kranti” saga Mawobdi ka karyakrata haru le ta yasari nai ghokayako kura lai matra lakchan kaya Nava ji taha bhayara hoina ni ta hacchuwa ko bar ma ho sabai lakni bolni ja man lagyo tai gardai hidni

    [Reply]

    nava kranti Reply:

    pahila ta yiniharulai nobel puraskaar kina dine bhanne nai thaha chhaina pukaar g.kitaab lekheko bhayera uslai nobel puraskaar dinuparne re?
    kitab lekhnelai dine ho bhane ta tu ka professor harulai dinu parcha ta?
    hernus pukaar g malai yi maobadika bichaar sundai haso uthchha bhanya. kasto dimag ho yiniharuko?
    any way pukar ji thanx. yiniharulai yasari nai jawaaf diranuparcha keep it up.

    [Reply]

    Pukar Reply:

    ho ta hernu na ma ta danga parchu sabai afu saga bhayako kura garna janni hoinan bujera bolni hoinan sab sikayako bar ma ho ni ta word haru hernu na sabai parcahnda le babu ram le use garni chan ha ha ha kate haru ko samuha ho mawobadi ta kura buje mardim

    [Reply]


  • lekhk ko kura sanga ma purna sahamat chhu. kina bhane
    hal ko des ko aabastale gardaa. sarkaarma hune mantiri harulai saanti bhaneko k ho bhanne kuraa nai thahaa chhina ki kaso? tesaile Girija parsad lai
    santi parkiriyamaa yog daan puraya bapat NOBEL PURUSKAAR ko lagi
    sifaris gardai chhan

    [Reply]

  • nepali

    very nice .you are 100% right .

    [Reply]

  • Mitra thapa

    LEKHAK KO ARTICLE RAMRO LAGYO RA NOBLE PURASKAR GIRIJA LAI KASARI DINE? MAOBADI JANMAUNE, TETRO NEPALI JANTA MARNE, LAUDA KANDA MA GHUS KHANE,NEPAL BHUMI BHARAT LAI DINE, ANI TES LAI NAI PEACE NOBLE PRIZE PANI DINE, KO HO TYO GIRIJA KO NAM DINE? LAJ SHARAM NABHAKO,AHILE PANI DES LAI YESTO HALAT BANAUNU USAIKO KARAMAT HO, TESAI LE GIRIJA LAI NOBLE PRIZE DINE HOINA JANMA KAID DINU PARCHHA, ANI DES MA KEI SUDHAR AUCHHA KI?

    [Reply]

  • kul bahadur rana (KBR)

    HAHA GIRIJA LAI NOBEL HOINA BLACK COCK DINE. NEPAL MA SHANTI LEYAUNA SAHAYOG GARE KO RE HA HA NEPAL MA SHANTI BHANNE TA KATI CHAN CHAN TARA NAM KA MATRA DESH PEACE FULL BANA KO RE GOOD JOKE POLITICIAN HARU ARKO ascharye hune bhayo

    [Reply]


  • सन्जिब जी, ४,००० पेज को किताब लेख्नु भाछ भने त्यसले वास्तबमै तपैको लगनसिलता को परिचय दिन्छ…. ब्राभो !

    [Reply]

  • akshay

    hahahahahhaha parchanda jasto sara janata ko chhora ko bhabishay bigarne lae dene puruskar aaba puruskar hoeana phasai denu parchha . sabai janata ko chhora haru kahi kamaunae belama rajneti ma lagayara hiddai uajal bhabishare bigarne yauat singo des lae bibhinna jati ra bargama badhera des tukra pane lae pani puruskar ? k ko puruskar kena puruskar ????

    [Reply]

  • gaurav

    gaurav jee you are 100% right

    [Reply]

  • gaurav

    akshay je you are 100% right

    [Reply]

  • gaurav

    k hoo shatahi hooo des bigarne lae pani nobel puruskar chahiyo janata ko dusman ta ko hoo sabai lae janai kai kura honi singo rasta lae aanek tukra garne . janata ko chhoralae ladaune ko ni ani nepal ma chanda aatanka garne des ko satru ke jingale haru lae shahar ma basne bata baran banae den satru hunchha ?????????? des lae khalto ma halne lae k nobel puruskar?! sadai school banda hartal gare ra aaune uwa haru ko bhabisya khattam parne . kam nagarne chanda uuthayara khana palkeka haru lae pani puruskar pauna gayo bhane ramro ni hahahahah

    [Reply]

    Pukar Reply:

    ha ha tai ta gaurab ji jangali haru lai yo banda badi taha hunna kaya ha ha ha h ah a

    [Reply]

    gaurav magar Reply:

    thanks a lots pukar je

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree