“तिम्री छोरीपनि सेनाले लगेर छैन भनेको भए कस्तो लाग्थ्यो रक्षामन्त्री ?”
[वालिका मैना सुनारको हत्यामा संलग्न भनिएका मेजर निरञ्जन बस्नेतलाई दण्डित गर्नुपर्ने माग उठिरहेका बेला उल्टो उनलाई पुरस्क्रित गरि कर्णेलमा बढुवा गरेपछि मैनाकी आमा देवी सुनुवारले रक्षामन्त्री विद्यादेवी भण्डारीलाई लेखेको पत्र]
माननीय रक्षामन्त्री ज्यू,
विद्यादेवी भण्डारी,
मेरो नाम देवी सुनुवार हो । म तत्कालीन शाही नेपाली सेनाद्वारा पाँच बर्ष अघि निर्ममतापूर्वक हत्या गरिएकी १५ बषिर्या बालिका मैना सुनुवारकी आमा हुँ । मेरी छोरीको हत्या र उनीमाथि भएको अन्यायका सम्बन्धमा तपाइलाई पक्कै पनि अवगत होला भन्ने आशा लिएकी छु ।
मेरी छोरीको हत्यामा संलग्न एकजना हत्यारा मेजर निरन्जन बस्नेतलाई प्रहरी निकायमा सुम्पन प्रधानमन्त्री र गृहमन्त्रीद्वारा आग्रह भएकोमा तपाईले सहयोग नगरेको संचार माध्यमहरुको समाचारप्रति आश्चर्य मान्दै यो पत्र प्रेषित गरेकी हुँ। सेप्टेम्बर २००९ मा काभ्रे जिल्ला अदालतले निजलाई पदबाट निलम्बन गर्न गरेको आदेश तथा हालसालै अफ्रिकाको चाड गणतन्त्रमा पठाइएका निज बस्नेतलाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा सम्मिलित हुनबाट रोक लगाई नेपाल फर्काइएपछि अन्ततः कमसेकम एकजना आरोपीलाई मात्र भए पनि अदालतसमक्ष प्रस्तुत गरिनेछ भन्ने केही आशा पलाएको थियो । सेनानी बस्नेतलाई संयुक्त राष्ट्रसंघले फिर्ता पठाएपछि न्यायप्रति पलाएको झिनो आशा मन्त्रीज्यूबाट सहयोग नभएको भन्ने भर्खरैको समाचारले मरेर गएको छ ।
म त साधारण लेखपढ मात्र गर्नसक्ने महिला हुँ र म धेरै कुरा जान्दिन । मेरो बुझाईमा रक्षामन्त्री भनेको आफना देशका जनता र देशको सार्वभौमता रक्षा गर्ने जिम्मा पाएका व्यक्ति हुन् । तथापि राज्य र जनताको सुरक्षा गर्ने कसम खाएका तपाईको मन्त्रालयअन्तर्गत्का तिनै सैनिकहरुले मेरी छोरीलाई यातना दिई निर्ममतापूर्ण ढङ्गले मारिदिए । हाल आएर संयुक्त राष्ट्रसंघले समेत निरञ्जन बस्नेतलाई शान्ति स्थापना मिशनबाट बर्खास्त गरिदिएको परिप्रेक्षमा निज बस्नेतलाई प्रहरीकहाँ बुझाई नागरिक अदालतको कठघरामा उभ्याउनबाट तपाईलाई के त्यस्तो अप्ठेरो आइलाग्यो ? मलाई आश्चर्य लागेको छ ।
तपाई जस्तै म पनि एक विधवा हुँ । विधवा हुनुको पीडा तपाई र म दुवैलाई राम्ररी थाहा छ । तर मलाई लाग्छ सन्तान गुमाउनुको पीडा अन्य कुरा गुमाउनुको पीडाभन्दा पनि असह्य हुदो रहेछ । कल्पना मात्र गर्नुस् त आˆनी प्यारो सन्तानलाई सैनिकहरुले लगे र लगेको हैन भन्ने …आफनो छोरीको अवस्था के छ भनेर बर्षौसम्म बाच्नु पर्ने . . . र त्यसपछि आफ्नो घर गाउँ र सपनाहरु छाडेर आफ्नो छोरीको अवस्था पत्ता लगाइदिनु भन्दै एउटा संस्थादेखि अर्को संस्थामा भौतारिदै याचना गर्ने र छोरीको खोजी गर्ने क्रममा लुक्दैलुक्दै हिड्नुपर्ने, कति पीडा हुन्छ त ? र त्यसपछि छोरीलाई सैनिकहरुले पक्राउपछि पानीमा डुबाए र उनको भिजेको शरीरमा मृत्यु नहुन्ञ्जेल करेण्ट लगाए भन्ने कुरा सुन्नुपर्ने … त्यसपछि पनि छोरीको शवका अवशेषहरुको खोजी गरिदिनुस भन्दै एक संस्थाबाट अर्को संस्थामा याचना गर्नुपर्ने ।
मन्त्री महोदय,
मेरो पीडाको बयान म शब्दबाट गर्न सक्दिन । मलाई थाहा छ कसैले पनि त्यो वेदनाको सायद कल्पना सम्म मात्र पनि गर्न सक्दैन । तर म त त्यस्तो अभागी आमा हुँ जसले आफ्नी प्यारी छोरीको अस्थिपञ्जर जस्तो विभत्स दृश्य हेर्न वाध्य हुनुपर्यो । रातमा मात्र देख्नसकिने दुःख स्वप्न मैले दिउँसै देख्नुपर्यो । यति मात्र भएको भए त हुन्थ्यो तर मैले त मेरी छोरीको अन्तिम काजक्रिया समेत गर्न सकेकी । छुइ्न किनकि मेरी छोरीको कंकाल अझै पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा राखिएको छ । मेरी छोरीलाई त्यस्तो हालतमा पुर्याउने पीडकहरूलाई नागरिक अदालतको कठघरामा उभ्याई कारबाही नभएसम्म मेरी छोरीको मैले छोरीलाई अन्तिम श्रद्धाञ्जली दिन सक्ने अवस्थामा समेत म छुइन । मलाई प्रत्येक पल बाँच्न गाह्रो भएको अनुभूति हुन्छ तैपनि छोरीलाई न्याय दिलाउने आशाले मलाई जीवित राखेको छ ।
द्वन्द्वकालमा घटेका मानवअधिकार हननका घटनाका भयावहता बारे त यहाँलाई अवगतनै होला । हजारौ मारिए र उस्तै साख्यामा मानिसहरु बेपत्ता पारिए र यातनाका शिकार बनाईए । तर किन एउटै अपराधीलाई पनि कारवाही हुँदैन ? यहाँले गर्नुभएको दण्डहीनता अन्त्यको प्रतिबद्धता कहिले पुरा हुन्छन होला ? नेपालमा जरा गाढेर बसेको दण्डहीनताको अन्त्य गर्न जवाफदेहीताको प्रतिबद्धता जनाएर मात्र हुँदैन भन्ने तथ्य त तपाईलाई राम्रोसँग थाहा होला । यसको शुरुवात त अपराधमा संलग्न दोषीलाई कारवाही गरेर मात्र गर्न सकिन्छ । तसर्थ, मेरी प्यारी छोरीलाई हाडहरुको थुप्रोमा परिणत गर्ने ती हत्याराहरूलाई पक्राउ गरी नागरिक अदालतमा उनीहरूको अभियोजन गरी दण्डहीनताको अन्त्य गर्ने कार्यको थालनी गर्न विनम्र अनुरोध गर्दछु ।
मलाई आशा छ न्यायको लागि मेरी छोरीको अस्थिपञ्जरले गरेका क्रन्दनहरू तपाईले सुन्नुहुनेछ र मेजर बस्नेतलाई प्रहरीकहाँ बुझाउन सहयोग पुर्याउनुहुनेछ ।
धन्यवाद
देवी सुनुवार
२० पौष, २०६६


I salute u Nepal Mother Devi Sunuwar, and I suggest u not to expect anything from Bidhya Devi Bhandari, She is one of the third class political leader who never even talked about her husbands death in DASDHUNGA. If she has not the sorrow of her husbands death what can she give to nepali citizen. One day there comes when she herself will be taken to the court for the investigation of The Great Leader Madan Bhandari. And then only she will feel that who is she.
Bidhya ji
Tapai bata hamile k hi aasha gareka 6ainau ra garna saknuhunna pani. Jaba KP Oli ko chhatra chhaya siddinchha taba tapai pani tehi bata sit ko thopa jasto bilaunu hune6.
Aama vayera aamako marma nabujhne tapai jasta aamalai kahilyai valo hune 6aina.
मन परो वा परेन:
0
0
[Reply]
Germany bata timro dai Reply:
January 6th, 2010 at 7:14 pm
शसी भाइ बिध्याबाट अरु कुराको अास गर्न नसकेपनि उनका अति शुसील दुइ पुत्रीहरु छन। युवाहरुले उनिहरुबाट केहि अास गर्न सक्छन कि त?
मन परो वा परेन:
0
0
[Reply]
maina lai marne basnet lai jasari baya pani adalat maa ubaunu parcha
मन परो वा परेन:
0
0
[Reply]
सरकार पक्षले मानब अधिकार बारे सबैभन्दा सम्बेदनशील हुनै पर्छ… सरकार नै सम्बेदनशील भएन भने अन्य पक्ष्लाइ झन् प्रोत्साहन हुन्छ… तर यी सब कुराहरुमा विद्याको हैसियत नै के छ र ?
मन परो वा परेन:
0
0
[Reply]
तेसो त यो सरकारकै नै के हैसियत छ र ?
मन परो वा परेन:
0
0
[Reply]
देवी सुनुवर जी हजु को कुरा ले
सारा नेपाली को मन मा आग
सल्किउ को छ
मन परो वा परेन:
0
0
[Reply]
Devi Sunar Jee,
Tapai ko patra ekdam marmahat 6. Nyay tapai le paunu parchha. Yo bIdhya hoina ki, yo nam matrai ki aimai ho, yasle kehii garna sakdaina, Nepali Janata le yas & yasko Basnet lai karwahi gar6, Yo aimai ta paisa ghus khayeki ho…
मन परो वा परेन:
0
0
[Reply]
Tukekka tapai ko manabata ani tapai ko savbhaya padai lekahi tapai jasto lai bandina manis mitra Shashi Kiran ji tapai le k boleko jasto lageko cha k kura ko lagi comment garnu bhayako cha biddya ko peronal life ko barema kura garera nana thari arop parti arop garni tapai ko ho ?? Ali kati manabata ko nata le kura garnu mitra ho uasko chritra ja sukai hola tara sambandit bisaya lai yasto garnu parcha uasto garda ramro huncha banna chodera tapai Nari ko chritra ma nai dag lagni garera kura garni ??? Ja hos biddya ji tapai le yo kura ramro saga bujna parcha hajur ko samu sabai banda tulo chunati bheneko yahi ho yaslai samadhan garera doshi mathi karbahi huna parcha mawobadi ko donda kal ma kati jana k k bhayaka chan sab chati kolera karbahi huna parcha………tyo mawobadi le matra ja bhanyo tai huni kura hoina..
मन परो वा परेन:
0
0
[Reply]
bidhya bhandari aafnai husband lai marna lagaune ko k man ma maya chha ra. mantri haru ko ghoda bandai ma bidhya bhandari lai fursad chhina . janata ko kura sunne haisiyet pani chhina bhalu bidhaya bhandari yesalai nai marnu parchha ani balla desh le shanti pauchha.
मन परो वा परेन:
0
0
[Reply]
aafulai paisama bechne bidhya bhandari jasti dhunge mutu bhayeko aaimailai yasta bhawanaka kurale ke chhunchha……ra?…..pakka pani yasko(bidhya) tyo basnet sanga aantarik sambandha hunuparchha kinaki logne binako tadpiraheko yo aaimailai balatkari boka basnet payepachhi ke chahiyo ra….???
मन परो वा परेन:
0
0
[Reply]
Devi Ji,
Tapaiko patra sandarvik chha, tara Sarkarko tarfabata matra hoina tatkalin bidrohibata pani hatya bhayako chha, Major Basnetle rajyako aadesh maneka thiya, tara tyasto aadesh manne ra sarbasadharan harule pani ta jyan gumayako ghatana ajhai hamro manma taja chhani, tayasaile patra Raksha mantrilai matra hoina, tatkalin bidrohi samuhaka Netalai pani lekhene aanth garnu hunchha?
Harek Nepaliko manma aafanta gumayako pida chha, farak chha matra prastut garne saili ko.
मन परो वा परेन:
0
0
[Reply]
ye mantri mahodaya, kahile ho tapaiharule sabhya sammaj banaaune? kahiledekhi tapaika pwaal pareka kaanle janatako krandan sunne? euti aafujastai bidhawaa naari ko baalika chhori ko hatyaralai sansarle aparadhi thaharai sakdaapani tapai bachauna khojne? ke ho katai tapaiko major basnet sanga chakkar ta chalya chhaina? turunt basnet lai adaalat purai mainaki aamalai nyaaya dinus hoiuna bhane hami janatallai lagne chha major basnet ra tapaiko bich kehu najaayaj sambandha cha cha.
मन परो वा परेन:
0
0
[Reply]
bidda davi murdabad
मन परो वा परेन:
0
0
[Reply]
niranjan basnat lai karbai huni parcha
मन परो वा परेन:
0
0
[Reply]
bidhaya lai karbai gar
मन परो वा परेन:
0
0
[Reply]
bidhaya papi rachha mantri ho
मन परो वा परेन:
0
0
[Reply]