दरबार दिउँसै यौन भवनजस्तो भएपछि टुँडालमा नांगा चित्र

erotic-paintings-on-the-temples-of-nepal-021231[मैले केहि महिना यता केहि उपन्यास र अन्य पुस्तक पढें । बसेर ढुक्कले पढ्ने फूर्सद नहुँदा बस र रेलमा यात्रा गर्दा अनि साथीभाई पर्खिँदा पढेर केहि सिध्याएँ । ति पुस्तकमा उल्लेख केहि चाख लाग्दा प्रसंग ब्लगमा लेख्छु भन्दा भन्दै भ्याउँदै भ्याईन । भर्खरै क्रिष्ण धरावासीको उपन्यास टुँडाल पढ्दै छु । पुस्तक टुँडालहरुको रहस्यको बारेमा छ मुलत । यो टुँडालमा कुँदिएका नांगा कलाक्रितिबारे धेरैलाई चासो र चाख छ, रहस्य छ । धरावासीले उपन्यासमा त्यसैका बारेमा केहि चाख लाग्दा प्रसंग उल्लेख गरेका रहेछन् । पाठकहरुलाई चाखलाग्दो होला भनेर एउटा प्रसंग यहाँ उल्लेख गरेको छु । अरु केहि प्रसंगपनि अर्को पटक राखौंला । तस्बिर चाहिँ पेरिसको नग्न संग्राहलयमा राखिएका केहि नांगा कला मध्ये नेपालकै छानेर म आफैंले खिचेको हुँ]

‘एक पल्ट पन्ध्रौं शताब्दितिर मल्लकालीन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् । उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । राजानै दरबारबाट हराउनु र नभेटिनु भनेको त्यो राज्य र सुरक्षासेनाका लागि ठूलो चुनौति थियो । रानीहरु रुवावासी गर्न थाले । राजा एकाएक गायव हुनुलाई ज्योतिषीहरु, तान्त्रिकहरु, गुप्तचरहरुका आआफ्नै प्रकारका अड्कलबाजीहरु आउनथाले । 

 कसैको मत भएछ-राजालाई शनी ग्रहको मारक प्रभाव परेकाले राजज्योतिषकै सल्लाहमा केहि समय राजकाजबाट मुक्त रहेर एकान्तवासमा जानुपरेको छ । दशाको प्रभाव कम भएपछि एकदिन फर्कनेछन् ।

कसैले भनेछन्-’राजा एकदमनै महत्वाकांक्षी भएकोले तन्त्र साधनाबाट ठूलो शक्ति प्राप्त गरि चक्रवर्ती राजा हुन चाहन्छन् । उनी एकान्त गुफामा बसेर हठयोग र तन्त्र साधना गरिरहेका छन् ‘

‘राजा भेष बदलेर देश भ्रमणमा निस्केका छन्। जनताको दुखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा छन् ।’

यस्ता अनेक अड्कलबाजीहरु भएपनि राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबार भित्र अनेक प्रकारका बिक्रितिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो । दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक नै थियो । अलिअलि, अलिलै गर्दागर्दै दरबारभित्रको चर्तिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किँदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुका बिच भाजभोलि गर्दागर्दै यौनसम्बन्ध व्याप्त हुन थालेछ । दिउँसैपनि दरबार यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बिचपनि फैलाउँदै लगेछन् । दासीले आफ्नो पतिलाई सिकाइ, सेनाले आफ्नी पत्नीलाई सिकायो । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउँदै लगे । यस्ता नयाँ नयाँ असनहरुका नयाँ नयाँ अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममा सधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरि मुक्त गर्ने भन्ने छलफल शुरु भएछ । लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बित्रिष्णा उत्पन्न हुन्छ र यो पुन: आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ । अनि काठमा, माटोमा, धातुमा जे-जेमा हुन्छ यौनबद्द आक्रितिहरु सार्वजनिकरुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले आ-आफ्ना कलालाई यौनसौन्दर्यतिर मोडेछन् । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ त्यहाँ यस्ता यौन आक्रितिहरु स्थापना गर्न थालिएछ।”

 ’अनि राजा चाहिँ के भए त !’

‘धेरै वर्षपछि चन्द्रगिरीको एउटा गुफामा राजालाई योगीका रुपमा भेटिएछ । राजालाई योगी हुनाको कारणबारे जिज्ञासा राख्दा उनले भनेछन्-जीवनमा राज्य गर्नु,पत्नी भोग्नु, सन्तान जन्माउनु, मिष्ठान्न भोजन गर्नु यी सब कुराबाट विरक्ति उत्पन्न भयो । दरवारभित्र आएका सबै उमेरका महिलाहरुसँग यौन सम्पर्क गर्दापनि यौनको इच्छाले भने कहिल्यै छोडेन । अनेक आसनबाट यौनलाइ हेरें । रानीहरु, दासीहरु, सन्यासिनीहरु, बालीकाहरु, ब्रिद्दाहरु सबैले मबाट यौन आसनहरु सिके तैपनि ममा यौनको त्रिष्णा कम भएन । अनि एकदिन सपनामा एक जना ऋषीले दर्शन दिए । त्यहि रात ब्रम्हमुहूर्तमा उठेर म यस गूफामा आएँ र यहिँ बसिरहेको छु ।

राजाको कुरा सुनेपछि मात्र वर्षौं अघि दरवारमा एकाएक फैलिएको यौनकाण्डको रहस्य पर्दाफास भएछ।’ बाँकि अर्को पटक—–

  • sudeed

    please submit the next part thank’s

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • ramesh

    INTRESTING , FABLIOUS

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

  • Prem Gurung (London, UK)

    Very interesting. Let’s wait. Thanks

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Gita

    Looking forward to read next part !!!!!!!!!!!!1

    मन परो वा परेन: Thumb up 1 Thumb down 0

    [Reply]

  • Yetiman

    अनी त्यसपछी सबै आईमाईहरुले भल्ड्याङ र भुल्डुङ बच्चा जन्माउन थालेछन । त्यो पनि HIV AIDS रोगले छतिग्रस्त । सारा देशनै AIDSको महामारीको चपेटामा परेछ । जता ततै भकाभक मान्छे ढल्न थाले पछि लौन नी किन यस्तो भएको ……..??? सबैको आ-आफ्नै अड्कल बाजी !!!!!!! यौन त्रिस्णाले अन्धो भैसकेको मछेहरुलाई यो AIDS रोग हो भनेर के भेउ पाउथ्यो र; कोहीले भनेछन “हामी नरपिशाचहरु यसरी दिन रातै नभनी, ससुरा-बुहरी को साइनो नै नराखी यसरी दिनदहाडै यौन क्रिडामा लिप्त हुन थाले पछि यौनकुन्जका देबता डाहा अरिशले कन्सिरी तातेर खपिनसक्नु भएछ र रिशले आगो भएर यसरी मान्छेलाई सजाये दिएको हुनुपर्छ ।” लौ त अब उपाय के त ?? यौनकुन्जका देबताको रिशको आगोलाई सान्त पार्नको लागि बिभिन्न यौन आसनमा सजित मुर्तीहरु कुदेर उपहार स्वरुप मन्दिरका तुडालहरु सजाइदिएपछी यौनकुन्जका देबता मुर्ती हेर्नमै मक्ख, ऊता राजा गुफामा ध्यान मग्न अनी जनता यौन लिलामा मस्त । अनी जता ततै शान्ति नै शान्ति …………… !
    Ha ha ha……. I’m just kiding ;)

    मन परो वा परेन: Thumb up 4 Thumb down 0

    [Reply]

  • Bhagirathi Joshi

    Thanx for abstracting the lines from “Tundal”. I have gone through this novel few months before. It’s such a beautiful novel portraying about the myths regarding Tundal.
    I found this novel really very interesting as it has reflected our present society and raises it’s voice for feminism. The charcters of this novel (Susmita, Satya) represnt the ladies of post modernism.
    This novel is really worth reading.
    Thanx Dadi brother for writing about Tundal on ur blog and encouraging many ppl to read this book.Keep going writing the remaining parts that u intend to write.
    I requests the reader of nepalplus to go throught this beautiful novel.

    Many many thanx to Krishna Dharawasi for this wonderful novel !!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Kailash Reply:

    It must be interesting to as Bhagirathi ji said. I think any materials that is reated with sex naturally draw interest of many specially young and unmarried person. I must read this novel and see why Bhagirathi ji liked it so much about chudal myths.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Bhagirathi Joshi Reply:

    Dear Kailash,

    Thanx for replying my comment. Happy that my comment regarding tundal has encouraged u to read this book. Not only me but almost every person who have gone through this book have liked it. U r right unmarried ppl are likely to be attracted towards the sex literature, and married too. FIY Tundal is not only Sex literature it has many more thing that we need to know. La la go through this book, i bet u will be crazy after reading this book more than that of me..!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sushil sapkota

    very much descriving power

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Basant

    धेरै राम्रो लग्यो.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree