गुरुङले राखे ईज्जत अमेरिकामा नेपालीको
अमेरिका जस्तो मुलुक । नेपाल भन्दा दर्जनौं गुणा ठुलो छ । हरेक कुरामा प्रतिस्पर्धा अति हुन्छ । हत्त पत्त त्यहाँ कुनै प्रतिस्पर्धामा जितौंला भनेर चियाउन बिदेशीलाई त के त्यहिँका स्थानिय लाईपनि सजिलो छैन । स्वदेशीले छोडेको काम बिदेशीले गर्ने हो भन्ने सोच्छन् अझैपनि धेरैले । त्यस्तो ठाउँमा पनि एक नेपालीले अमेरिकि पुरस्कार हात पारेर सारा नेपालीको ईज्जत राखेका छन् । उनी हुन् प्रवल गुरुङ । अचम्म-नेपाल जस्तो मुलुकको एक नागरिकले फेशन डिजाईनमा जितेका छन् पुरस्कारपनि । अझ चाखलाग्दो-एक नेपाली पुरुषले महिलाको डिजाईनमा जितेका ।
हो उनले २५ हजार अमेरिकि डलर बराबरको पुरस्कार जितेका हुन् । उनले जितेको पुरस्कारको नाम इक्को दोमानी फेस्शन फाउण्डेशन अवार्ड हो । उनले सन् २०१० को उत्क्रिष्ठ फेशन डिजाईनकालागि पाएका हुन् । यो पुरस्कार पाउनेमा उनी बाहेक अन्य तिन जनापनि छ्न् । उनको यो सफलताको समचार त्यहाँको न्युयोर्क लगायतका अन्य पत्रपत्रीकामा छापिएको छ । कस्तो कस्तो डिजाईन गर्ने रहेछन् त उनले यहाँ क्लिक गरेर हेर्नुहोस् । गुरुङको फोटो फेडेरेसन अफ ईन्डेजेनस पिपुल्स अफ नेपाल ईन अमेरिकाबाट लिईएको हो ।


good nepali bayara nepal ko ijaata rakhanu parchha
मन परो वा परेन:
0
0
[Reply]
Yo Gurung Gurung bhanera sambodhan garne tarika chahi ramro lagena. Prabal bhanidiye ta bhaihalyo ni.
मन परो वा परेन:
0
0
[Reply]
ल गुरुङ जी बधाई छ है अरु अझ बढ्नोस अब आफ्नै देश्कालागी पनि केही गर्नोस जस्तै मेरोसन्सारका स्याटेलाइट जस्ता अल्लारेहरुको उदाहरण हेर्नोस हामी तपाईंको साथ्मा छौ हामी अल्लारेहरु नै कसिनु पर्छ यो बुढो गोरु नेताहरु गाई ओगट्ने मात्र हुन गर्न केही सक्दैनन अबको नयाँ नेपाल बिदेशमा रहने जो कोहीले पनि हातमा हात मिलाउदै आफ्नो देशको लागि थोरै भeपनी केही गर्ने प्रयास पनि गरौ ……..
मन परो वा परेन:
0
0
[Reply]
Congratulation !!!
मन परो वा परेन:
0
0
[Reply]
Great job. Congratulation my dear Gurung jee.
मन परो वा परेन:
0
0
[Reply]
well done, very good job Congratulation and best of luck.
मन परो वा परेन:
0
0
[Reply]