किन बन्छन् बाबुराम प्रचण्डको तारो ?
भारतकै हस्तक्षेपका कारण नेपालको शान्ति प्रयासलाई अवरुद्द गरिएको, र नयाँ संबिधान बनाउन भारतले भाँजो हालेको निष्कर्ष माओवादी पार्टीले निकालेकै बेला प्रधानमन्त्रीमा भट्टराईको चर्चा चलेकालेपनि अहिले माओवादीभित्र द्वन्द चर्किएको हो । अर्को कुरा माओवादी बाहेकका २०, २१ दल सरकारमा रहेकालेपनि तिनले यसलाई बढि उचालेका हुन् । त्यसो त, कुनैपनि दलका शक्तिशाली नेताबिच आरोप प्रत्यारोप, तानातान र ब्यक्तित्वको टक्कर नपरेको भन्ने हुँदैन र छैन । माओवादीमा बाबुराम भट्टराई, प्रचण्ड र मोहन बैद्द । नेपाली कांग्रेसमापनि गणेशमान सिंह, क्रिष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला । एमालेमा झलनाथ खनाल, माधव नेपाल र केपी ओली । राप्रपामा पनि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको द्वन्दले पार्टी पटक पटक टुक्रिएकै हो ।
पार्टीमा प्राय त्यस्ता द्वन्दहरु राजनितिक जनधार जसको बलियो छ तिनै नेताबिच हुने गर्छ । माओवादी भित्र प्राय यस्तो द्वन्द मोहन बैद्द र प्रचण्डबिच हुँदै आएको हो । अहिलेपनि माओवादीमा नीतिगत रुपमा प्रचण्डलाई टक्करदिन सक्ने भनेकै बैद्दको धारले हो । किनभने पार्टीमा जनाधार बाबुराम भट्टराईको भन्दा धेरै बढि बैद्दको बलियो छ । तरपनि प्रचण्डको प्रतिस्पर्धा र टक्कर मोहन बैद्दसित नभएर अहिले बाबुराम भट्टराईबिच देखापर्दै आएको छ । किन होला ?
बाबुराम भट्टराई जनताका बिचमा बसेर संगठन बिस्तार गर्ने काममा उति खटेका होइनन् । उनी भारतमै बसेर पढे । नेपालमापनि उनी काठमाडौंमा बसे। जनमोर्चा मार्फत खुला राजनीतिमा लागे । संगठन निर्माण भन्दा उनी जनपरिचालन र शहरी आन्दोलनमा खटे । त्यसैले भट्टराई कुशल संगठक बन्न पाएनन् । त्यसैले पार्टीमा उनको जनाधार तुलनात्मक रुपमा कमजोर मानिन्छ । तर खुला राजनितिमा लागेकाले आम जनताका बिचमा उनी बढि परिचित छन् । पढाईमा सधैं प्रथम भैकनपनि माओवादी राजनितिमा लागेकाले उनैलाई देखेरपनि निकै मान्छे माओवादी समर्थक भएका छन् ।
हिजो जनयुद्दकालमा सांगठनिक प्रभावले बढि अर्थ राख्यो । तर जब कुनै पार्टी संसदमा, सरकारमा आउँछ तब वाकपटुता, प्रचार प्रसारको शैली, आन्दोलनको नेत्रित्व, जनपरिचालन जस्ता खुला राजनितिक गतिबिधीले बढि अर्थ राख्छन् । जब माओवादी पार्टी शान्तिवार्तामा आयो, वार्ताकार मध्ये एक तिनै बाबुराम निस्किए । त्यतिबेला फेरी उनले आफ्नो लोकप्रियतालाई उँचो पारे । भट्टराई फेरी लोकप्रिय भए। यस पटक भने उनी संगठन बाहिर र भित्र दुबैतिर लोकप्रिय बने । किनभने संसदवादी दलहरुसित मिलेर राजतन्त्र फाल्ने र गणतन्त्रका लागि लड्ने पार्टीमा उनैको प्रस्ताव स्विकार भयो । यसले गर्दापनि उनको बढि चर्चा हुनु स्वभाविक थियो । जनयुद्दलाई थाँती राखेर शान्तिवार्ता गर्ने, संबिधान सभाको निर्वाचन गर्ने र बिस्तारै सरकार बनाउने भन्ने सोचमा रहेका पार्टीका प्रमुख प्रचण्डलाई बाबुरामको यस्तो बढ्दो लोकप्रियता शुरुबाटै सहज नलाग्नु अनौठो होइन ।
माओवादी जब संबिधान सभाको निर्वाचनमा हेलियो त्यो बेलापनि डा बाबुराम भट्टराईले आफ्नो पुरानो छबी कायम राख्दै नेपालमै सबैभन्दा बढि मत ल्याएर निर्वाचित भए सभासदमा । पार्टीमा जनधार कमजोर छ भन्ने मानिरहेकाहरुलाई जनताको विशाल मतले यसरि समर्थन गर्दा पार्टी भित्रै उनका प्रतिस्पर्धीहरु छक्क परेका थिए । खुला राजनीतिमा देखिनासाथ भट्टराईको लोकप्रियता चुलिँदै गयो । जुन उनका प्रतिस्पर्धीलाई पच्ने कुरै भएन ।
जनयुद्दकालमा कसले कति कार्यकर्ता परिचालन गर्यो । कहाँबाट कति लेबी उठ्यो ? कहाँको बैंक सफतलापूर्वक कब्जा गरियो ? कुन कमाण्डरले नेत्रित्व गरेको चौकी आक्रमण सफल भयो, कसको नेत्रित्वको बिफल भयो ? बम, गोला र बारुद बनाउन को सिपालु छ ? यि कुराहरु बढि महत्वपूर्ण हुन्थे, बढि मूल्यांकन हुन्थ्यो । अहिले जनसेना शिविरमा थन्किएका छन् । कमाण्डरको सिप, साहस र अक्किलको चर्चा हुन्न । अहिले जनआन्दोलन चलेका बेला शहरिया आन्दोलनको ब्यवस्थापन, जनपरिचालन, प्रचारप्रसारले बढि महत्व राख्छ । अहिले जन आन्दोलनको संयोजकनै बाबुराम भट्टराई छन् । पार्टीले अहिले सम्मका तिन वटै चरण भब्यताकासाथ सम्पन्न भएको ठहर गरेको छ । त्यसरि सफल हुनु भनेको संयोजकका हिसाबले बाबुरामलेनै बढि जस पाउनु हो, उनैले बढि प्रसिद्दि कमाउनु हो । माओवादी पार्टी निकट भविष्यमै अर्को सशस्त्र युद्दमा गैहाल्ने अवस्थापनि छैन । अबका केहि वर्ष भनेको संसदिय सत्ता कै बाटो हुने प्राय निश्चित झैं छ । बाबुराम भट्टराईको सफलता यसरि चुलिँदै जाँदा प्रचण्डका प्रतिस्पर्धी पनि उनै हुने हुन् । त्यसले गर्दापनि भट्टराईलाई पछाडीनै राख्नु प्रचण्डकालागि श्रेयस्कर हुने भयो ।
माओवादीको बहुप्रचारित चुनवाङ बैठक अगाडि उनीहरुले भारतसित सुरुङ युद्द गर्ने घोषणा गरेका थिए । त्यसपछि संसदवादी दलसित मिलेर राजतन्त्र फाल्ने र गणतन्त्र ल्याउने प्रस्ताव आयो । यो प्रस्ताव उनै भट्टराईको थियो भनिन्छ । यसरि राष्ट्रियताकालागि भारतसित सुरुङ युद्द भएपनि गर्ने भनेका बेला भट्टराईको अर्को राजतन्त्र फाल्ने प्रस्ताव आएकालेपनि उनलाई भारतमुखी भनेर आरोप लगाउनेहरु छन् । भट्टराईलाई हाबी गराएर राष्ट्रियताको आन्दोलन कमजोर गरौने भारतीय खेल हो भन्नेहरुपनि छन् । र भारत निकट ब्यक्ति कमजोर नभए सत्तामा उसको हात माथि पर्न सक्छ भारतीय दबाबका आधारमा भनेर हेर्नेपनि छन् । त्यहि भएरपनि पार्टीमा बैद्द र प्रचण्ड समूह भनिनेहरुबाट भट्टराईलाई अँचेट्ने प्रयास गरिन्छ ।
भट्टराई तारो बन्नुको अर्को कारण माओवादी र सात दलबिच भएको पछिल्लो शान्ति वार्ता अघि पटनामा माओवादीका आधा दर्जन केन्द्रिय नेता पक्राउ पर्नु । त्यतिबेला पटनमा एउटै होटेलमा सँगै बसेका, सँग सँगै बैठकमा भाग लिएर हिँडेका मध्ये हाल पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल, केन्द्रिय सदस्य देवेन्द्र पराजुली लगायतका केहि नेता पक्राउ परेनन् । भारतीय प्रहरीले केहिलाई त्यहि होटेलमा सँगै हुँदापनि पक्रिएनछ । त्यसरि पक्राउ नपर्नेमा भट्टराईका निकट भनिनेहरु परे । पार्टीले पछि शंका गर्यो। कारवाही गर्न खोज्दा भट्टराईले तिनको बचाउ गरेका रहेछन् । यि सबै माओवादीकै नेताले सार्वजनिक गरेका हुन् ।
जेलमा पनि भारतीय सुरक्षाकर्मीहरु प्रचण्ड पक्षिय भनिनेहरुमाथि बढि कुटपिट र दमन गर्थे रे । अनि ‘तिमीहरु भट्टराई समर्थक कि प्रचण्ड समर्थक?’ भनेर सोधपुछ गर्ने रहेछन् । बाबुराम समर्थक भन्नासाथ बढि नरम हुने रहेछन् । यो घटनालैइ त्यहि पटना जेल बसेका माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा आफ्नो जेल संस्मरण पुस्कतमापनि उल्लेख गरेका छन् । जुन पुस्तक ननिकाल्न बाबुराम भट्टराई स्वयंले पार्टीमा दबाब दिएका थिए । यस घटना पछिपनि भारतीय शासकको निकट रहेको भनेर आरोप लगाउने गरिन्छ भट्टराईलाई । र भट्टराई माथि आए भारतीय शासक बलिया हुनसक्छन् भनेर शंका गर्नेपनि छन् । हुनत त्यति खेर भारतीयहरुले भट्टराईको गुणगान गाएर प्रचण्डको बिरोध गर्नु माओवादी पार्टीमा फुट ल्याउनकै लागि मात्रै पनि हुन सक्थ्यो नै।
अहिले फेरि हाम्रो राष्ट्रियता भारतीय हस्तक्षेपकै कारण संकटमा परेको र शान्ति संझौता भाँड्न खोजेकाले भारत बिरुद्द आन्दोलन चर्काउनुपर्ने निर्णयमा पार्टी पुगेको भनिन्छ । तर त्यसरि भारतलाई सोझै ताकेर आन्दोलन गर्दा भारत बढि चिढिने हुँदा झन संबिधान नबन्ने, शान्ति संझौता भंग हुन सक्नाले बरु सरकार बनाएर जनताको सुधारका काम गर्ने । आफ्नो पक्षमा संबिधान बनाउन केन्द्रित हुने । जनतालाई सचेत गराउने र त्यसमा अवरुद्द भए जनतालाई बिद्रोहमा उतार्ने भन्ने प्रस्ताव भट्टराई पक्षबाट आएको बताइन्छ । भट्टराईकै हो यदि यो प्रस्ताव भने प्रचण्ड पक्षधरलाई लाग्नसक्छ-किन यसले सधैं भारतलाई पन्छाएर नयाँ कार्यक्रम अगाडि सार्छ ?
संबिधान सभाको निर्वाचन पछि माओवादी नेत्रित्वमा बनेको सरकारमा अर्थमन्त्री थिए भट्टराई । भनिन्छ-२०४६ साल यता बनेका सरकार मध्येमै सबैभन्दा लोकप्रिय अर्थमन्त्रीनै भट्टराई भए। उनले घोषणा गरेको स्वयं कर घोषणा सबैले महत्वाकांक्षी र असम्भव भनेर आलोचना गर्दागर्दैपनि लक्ष्य भन्दा बढि सफल भयो । त्यसबाहेक साना किसानको ऋण मिनाहा, स्वरोजगार कार्यक्रम लोकप्रिय बने। उनले त्योबाहेक जनताको पक्षमा सजिलै गर्न सकिने अन्य थुप्रै लोकप्रिय कार्यक्रम ल्याए। तर उनको त्यहि लोकप्रियताकै कारणले गर्दा आफ्नै पार्टीको प्रधानमन्त्री भएरपनि प्रचण्डले भट्टराईका लोकप्रिय कामलाई लागू गराउन उचित ध्यान नदिएको बताइन्छ । केहि समय अघिको नयाँ पत्रिका दैनिकमा वाम बुद्दिजिवी श्याम श्रेष्ठलेपनि उल्लेख गरेका छन् यो प्रसंगलाई । अब मेरै कुर्सी दाउमा पार्न सक्छन् भट्टराईले भनेरपनि प्रचण्डले त्यसो गरेका हुनसक्छन् भनेर बुझ्न कठिन पर्दैन ।
शान्ति संझौतापछि यदि प्रचण्डले आफ्नो प्रतिस्पर्धी कोहि देखेका छन् भने उनै भट्टराईलाई देखेका छन् । किनभने भट्टराईको वौद्दिक जमातमा छवी राम्रो छ । खुल्ला राजनीतिमा आएका बेला बौद्दिक जमातको सहयोग र समर्थनले झन् ठुलो महत्व राख्छ । किनभने एउटा कमाण्डरको क्षमता भनेको केहि जनसेनालाई परिचालन गर्न सक्नु हो । एउटा कार्यकर्ताको केहि जनलाई आफ्ना पक्षमा हिँडाउनु । तर बौद्दिक जमातले त तिनका तर्क, बिचार र बहसले एकै दिन एउटै लेख रचना वा तर्क, शैली र अभिव्यक्तिमार्फत निकै मानिसलाई मोडिदिनसक्छन् । यस्ता मानिसहरु भट्टराईका पक्षमा बढि देखिन्छन् ।
भट्टराई स्पष्ठ बक्तापनि छन् । लागेका कुरा स्पष्ठ बोल्छन् । बोलेका कुरा गम्भिर हुन्छन् । कुनैपनि घटनालाई उनले ब्रिस्त्रित अध्ययन नगरि प्रचण्डले झैं हावामा प्वाक्क बोल्दैनन् । यद्दपी भाषण गर्ने कला र ब्यक्तित्व प्रचण्डको जस्तो भने छैन ।
कलम उत्तिकै चल्छ भट्टराईको । आफ्ना कुरा सजिलै जनतामा पुर्याउन सक्ने खुबी छ भट्टराईमा । त्यसले गर्दापनि भट्टराईको ब्यक्तित्व माओवादीमा पछिल्लो चरणमा झन् चुलिँदो छ जुन प्रचण्डकालागि सजिलै पच्ने कुरो हुन सक्दैन र पनि उनले बेलैमा बाबुराम भट्टराईलाई ठेगान लगाएर किनारामै पन्छाउन चाहन्छन् । र शान्ति सझौता अघिनै संसदिय दलहरुसित मिलेर राजतन्त्र फाल्ने प्रस्तावका बेला देखिनै बाबुराम भट्टराईका प्रस्ताबहरु सफल हुँदै आउनु प्रचण्डका लागि उनी अर्को चुनौती हुन सक्छन् । किनभने भट्टराई हरेक ठाउँमा सफल हुँदै जाँदा त्यसमा प्रचण्डले आफ्नो असफलता देखेकापनि हुन सक्छन् ।


सबैमा आ आफ्नै बिसेषता हुन्छ र एक अर्काको पुरक हुनुपर्छ… अनि मात्र कुनै पनि पार्टी बलियो हुनसक्छ
[Reply]
thie article is baseless. please try to write as a thicker and goodman. i am in confuse that you are writing or worshiping Mr. BRB
[Reply]
This article is baseless and worship of MR. BRB. please try to be realistic and commen
[Reply]
Hello Kamret Prachand&prachanda ka sena……….
Please tapai harule yo kura prasta bhujnu parchha ki Yadi Baburam ko Margadarshan ma mayobadi nalage ko bhaya aajpani timi haru shyal shyal nai huntheau.Atlist aaj kehi nam ani kehi iajat chha.timiharuko ……..
Baburam ko khutta tannu bhaneko afnai khutta ma bancharo hannu ho…..
Atlist jangal bata sahar ma aauau.Janabar bata Manushay hune prayas gara…..
[Reply]
Prachanda ra Girija ko nature thyakkai milechha tesobhaye hoina ta lekhak jiu ? Akhir Janta le ke paune bhaye? Hamro desh Maobadi bidroha ko karan 20 barsha bhanda badhi back bhayeko chha. Arthik samrachana haru dhosta bhayeka chhan.Harek chhetra haru rajniti bata purai parbhabit baneka chhan. Desh ko punji bidesiyeko chha aba Parchanda,Baburam , Mohan Baidhha ra Mahara haru ko gut ra upagut le kata tira doraudai chha hamro muluk lai ?
[Reply]
तेसैले म भन्छु अब देश हाक्ने दुर्दर्सिता र सक्छेम नेता छन् भने बाबुराम छन् अब चादैनै उनको नेत्रोत्वोको सरकार नबनी अरको उपाए छैन, प्रचन्डको खुबी पनि देखेकै हो, अब हार्ने गोरुको छेरुव दाउको त क कुरा गरै भो र …
[Reply]
agree with this artical…we wana see bhattrai as priminister of nepal ,,not crazy prachand….bhattrai all nepalese salut you \and your skill….
[Reply]
Baburam is very talent leader in moust party, Nepal & Nepali need him in primminister in this sutation.
jaya ho nepal & nepali ko
[Reply]
prachand arko khutta tandai party haru futaudai yahasamma aaeka hun. baastavma prachandako yaha pugne haisiyat nai chhaina na uni ramrari bolna na jaandachhan. maobadika tanashah hun prachanda.
[Reply]
जुनजोगी एयेपनी कानै चिरेको सबै आअफ्नै बिसयमा मा ट्यालेन्ट छन् कुनै पनि मन्त्री भएर हुने वाला केही छैन सबैले आफ्नै घर भर्ने हुन कार्यकर्ता पोस्ने हुन भन्ने कुरा छर्लङ भैसक्यो जनताको रगत र पसिना ले जम्मा भएको राजस्वमा दाँइ हाल्न होड्बाजी गरेका मात्र हुन्
[Reply]
Pukar Reply:
January 8th, 2010 at 6:19 am
Yak dam hajur ko kura ma 100% sahamati tai ta yaha koi mantri bhaya pani hunewala hamro lagi kahi china koi babu ram mantri bhayara ani ramro kam garera tapai haru le kk rahat paunu bhayako tiyo ra ??yaha jo aya pani kura yautai ho kura ta yaha bata suru huna parcha tapai haru kaha hunu huncha tai bata utera afno afno tau bata kahi garau ani balla huncha neta ko mukh taknu bhaneko faleko fal kuhera gayo hereko harai huni matra ho
[Reply]
देश बिगार्ने खुकार अपराधीहरु को फोटो सार्बजनिक भयो , तेस्मा बाबुरामजी पनि पर्नुहुन्छा http://www.outofdream.com/search/label/Nepal
[Reply]
एकदम सही कुरा माओवादिमा बुध्हिमान एक्ला बाबुराम हुन यिन्ले जतिसुकै राम्रा काम गरे पनि पार्टी को हिसाब्ले कार्यकर्ता पोसन गर्ने बाहेक केही गर्न सक्दैनन
[Reply]
Yo deshma janata bekup hun sathi ho……..AnapaDh haru lai Baburam Ke man parthyo. We need Baburam the Prime Minister of Nepal. Nobody is better than him to be PM.
[Reply]
Hoina yo Prachande ta maha ko Ghado bhayo. Ke garda yo Thegan ma aaula ha? Satta ko lagi kahile Singapore pugchha ta kahile Hangkong pugchha. Yesle ta satta kai lagi 4000000 bharatiye lai nagarika Pramanpatra dina lai dabab diyo.Yesaile Nepal lai sanghiyeta ma lanai parne banayo.Yesaile hindu dharma lai khattam paryo. Kina hola yesta rastra vilen lai pani neta manera pachhi pachhi hideka janata. Party mai ali gatila manchhe aye bhane ta kasari down parne bhanne matra sochdo raichha yesle ta.
[Reply]
Good analysis Dadi Jee……..
aspect such critical articals from you. Thanks keep writing.
[Reply]
baburam ra prachanda please come in contact to all news that u guys watch &read .let the people know what the fact is that will help us to determine who is the best nepali for nepal and who is the worst forN epali let”s decide..,…!
[Reply]
this is very bad news, in my opinion if Dr. Baburam Bhattarai was not involved in the Moaist’s Janauda, probably this party would not to this stage. He has been targeted many time negatively in the party, that is very bad for the party itself. he is the one in the party, who highly educated and qualified leader and has a clear vision to lead country to the successful way.
[Reply]