अर्को एउटा श्रदान्जली
-कपिल अधिकारी/ ताइपे, ताइवान
फेरी फूल माला लिएर गयो धनीराम
श्रदान्जली गर्न, आर्यघाटमा
यसरि,
यस्तोमा उ धेरै पटक गएको छ
उसको बानि नै भैसकेको छ
उसले सधै झैँ आँखा रसाएको जस्तो गर्यो
अनुहार बिरक्तिएको जस्तो गर्यो
उसलाई हुलले देख्लान भन्ने त्राश पनि छ
नदेखे त्यो त आएन भन्ने होकी भने पीर पनि छ
ढुकचुक ढुकचुक मनले बढ्यो अघि धनीराम
सबैले चिन्ने धनीराम,
कसैले नचिन्ने जस्तो गरी लुसु लुसु सर्यो
फूल माला चढायो
अनि बिष्णुलाइ प्रणाम गर्यो
तर अनुहार हेर्न सकेन
हिजोको जिउँदो सहिद, आजको अमर सहिदलाई प्रणाम गर्यो
लामो प्रणाम गर्यो ताकी कुनै समाचार ले रातिको खाजा बनाउन्
भोलिको दैनिकी मा छापिउन्,
उसको उपस्थिति
तस्बिर प्रमाण खातिर,
धनीराम,
यसरि बिष्णुहरू लाइ टेकेर यहाँ आइपुगेको छ
यस्तै अनगिन्ती भर्याङ टेकेर यहाँ आइपुगेको छ
यसरि नै लामो प्रणाम गरेको छ उसले
पटक पटक
हजारौं को अश्रु धारा माझ
आर्यघाटमा र घाटहरूमा
यो छब्बिसौं सिंढी मात्र होला
यस भन्दा अगाडी नाघ्यो कति कति
अझै
कति धनीरामहरू कति पटक फूलमाला लिएर आउने हुन् !
कति बिष्णुहरू को उत्सर्ग हुने हो ?
कहिले सकिने यो बलि ?
कहिले साकार हुने उसको सपना ?
यो हाम्रो लेखोट
अथवा
कातरपन
कसरि पो होला यसको अन्त !
कहिले पो होला यसको अन्त !
कसले पो गर्ला यसको अन्त !
[जानकारी-समय सान्दर्भिक वा तत्कालै प्रकाशित गर्नुपर्ने बाहेक अन्य कविता, गजल र गित प्रकाशित हुन चार हप्तासम्म लाग्न सक्छ । त्यति समयसम्मपनि प्रकाशित नभए पठाएको मिति उल्लेख गरेर सम्झाउनुहोला । तपाईका कुनैपनि रचना बिना जानकारी एकभन्दा बढि संचार माध्यममा पठाउनु लेखकिय मान्यता बिरुद्द भएकाले त्यसो नगर्नुहोला । साहित्यिक रचनामा गित, गजल र कविता मात्रै होइन कथा, लघुकथा, छोटा निबन्धहरुमापनि कलम चलाउन पाठकहरुसमक्ष अनुरोध छ-नेपालप्लस डट कम ।]


waastabik ghatanaako maarmika chitran
मन परो वा परेन:
0
0
[Reply]
arthapoorna kabitaa, dhanyaawad, wastabik sthiti boleko cha kabitaamaa deshko
मन परो वा परेन:
0
0
[Reply]