बिदेशका नेपालीलाई राजदूतकै चाकरीमा भ्याई नभ्याई
तपाईहरुलाई कहिल्यै थाह छ नेपालको फ्रान्सेली राजदूत बदली हुँदा फ्रान्सेलीहरु फूलमाला र अबिर बोकेर राजदूतको चाकरीमा विमानस्थल पुगेको ? अमेरिका जस्तो शक्तिशाली देशकै राजदूत बदली हुँदा के कहिल्यै अमेरिकी नागरिक त्यसरि दुलही अन्माउँदा झैं विमानस्थल पुग्छन् राजदूतको स्वागतमा ? भारतकै राजदूत बदली हुँदा भारतीयहरु त्यसरि कहिल्यै विमानस्थलसम्म पुग्दैनन् । राजदूतहरु तिनको मूलुकमा बदली हुँदा सामान्य दूतावासभित्रकै कर्मचारीमा परिचयको कार्यक्रम राखिन्छ एक दिन । सामान्य नास्ता र यस्सो एक दुई चुस्कि वाईन वा जुस खायो सकियो । बिदाईमापनि उनीहरुले यस्सो फूल र सानो तिनो उपहार दिएर कार्यालयबाटै बिदाई गर्छन् । तर हाम्रो नेपालीको त बिदेश बसेर यस्तो संस्क्रिति र परम्परा देख्दा देख्दैपनि किन चाकरीमा भ्याई नभ्याई ?
संयोगनै भन्नु पर्छ डिसेम्बरको पहिलो साता -दुई खबर आए नेपालप्लसको मेल बक्समा । एउटा कुबेतबाट र अर्को संयुक्त राज्य अमेरिकाबाट । कुवेतबाट आएको समाचारमा थियो- कुबेतका लागि प्रथम राजदुत मधुबन पौडेललाई भब्य स्वागत, दर्जनौ संघ सस्था कुबेत एअरपोर्टमा । त्यो समाचार कुबेतबाटै प्रकाशित हुने एक नेपाली अनलाईनमा रहेछ । अझ धेरै प्रचारका लागि नेपालप्लसमा पठाइयो । कुवेतकालागि नेपाली राजदूत नियुक्त भएछन् । उता अमेरिकाबाटपनि त्यहिँको एक नेपाली अनलाईनले खबर पठायो- नेपाली राजदूत डा शंकर शर्माको स्वागत कार्यक्रम ।
धेरै नेपालीलाई स्वागतमा लैजान होला, आधा दर्जन भन्दा बढिको नाम र सम्पर्क ठेगाना दिईएको थियो स्वगतमा आउनलाई सम्पर्क गर्नकोलागि। अमेरिकाबाट त्यो आग्रह मेरै मेल बक्समा चार पटक भन्दा बढि आयो । कुवेतकालागि राजदूत भएर गएका ब्यक्तिलाई विमानस्थलमै विभिन्न संघ संस्थाको तुल र पोष्टर बोकेर सयौं नेपाली लिन पुगेछन् । अमेरिकामा राजदूत पुग्न पाएको छैन त्यत्रो कार्यक्रम आयोजना गर्नुपर्ने ? बिदेशमा बस्ने नेपालीले किन यति धेरै चाकरी गर्छन् हँ एउटा राजदूतको ?
हुन त यो कुनै नराम्रो खबर होइन नै । अप्रिय घटनापनि होइन । तर के यो सामान्य कुरो हो ? आफ्नो देशको राजदूत आउनु पक्कै खुशिकै कुरो हो । तर के राजदूतलाई लिन संघसंस्थाको ब्यानर बोकेर बिमानस्थलमै पुग्नु जरुरी छ ? नेपाल सरकारले राजदूतलाई दुतावाससम्म जाने गाडी भाडा दिँदैन ? नेपालीका प्राथमिकता अरु छैनन् ? कुवेतका समस्या के के छन् नेपालीले भोगेका ? कहाँ के कति नेपाली कुन अवस्थामा छन् ? तिनका समस्याहरुलाई के कसरि पहिचान गर्न सकिन्छ ? नेपालीको हित, देशको हितका लागि राजदूतलाई बरु के कसरि सहयोग गर्न सकिन्छ ? अमेरिका जस्तो मुलुकबाट नेपालले के कति फाइदा लिन सक्छ, सिक्न सक्छ ? राजदूत कुन मानसिकता लिएर आएका छन् ? कस्तो कार्यक्षमता भएका राजदूत हुन् ? उनी समग्रमा देशको हित, नेपाल र नेपालीको हितका लागि काम गर्छन् कि गर्दैनन् ? के त्यसैका आधारमा होइन उनको प्रशंसा वा बिरोध गर्ने ?
काम गर्ने मानसिकता, उत्साह, आँट र तत्परता लिएर आएको ब्यक्तिलाईपनि चाकरी र चाप्लुसीमा गाँज्ने काम हो यो । जो विमानस्थल पुग्यो उसले निकटको संबन्ध राख्न खोज्यो । जो निम्छरो छ, एक्लो छ, फूर्सद मिलाउन सक्दैन उ त्यो चाकरी र चप्लुसी, राजदूतको निकटता र परिधीबाट टाढियो । के बिदेशमा बस्ने नेपालीले गर्ने यहि हो ? कुवेतमा कति नेपाली चेली कुटिन्छन्, पिटिन्छन्, थुनिन्छन् र छेकिन्छन् । कति यूवाहरुको बेहाल हुन्छ । अनि खोइ त राजदूतको स्वागतकालागि विमानस्थलनै पुग्ने संस्था ति नेपालीको उद्दारका लागि पुगेको ?
अनि अमेरिकामा ? किन त्यत्रो स्वागत डा शंकर शर्मालाई ? डा शंकर शर्मा योजना आयोगमा थिए । के उनले योजना आयोगमा हुँदा त्यत्रो कुनै प्रशंसनिय काम गरे ? हुनत उनलाई मात्रै दोष दिनु उपयुक्त होइन नै सरकारनै लाछी भएपछि । तरपनि उनले आफ्नो तर्फबाट के उदाहरणिय काम गरे ? नेपाल भ्रमण वर्ष १९९८ सफल पार्ने समीतिमा थिए । तर त्यो वर्ष विमानस्थल र सडकमार्ग दुबैबाट आएका, पशुपती नुहाउन आएका तिर्थालुसमेतलाई पर्यटकका रुपमा गन्ती गर्दापनि लक्ष्य अनुसार पाँच लाख पर्यटक पुगेन । नेपाल भ्रमण वर्ष सफल भएन । बरु उनी सधैं सत्तामा हुँदा चाकरी गरेकाले अहिले अमेरिकाको राजदूत पाएका हुन् ।
हुनत ति दुबै राजदूतसित मेरो ब्यक्तिगत चिनजान चैन, नत कहिल्यै ब्यक्तिगत बैरभाव नै भएको छ । तरपनि डा शंकर शर्माको के पहिचान छ कूटनितिज्ञका रुपमा ? न त उनी परराष्ट्र मन्त्रालयका कर्मचारी नै हुन् जो कूटनीतिमा पारंगत छन्, नत उनले यस अघि कहिल्यै कूटनिति संबन्धि कुनै स्मरण गर्न लायक कामनै गरेका छन् । अनि अमेरिका वा कुनैपनि मुलूक पुग्न नपाउँदै त्यति बिघ्न स्वागत, चाकरी र भिडतन्त्रमा किन राख्ने नेपाली कूटनितिज्ञलाई ?
बैज्ञानिक, शैक्षिक, सांस्क्रितिक, प्राविधिक क्षेत्रमा हाम्रो भन्दा ज्यादै उच्च कोटीमा पर्छन् ति मुलुक । ति मुलुकको बैज्ञानिक र प्राविधिक विकास, सांस्क्रितिक संरचना, प्राविधिक चमत्कारबाट नेपालले धेरै ज्ञान हासिल गर्न सक्छ । ति क्षेत्रहरुको ज्ञान लिएर नेपालमा थोरैमात्रै सिकाउन सकेपनि धेरै उपयोगी हुन्छ । त्यहाँको एउटा प्रबिधी मात्रै भित्र्याएर एउटा सानो उद्योग नेपालमा खडा गर्न सके हजारौंले काम पाउँछन् । त्यहाँ उच्च शिक्षा लिनकालागि दुई चार जना नेपालीले मौका पाएपनि तिनको ज्ञान र सिपलाई भोली नेपालका गाउँ गाउँमा लगेर प्रयोग गर्न सकिन्छ । सांस्क्रितिक धरोहरहरुको संरक्षण र संबर्धन कसरि गर्न सकिन्छ भन्ने ज्ञान लिए हाम्रा सांस्क्रितिक धरोहरहरुको संरक्षणमा सहयोगि हुन सक्छ । नेपालका के कस्ता वस्तुहरुलाई त्यहाँ फैलाउन सकिन्छ, ब्यापारीक फाईदा लिन सकिन्छ ? हाम्रो पर्यटन व्यवसायका संभावनाहरुलाई त्यहाँ अलिकति भएपनि प्रचारप्रसार गर्न सके कति उपयोगि हुन्छ ? के नेपालीको ध्यान यस्ता कुरामा जानुपर्ने होइन ?
किन वर्षौं त्यस्ता मुलुकमा बसेर यस्ता सबै संभावना र चुनौती बुझेका नेपालीले हाम्रा कूटनितिज्ञहरुलाई यस्ता सकारात्मक कामकालागि घच्घच्याउँदैनन् ? ‘लौन नेपालका लागि केहि गरौं’ भन्दै संघ संस्थाका ब्यानर बोकेर र जुलुस निस्किँदै दूतावास पुग्दैनन् किन ? किन यस्ता सकारात्मक काम गर्न दूतावासको सहयोगि बन्दैनन् नेपाली ? दूतावासलाई नेपाल र नेपालीको हितमा काम गर्नैपर्ने बाध्य पार्न किन सक्दैनन् नेपालीले ?
हाम्रो देश अहिले संक्रमणकालिन अवस्थामा छ । दूतावास एक्लैले चाहेरपनि धेरै गर्नसक्ने अवस्था आर्थिक, राजनितिक र नीतिगत कारणलेपनि मुस्किल छ । बिदेशका नेपाली जागरुक, लगनशिल र मनकारी भैदिने हो भने यहि अवस्थामापनि निक्कै हुन सक्छ । तर बिदेशमा बस्ने नेपालीको तन र मन त्यता देखिंदैन । बरु विमानस्थलसम्मै चाकरीमा पुग्ने । आउन पाएको छैन स्वागत र भेटघाट । मलम लगाउने, अल्झाउने । सानातिना काममा अड्काउने । ब्यक्तिगत चिनजान गरेर फोटो खिच्दै दंग पर्ने । त्यहि चिनजानका आधारमा पछि नाता प्रमाणित, पासपोर्ट बनाउनेदेखि अनेक काममा ‘म फलानो’ भन्दै नहुने अवस्थामापनि बिन्ति भाउ टक्र्याउने ।
(पहिलो तस्बिर-स्वागत गर्न पुगेका नेपाली विमानस्थलमा राजदूतसँग तस्बिर खिचाउँदै । दोस्रो, राजदूत दम्पतीलाई स्वागतकालागि विमानस्थलमा फूलका गुच्छा बोक्नेको भिड । दुबै तस्बिर नेपालकुवेत डट कमबाट लिईएका हुन्) ।


HAAHAAAA YAKDAM THIK KURU ….RAJDUTKO NAJIK HUNA NEPALI HARU YAK AAPASMAI LAD DAICHAN KUWAIT MA……NEPALI HARU,,,,,
[Reply]
सामन्ती दास मनोब्रित्ती हामी नेपालीहरुको प्रमुख समस्या हो । अमेरिका युरोपमा बस्ने नेपालीहरुमा त यो मनोब्रित्ती यस्तो व्याप्त छ भने दुई छाक हातमुख जोर्न र दुई बित्ता आङलाज ढाक्न पनि धौधौमा परिरहेका नेपालवासी नेपालीहरुमा कसरि जरा गाडेर बसेको होला ? अनुमान गर्न पनि गाहारो छ । नयाँ नेपाल निर्माणको प्रमुख शत्रु यही दास मनोब्रित्ती हो ।
[Reply]
thapa rajbarsingha / canada Reply:
January 18th, 2010 at 12:07 pm
tehi ta sir swagat bhanda badhi chakari bhayara ta barbad bho ni,,,,,kuwat ko news site padhnus hai ,,,,tesari abegma naunus na hau,,, hajur pani,,,nothing wrong with article its 100 % fare writing…..bitter truth,,,,yani tito satya,,
[Reply]
ho, sacchai hami afno kamlai kina prathamikata didainau . swagat garnu parchha kinaki uniharu hamra hitka lagi aaunchhan tara chakari chahin garnu hunna hai nepaliharu.
[Reply]
Dear editor if u want to more info plz logon http://www.nepalkuwait.com
[Reply]
nepalplus.com Reply:
January 19th, 2010 at 4:35 pm
Sujanji, thaks, nepalplus have been reading your site, keep it up
http://www.nepalplus.com
[Reply]
dear editor plz send me this aritcle i m editor of nepalkuwait.com i would like to published this article in http://www.nepalkuwait.com
[Reply]
timro france ma chakari garne ko ta kurai lekhenau ni. timra desma gardanan ?
[Reply]
राजदूत हुन् वा मन्त्रि ति सबै मेरा नोकर हुन्
[Reply]