समय
-प्रशान्त उप्रेती / पेरिस, फ्रान्स
बियोगले मेरो छाती चिरिँदा
तिमीलाई विश्व बिजयको स्वर्गिय आनन्द मिलोस्
बिछोडको त्यों उपहार मैले पाउँदा
तिमीलाई शताब्दी पछिको मिलनको आभास होस्
ती काला रातहरुमा काल कुर्दै म निदाउँदा
तिमी स्वप्निल अनी सुन्दर सपनामा रमाउनु
म मेरो जीबन अन्त्यको प्रार्थना भगवानसँग गर्दा
तिमी लाई मेरा बाँकी उमेर ईश्वरले तिमीलाई जोड़ी दिउन्
सारा संसारले मलाई घ्रिणाको दृष्टिले हेर्दा
सारा जगतले तिम्रो प्रशंसा अनी जयजयकार गरुन
मलाई एकोहोरो पागल को संज्ञा जगतले दिँदा
तिमी संसार हाँक्ने आँट लिएर अघि बढ्नु
म असफल जीबन यात्री बने पनी
तिमी आफ्नो सफल अनी सुन्दर भविष्य निर्माणमा लागिरहनु
म म्रित्युसय्यामा चिच्याउँदा
तिमी मधुर संगीतमा रमाउनु
म चितामा जलेर खरानी हुँदा
तिमी जनम जनम नटुट्ने नाता जोड्नु
तिमी जनम जनम नटुट्ने नाता जोड्नु



समय:
समय अविरल छ;
गतिशील छ,
समय एउटा संघर्स हो,
एउटा आकर्षण हो,
समय सुख हो,
अनि दुख पनि ,
समय चैत बैशाख को हुरी हो,
शिशिरको तुषारापात,
अनि बसन्त को रमाइलो पनि,
समय अमुल्य छ,
समय आज उनि संग होला,
जसरी यो गोल चक्र गतिशील छ,
तेसैगरी समय
भोलि अबस्य पनि तिम्लाई खोज्नेछ !!!!
मन परो वा परेन:
0
0
[Reply]
uprety prasanta Reply:
January 19th, 2010 at 12:20 am
merci bqp !!! je pense la meme chose!!
मन परो वा परेन:
0
0
[Reply]
prasanta ji
kabita ramro6
मन परो वा परेन:
0
0
[Reply]
uprety prasanta Reply:
January 19th, 2010 at 9:25 pm
thank you sabin ji.
mero lekhne kram jari rahene cha.
naya barshako dhilai bhaya pani subhakamana.
मन परो वा परेन:
0
0
[Reply]
kabita le man 6oyo ,, bhitra bhitra kina kina royo yo man ,, bedana gahiro raheko abhas lagyo ,, yestai ho pida ,, prayas jari rakhnu hola agami din haru pani padna paune asha ma 6u
मन परो वा परेन:
0
0
[Reply]