एमाले-माओवादी सहमतिले पाउला त देशले निकास ?
यहि हुन्छ भन्ने अवस्था त छैन । तर एमाले र माओवादीबिच सरकार सञ्चालनमा शक्ति बाँडफाँड गरेर जाने अवस्था देखिएको छ । यि दुई दल मिले भने बहुमत पनि पुग्छ सरकार चलाउन। गत निर्वाचन भन्दा अगाडिदेखिनै आम जनताको चाहनापनि वाम दलहरु मिलुन भन्ने थियो। त्यसका लागि केहि वाम नेताहरुले भरिसक्के कोसिस नगरेका पनि होइनन। तर पार्टीगत स्वार्थ, कुर्सि स्वार्थ देखि बिदेशी स्वार्थ के के मिसिएर हो त्यो हुन सकेन । तैपनि छुट्टा छुट्टै रुपमा उठदापनि नेपालमा वाम शक्तिकै वर्चस्व रुचाएको देखियो जनताले । त्यसैले वाम दल मिले भने जनताको त्यो चाहनाको त पक्कै कदर हुन्छ नै। तर अहिलेको जटिल र सक्रमणकालिन अवस्थामा के त्यस्तो गठबन्धन देशका लागि हितकर होला ?
साँच्चिकै एमाले र माओवादी मिलेर सरकार हाकिरहन सक्लान ठुलो ब्यवधान बिना ? अर्थात सधैं कुकुर र बिराला जस्ता यि दलले एक अर्कामा सहमति कायम गरिरहन कत्तिको संभव होला ? वाम दलहरु बिचमै कति समयसम्म त्यो सहमति टिक्ला भन्ने प्रश्न त आफ्नै ठाउँमा छ । तर तेस्रो ठुलो दल नेपाली कांग्रेस सरकार बाहिर रह्यो भने उसको भुमिका कस्तो होला ? २०४६ सालपछि अधिकांश समय सत्तामा बसेको यो पार्टीका नेताहरु सरकार बाहिर बस्नै सक्दैनन । उनीहरु प्रतिपक्षमा के नारा लिएर, कुन भुमिकामा बस्लान ? नेपाली कांग्रेसले जनता माझ कस्तो रणनिति, कार्यक्रम र योजना लिएर जाला ?
किनभने शान्ति वार्तालाई सकारात्मक बाटोमा हिडाउने बाहेक जनतामाझ खुला ह्रिदयले जान सक्ने आधार र नैतिकता नेपाली कांग्रेसको पटक पटकको राज्य सञ्चालनको असफलताले देखाइसकेको छ । डेढ दशक भन्दा लामो समयको बेथिति, बिसंगति र देशको अधोगतिको जिम्मेवारको हो भनेर जनतामा जाने ? माओवादीले अशान्ति मच्चाएर हो भन्दै उनीहरुमथि मात्रै दोष खन्याएर पन्छिन सक्ने अवस्था जनताले उनीहरुलाईनै प्रमुख दल बनाएर रुचाइदिएकाले पनि छैन।
यस्तो अवस्थाको नेपाली कांग्रेस कसरि प्रतिपक्षमा बस्ला ? के नेपालमा आफ्नो स्वार्थ सिद्द गर्न खोज्ने भारत, अमेरिका र बेलायत जस्ता देशहरुले फेरि नेपाली कांग्रेसलाई कुनै न रुपमा उचालेर सरकार सन्चालनमा अस्थिरता बढाउने कोसिस नगर्लान ? अथवा सत्ता बाहिरको नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरम मार्फत त्यो संभव होला कि नहोला ? एमाले र माओवादीको सत्ता समिकरणले कतै फेरि भरखरै स्थपित हुन लागेको शान्तिको मार्गलाईनै हलचल गराउने हो कि ? सत्ता बाहिरका यस्ता शक्ति र जरा काटिनै लागेको राजतन्त्रसँग कतै न कतै स्वार्थ मिलेर फेरि अस्थिरता कायम हुने हो कि ? के होला अहिलेको सबैभन्दा उत्तम उपाय ? तपाइलेपनि राखिहाल्ने हो कि त आफ्नो बिचार ?


Maanchhelai Sankai-Sankale Lanka Puryauchha Bhane Tyo Saahas Kasle Garne But Aba Nepalma Leftist Ganatantrabadi Ra Rightist Ganatantrabadi Dui Dhaar Pakkai Hunchha, Aru Bhaepani Kewal Party Office Kholera Basne Ho. Tara Sambidhan Nabaunjel Tyasari Janu Hunna. Kina Bhane Tatkalai Sabai Leftist Ek Hunai Sakdaina. Tiniharu Ta Janta Jhukkyune Communist Hun. Sachcha Communist Nepalma Kahile Aaula Ra ? Natra Bhane Ahileko Janamat Leftist Kai Bhadi Chhan Bhanera Ta Dekhaisakyo Chunabma. Khai Ta ?
Tara Euta Gajjabko Kuro Ta 240-240 Barsa Parkhana Sakne Jantalai Aba Bhane Turuntai Sabai Kura Chahiyo Re !!!!!!!!! Tyo KK Hun Ta ? Tyo JJ Aawasyak Bhayepani SIMIT Samayako Samma Aajhai DHAIRYA Bhayera Parkhanu Parchha. Naya Sarkarko Bajet Pardarshita Kattiko Hunchha, Bhrashtachaar Nirmul Garna Kattiko Sakchham, Karmachari-Tantra Natabad-Kripabad,Chhetriyataa-Bad Jatiya-Bad KK Hunchha Sabai Hernu Parchha,
Tara Tyas Bela Samma Abako Naya Sarkaarama Janeharule Aafno-Lagi Kamaai-Pura Gari Sakeko Hunchha Ani Hamiharu Ta Twan-Twan Hera-Herai Ni Hoina Ta ?
मन परो वा परेन:
0
0
[Reply]
Jun party garu milera sarkar banae pani des ko bikas hunu paryo,sabai samyantra ma niyamharu gatilo parinu paryo ra netaharu ra karyakari harule bakamphuse gaf 6atna 6odnuparyo,aankha chimlera des ko sampurna 6etra ko bikas ma hat hali halnu paryo!
Nepal ko netaharu ko niji swarth ma matra aljheko rajniti dekhda,sarai jangali lag6an netaharu!
Padhne umer ta gayo,kam garna pathai diu na netaharulai bides!bides ma paine pratak6 handar ra bides ko bikas dekhera tinka ghaita ma gham lagthyo ki….?kaso?
मन परो वा परेन:
0
0
[Reply]