२५ वर्षमा सबै हिमनदी पग्लिएर सकिने ?
(दुबै फोटो नेपालको इम्जा हिमनदीको हो । माथिल्लो सन् १९५० मा र तल्लो सन् २००७ मा खिचिएको हो । यो हिमनदी वार्षिक ७४ मिटरका दरले पग्लिरहेको छ । तस्बिर-द गार्डियनबाट लिईएको हो) ।
हाम्रा हिमालसंबन्धि नयाँ नयाँ डरलाग्दा तथ्य सार्वजनिक हुँदै छन् । कहिलेकाहिँ त यति रिस उठ्छ कि बिदेशीहरु कहाँ हो कहाँ बसेर मोज गर्छन् । अनेक ग्याँस निकाल्छन् । अनि हाम्रा सुन्दर हिमाल पगाल्छन् उतै बसिबसि । मोज उनीहरुले गर्ने, दुख हामीलाई । हाम्रा नेता चाहिँ विश्वको सबै भन्दा अग्लो ठाउँमा गएर सम्मेलन गर्छन् ‘लौ न हिमाल बचाउ’ भन्दै । तर त्यसको बचाउको लागि न त आफुले केहि काम गर्छन् । न त्यसको परिणाम निम्त्याउनेसित प्रदुषण गरेबापत जरिमाना तिर्नुपर्छ भनेर कुनै चासो राख्छन् । अहिले बेलायतबाट निस्क्ने द गार्डियन दैनिक पत्रीकाले त्यस्तै डरलाग्दो एउटा तथ्य सार्वजनिक गरेको छ हाम्रा हिमाल बारे । अहिलेकै गती रहने हो भने हाम्रा हिमनदीहरु सन् २०३५ सम्ममा पुरै सकिने छन् पग्लिएर ।
(यो चाहिँ खुम्बु हिमनदी हो । विश्वकै लामा हिमनदी मध्ये एक । तस्बिर- सुबेल भण्डारी, एएफपी) ।
गार्डियनका अनुसार अहिले हाम्रा हिमनदीहरु वार्षिक ७४ मिटरका दरले पग्लिरहेका छन् ।त्यो तथ्य सन् १९९९ मा केहि बैज्ञानिकले गरेको अध्ययनबाट निकालिएको रहेछ । हाम्रा हिमालय पर्वतबाट निस्कने हिमनदीहरु विश्वका कुनैपनि ठाउँबाट निस्कने अन्य भन्दा द्रुत गतीमा पग्लिरहेका रहेछन् । यदि अहिलेकै अवस्थामा प्रिथ्वीको तापक्रम ब्रिद्दि भैरहे सन् २०३५ भन्दापनि छितो धेरै मानिसको जिवनको आधार समाप्त हुनेछ भन्ने संयुक्त राष्ट्र संघिय वातावरणिय ईकाईकोपनि निष्कर्ष रहेछ । यस रिपोर्टबारे केहि विवादपनि देखिएका छन् । त्यसको लागि यहाँ क्लिक गरेर हेर्नुस।
-यसैसित संबन्धित तलको रिपोर्टपनि हेर्न नभुल्नुहोला -


![COP15-3C-Khumbu-Glacier-a-003[1]](http://www.nepalplus.com/wp-content/COP15-3C-Khumbu-Glacier-a-0031.jpg)
