यति लामो चुपी देखाएर परें म अपहरणमा
-पुष्कर शाह
एक चोटि म मेक्सिकोमा थिएँ। अमेरिकाबाट प्रवेश गरेको थिएँ त्यतातिर । मेक्सिकोमा के रहेछ कुन्नी ! मानिसहरुले मलाई त्यहाँ जाने भन्यो कि डर देखाउँथे-नजाउ है नजाउ मेक्सिको त भन्दै । खासगरि नेपालीहरुले त्यसो भन्थे । म चाहिँ के सोच्थें भने कम्सेकम जहाँपनि सयमा सय प्रतिशतनै मान्छेहरु त बदमास हुँदैनन । असलपनि त हुन्छन कोही । हुँदा हुँदा त मेक्सिकन मानिसहरुले पनि तिमि मेक्सिको जाँदैरहेछौ लौ है सतर्क हुनु भन्थे ।
म त यात्रामा निस्केको मान्छे । मानिसहरुले भनेकै भरमा पत्याएर, कुनै पनि कुराको डर र त्रासले त यात्रा हुँदै हुँदैन । होइन, म त विश्व यात्रामा हिँडेको मान्छे । मेक्सिको जानुनै छ जान्छु । यहि नजिकै आएको मानिस म किन मेक्सिको छोडौं भन्दै म मेक्सिको प्रवेश गरे । मेक्सिको पसेकै दिन म अपहरणमा परे। गर्मि मौसम थियो। अगष्टको महिना न हो । थकाइ छँदै थियो। गर्मीले भुतुक्क पारेको थियो । सिँयालमा बसौं, आराम गरौं, केहि बेर भएपनि थकाई बिसाउँ भनेर म एउटा रुखको सिँयालमुनी बसिरहेको थिएँ ।
कतैबाट एउटा ट्रक बत्तिंदै आइपुग्यो। मलाई देखेपछि गती कम हुँदै गयो ट्रकको । बिस्तारै बिस्तारै मेरै छेउमा आयो । साईकल नजिकै आएर ट्रक रोकियो । ट्रकबाट दुइ जना ब्यक्ति ओर्लिए । यस्तो जब्बर देखिने कि ! एकदम खाईलाग्दो शरिरको । ति दुइ जनाले त मरेको सिंगो भैंसीनै घिसारेर लैजालान जस्तो ।
मेरो साइकल पनि त्यस्तै छ । सामान्य जस्तो देखिंदैन । झण्डा सण्डा, स्टिकर बिभिन्न देशको, पोका र पन्तरा यता र उति झुण्ड्याएको । त्यस्तो देख्दा मानिसलाई ए ! यो के रैछ भनेर कौतुहलता हुने नै भो । उनीहरु नजिकै त आए । अंग्रेजी नबोल्ने रहेछन । मैले झन त्यहाँको स्थानिय भाषा जान्ने कुरा भएन । मेक्सिकोमा स्पेनियाली भाषा बोल्ने र बुझ्छन पनि । मलाई केहि शब्द आउँथ्यो स्पेनियाली । राम्ररी बोल्न जान्ने होइन । अनि मैले आफुलाई जति शब्द आउँथ्यो त्यो सबै एकैचोटी भन्दिए । मलाई आउनेजति सबै जम्मै एकैचोटी । अनि दुइ जना मध्ये एउटा चाहिँ ट्रक भित्र छिर्यो । उसले पानी खान बोलायो । तिर्खा लागिरहेको बेला । के खोज्छस काना आँखो । आफुसित पानीपनि सकिएको थियो ।
मलाई अझै दुइ घण्टा हिंड्नुपर्ने थियो । २५ किलो मिटरजति टाढ थियो म बस्ने ठाउँ पुग्नलाई । भरखर साँढे छ बज्दै थियो । हतारो खासै थिएन । नौ साढे नौ बजेसम्म घाम अस्ताउँदैनथ्यो । सुन्तला दियो एउटा र खाएँ। त्यसपछि मैले स्पेनियाली भाषामा “मुचोस ग्रासियस आमिगो” अर्थात “धेरै धेरै धन्यावाद मित्र” भनें। ट्रकबाट निकन लागेको त तुरुन्तै स्वाट्टै छुरी निकालेर घाँटीमा तेर्स्याएर “हलचल नगरि खुरुक्क यहाँ बस” भनिहाल्यो । अपहरण भयो मेरो अब भन्ने भैगो मलाई । अनि म चुपचाप बसेँ। ढाडमा लात्ती राख्यो। घाँटीमा छुरी तेर्स्यायो। अर्को मान्छे जो बाहिर बसिराखेको थियो उसले चाहि मेरो साइकल ट्रकमा हाल्यो । म चुपचाप बसिराखेको थिएँ । साइकल चलाएको आवाज सुने पछि मलाई लाग्यो साइकलपनि छोडेन ल्यायो भनेर । अनि ट्रक हिँडायो ।
निकै लामो समय सम्म ट्रक दौडाएपछि उठेर “आमिगो आमिगो उठ” भन्यो। उठेर म सिटमा बसें । यसो हेरेको त साँढे नौ भएछ । साढे छ बजे अपहरण गरेको साढे नौ भएछ । यसो हेरेको त पुरै अनकन्टार । अँध्यारो न अँध्यारो छ। अनि जंगलै जंगल। मैले अपहरणमा पर्दा त के सोचेको थिएँ भने यसले कतै घरमा लैजान्छ । खानपिन दिइनै हाल्छ । हामीले पढेको, सुनेको, फिल्म हेरेको अनुसार अपहरण गर्ने मान्छेलाई थुनेर पैसा माग्ने त हो । तर उनीहरुले मलाई जंगलमा लगेपछि चाहिँ निकै डर लाग्यो । सातोपुत्लो उड्यो मेरो । जंगल ल्याउनुपर्ने किन ? ब्वाफ रे ! मैले त तुरुन्तै निर्णय गरें कि मलाई मार्नै ल्याएको हो जंगलमा । नत्र त जंगलमा कसैले लाँदै लाँदैन । यसो सोचें-लौ यति टाढाको अनकन्टार जंगलमा आएर मर्न लेखेको रहेछ । मेरा साथीभाई संझिए। घर परिवारको संझना गरे । इष्ट्रमित्र र घर गाउँको चित्र स्म्रितिमा नाच्न थाल्यो । आफ्नो देशका चित्र घुम्न थाले वरिपरि । के गर्ने ? उपाय केहि छैन-के गर्ने के । डरले मुटुको धड्कन यति छिटो हान्न थाल्यो कि ! ढुक ढुक ढुक ढुक गर्छ बेजोडले । के गर्ने के गर्ने ? लौ यसै मरिने नै भो । यसै मर्ने उसै मर्ने, त्यत्तिकै त किन मर्ने ? मैले तुरुन्तै निर्णय गरें कि अब यिनीहरुसित लडाइँ गर्ने । क्रमश:


राम्रौ लाग्यौ तर यो पुरा कहिल्य हुन्छ
मन परो वा परेन:
0
0
[Reply]
Puskar Shah ko Sarai chakh lagdo lekh padhna paiyo.dhanyabad!
मन परो वा परेन:
0
0
[Reply]
पुषकर दाई तेस पछी के भयो नी ? आफु लाई क्या खुल दुली भै’राछ तपाईं त कस्तो कथा अड्कायर राख्ने बाइ ! रीस उठ्दो मान्छे
मन परो वा परेन:
0
0
[Reply]
अनि त्यस पछि के भयो? जान्नलाई उत्सुक छौँ।
PLEASE छिटै प्रसारण गर्नुस।
मन परो वा परेन:
0
0
[Reply]
tyespachhi andhyaro am tini haru arko aptti lagera k ho kane khusi gardai thiye
ma yehi ho mauka bhanera rukh ko aad liyera kude
मन परो वा परेन:
0
0
[Reply]
Haina Pushkar jimdai chhan ki mare ta?
मन परो वा परेन:
0
0
[Reply]
Thanku very much.
ramro lageo marmike satye ghatana rahechha pura padhna pratichha ma chhu.
मन परो वा परेन:
0
0
[Reply]
Ma kehi anka dekhi puskar daiko yatra sansmaran padhdai airaheko chu ra yattiko intrested memory of jurney pualished garekoma thanx NEPAL PLUS. I like this “Hijack in Mexico my self” its very intresting.
मन परो वा परेन:
0
0
[Reply]
सकिहाल्योनी कहानी हाम्रो पुस्कर सरको ।
एउटालाई धकेलेर अर्को लाई किक हान्छु भनेको त चौतारा बाट भ्वाक खसिगो ।
अनी त के, त्याहि नै झमक्कै साँझ परी सकेछ।
थाकेको बेला एसो रुखमा अडेश मात्र के लागेको थियो भुसुक्कै नीदाउनु भएछ ।
सपना देखेको बिपना होइन रहेछ भने पछी साइकल लिएर ताप कस्नु भएछ
कतै अघिको सपना बिपनानै भाईहाल्यो भने भन्ने त्रासले।।
यही हो पुस्कर सरको काहानी।।
मन परो वा परेन:
0
0
[Reply]
meskikin haru saree khabar hunchhan ma pani yaha meskikan sag hotalma thulo jhagada pareko thiyo pachhi arjentinako sathile bachhaunu vayo hosiyar puskar dai
मन परो वा परेन:
0
0
[Reply]
Yo manchhe bado bahadur rahechha. Tetra Mexican lai pani dhyaammm dine. Baaf re baaf. Baru Pushkar Shah lai po Nepal ko first president banaunu parla jasto chha.
मन परो वा परेन:
0
0
[Reply]
puskar dai, tespachi k bho ? janna ekdum aaatur chu. arko part kahile aauncha ??
मन परो वा परेन:
0
0
[Reply]
Oh.
Thank you Dai
मन परो वा परेन:
0
0
[Reply]
congratuletion,
मन परो वा परेन:
0
0
[Reply]
May god bless you.
मन परो वा परेन:
0
0
[Reply]
Namaskar Puskar dai, tapain jasto sahasi purus ko hami haru le samman garnai par6. Tapainko script haru padhana dherai intresting 6 hamro lagi but ofcourse it was a big risk 4u. tapainle vogeka dukha ani sukha haru lai hami sanga nepalplus ko Madhya bat share gardai garnu hola.
Keep in touch by ur script.
मन परो वा परेन:
0
0
[Reply]