अनिष्ठको संकेत पाएर कोइराला सक्रिय
देशबाट राजतन्त्र गयो । गणतन्त्र आयो । उनैको सक्रियतामा देशमा १० वर्षदेखि चलेको जनयुद्द रोकियो । बिदोहीहरु शान्तिपूर्ण ब्यवस्थामा आए । आफ्नो पार्टी सरकारमा छ । आफ्नी छोरी महत्वपूर्ण पदमा छिन् । दर्जन भन्दा बढि दलको संयुक्त सरकार छ । गिरिजाप्रसाद कोइराला ढुक्कले बस्नुपर्ने हो । तर रोग र उमेरले गाँज्दै ल्याउँदा उनमा झन बढि हुटहुटी देखिन्छ । चिकित्सकहरुले आराम गर्ने सल्लाह दिँदा दिँदैपनि कोइराला यतिखेर झन बढि सक्रिय भएका छन् । किन त ?
खासगरि सेना प्रमुख कटुवाललाई बर्खास्त गर्ने माओवादी नेत्रित्वको सरकारको निर्णयपछि देशको राजनितिक अवस्था बढि खेस्किँदै गएको हो । यहि घटनापछि दलहरुबिच दूरी बढिरहेको छ । हुँदा हुँदा देशकै रक्षामन्त्रीले प्रधानमन्त्रीको निर्देशनलाई नमान्ने र नटेर्ने अवस्था छ । सेनाले सर्बोच्च अदालतको आदेश मान्न छोडेको छ । रक्षामन्त्री बिदेशीका कुरा सुन्छिन् तर आफ्नै प्रधानमन्त्रीको आदेश मान्दिनन् । बिभिन्न दलका नेताले पटकपटक भारतको भ्रमण गरेपछि शान्ति सम्झौता, सेना समायोजन, संबिधान निर्माण प्रक्रिया सबै ओझेल पर्दैगएको छ ।
स्रोतहरुका अनुसार भारतले बिद्रोहीहरुलाई शान्तिवार्तामा ल्याउन चाहेको थिएन । तर कोइरालाले भारतीय स्वार्थलाई नाघेर १४ बुँदे सहमती गर्न भूमिका खेले । जनसेना संयोजन र नेपालमा संयुक्त राष्ट्र संघलाई भित्रिन नदिने पक्षमा थियो भारत । तर कोइरालाले त्योपनि टेरेनन् । मूलत: त्यहि बेलादेखि भारत कोइरालादेखि टेढिएको थियो । अनि भारतले कोइराला बिरुद्द नेपाली कांग्रेस पार्टीकै केहि नेताहरुलाई प्रयोग गर्न थालेको हो । स्रोतहरुका अनुसार नेपाली कांग्रेसमा फाटो ल्याएर शान्ति वार्ता भंग गर्ने, एमालेमा फूट ल्याएर जनसेना समायोजन हुन नदिने र संबिधान बन्न नदिने षडयन्त्रमा लागेको हो । अहिले कांग्रेसका शेरबहादुर देउवा, उनैका विश्वासपात्र रामचन्द्र पौडेल र खुमबहादुर खड्कासमेत उनैले बनाएको उच्च स्तरिय राजनितिक संयन्त्रको बिरुद्दमा लाग्नु त्यसैको परिणाम हो ।
ब्रिहद शान्ति संझौता बिपरित माओवादी सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न हुँदैन भन्ने भारतीय सेनाध्यक्ष कपुरको आवाज सित हाम्रो रक्षामन्त्रीको आवाज मिल्नु, भारतीय मन्त्रीहरुले लगातार नेपालको भ्रमण गर्नु र बिगतमा झैं कोइरालासित भन्दा शान्ति संझौता बिरोधीसित बढि निकट रहनु, हाम्रा चार जनै सुरक्षा प्रमुखहरु (सेनापती, दुई जना आईजी र एक गुप्तचर प्रमुख) ले भारतको भ्रमण, भारतीय सेनापतीले हाम्रा सुरक्षा केन्द्रको भ्रमण गर्नु, भारतीय राजदूतले हाम्रो मुस्ताङ जस्ता सुरक्षाका हिसाबले संबेदनशिल मानिएका टाउँमा निर्वाध घुम्नुलाई कोइरालाले असामान्य रुपमा लिएको बताइन्छ । पारिवारिक भेटघाटमा गएका पूर्व राजालाई भेटेर भारतीय प्रधानमन्त्री र अन्य शक्तिशाली नेताले राजनितिक मन्त्रणा गर्नुलाई कोइरालाले नराम्रो संकेतका रुपमा लिएका छन् ।
भारतले सबै पार्टीका शान्ति सम्झौता बिरोधीहरुलाई प्रयोग गरेर पार्टीमा फूट ल्याउने, नेपाली सेनालाई उत्तेजित पारेर शान्ति संझौता भंग गर्न उचाल्ने र ब्रिहद शान्ति संझौता बिरोधीहरुको गठजोड गराउने पक्षमा भारतिय संस्थापन पक्ष रहेको बताइन्छ । यसरि ब्रिहद शान्ति संझौतालाई भंग गराएर राष्ट्रपतीलाई सक्रिय गराउने, सेनाको अप्रत्यक्ष निर्देशनमा अर्को सरकार गठन गर्ने, शान्ति संझौता भंग भएको घोषणा गर्ने, अन्तरिम संबिधानलाई निस्क्रिय गराउने र बिस्तारै आफ्नो हस्तक्षेप बढाउने दाउमा भारत रहेको संकेत कोइरालाले पाएकैले उनले त्यसलाई रोक्न उच्च स्तरिय राजनितिक संयन्त्रको प्रस्ताब गरेका हुन् ।
दिर्घकालिन शान्ति र नयाँ संबिधान बन्दैनकि भनेर कोइराला निकै चिन्तित रहेको र सबै राजनितिक दलका नेतालाई ल्याएर संयन्त्र बनाउन सके त्यसले बिगतमा झैं भारतीय स्वार्थ र योजनालाई चिर्न सक्छ भन्ने सोच कोइरालामा रहेको बताइन्छ । त्यसैले उनले उच्च राजनितिक संयन्त्र बिरुद्द बोल्दै हिँड्ने देउवा र पौडेलहरुलाई समेत बोलाएर त्यसलाई समर्थन गर्न लगाएका हुन् । भारतको त्यहि अवान्छित स्वार्थ देखेरै कोइरालाले अहिले बिभिन्न देशका कूटनितिज्ञहरुसितको भेटलाईपनि तिब्र पारेका छन् ।
अनावश्यक भारतीय चलखेल र भारतले राजनितिक अनिष्ट गराउने ध्येय राखेकाले कोइरालाले अहिले शान्ति संझौता अनुरुपको काम, नयाँ संबिधान निर्माण र स्थायी शान्ति कायम गर्ने गरि राजनितिक संयन्त्रलाई सक्रिय गराउन कोइराला आगामी केहि समय झन सक्रिय बन्ने बताइन्छ ।


yo smachar ma lekhe anusaar bharat ko chaal ta sahi ho . yadi lekhkle bhane jastai Girija babu ko sochai chha bhane ma uhan ko sochailai bhitri aatma dekhinai samman garchhu. sathai uahanko sigghara sostheya laabha ko pani kamana gardachhu.
मन परो वा परेन:
0
0
[Reply]
कांग्रेस सभापति गिरिजा प्रसाद कोरालाले देशकै लागी खेलेको भुमिका हो भने यस कदमलाई हामिले यसलाई स्वागत गर्नै पर्छ । यदि उहाले आफ्नो व्याक्तिगत स्वार्थको लागी यो कदम चालेर जनमास बिच चर्चित हुन खोज्नु भएको हो भने यो आपत्ति जनक रुपमा लिन सकिन्छ । यदि उहा देशको लागी चिन्तित हुनुहुन्छ भने भर्खरै पारित भयको संघियताको बारेमा उहाको पहल खै त ? संघियताको कुरा चल्दै गर्दा कर्णाली प्रदेशलाई सहि दृष्टिकोणबाट नहेरियको पाइयो के यसमा पनि कोइरालाले केहि सोच्न सक्ने अवस्था आउला ? यदि सोच्नु भएको भए त्यो कुरा प्रकासमा आइदिए हामी कर्णालीवासी आवारी हुने थियौ । अन्यथा त्यस्तो देखिएन भने त्यो कदम कोइरालाको नितान्त व्याक्तिगत तथा छोरी लाई मन्त्रि पदमा टिकाउने उपाय वाहेक अरु केहि पनि होइन् ।
प्रतिकृया पठाउने
सुर्जन रोकाया कालीकोट
भैचन्द्र रोकाया कालीकोट
चन्द्र बि.क. कालीकोट
मन तिरुवा कालीकोट
मन परो वा परेन:
0
0
[Reply]
Surjan Rokaya Reply:
January 22nd, 2010 at 6:27 pm
That is roman language becouse i have many command and talks or issues. Girja Pd koirela is the best polticial leader of Nepali congress party. He can do contract with other party for good condation of Nation.
we want to say about koirela. He is to much selves and catch the chances of bad condition of polticial party.
मन परो वा परेन:
0
0
[Reply]
हजार सय गाईलाई मारेर अन्तमा एउटा गधालाई पोस्दा बढी पुण्य प्राप्त हुँदो रहेछ ।
मन परो वा परेन:
0
0
[Reply]
Yak dam samman garna yogya cha Girija ko yo kadam sabai le sath dinu parcha bhane jasto ho bhane
मन परो वा परेन:
0
0
[Reply]
अहिले को राजनीति गतिरोध अन्त्य का लागि गिरिजा लाई नै प्रधानमन्त्री बनाउनु उपयुक्त हुन्छ , उ नै एउटा सशक्त नेता हुन् जसले देश लाई निकाश दिन सक्छ , भारतीय चलखेल बढ्नु नराम्रो संकेत गर्दछ भविष्य मा अनिष्ठ हुने आशंका छ , विधा भण्डारी ले माओबादी लाई उतेजित पर्न जे पाए तै बोल्नु पनि भारत कै चाल हो न भए भण्डारी को औकात छैन रक्षा मन्त्रालय चलाउने उ एउटा गृहिणी बाहेक केहि काम को छैन, ओली , देउबा , खुमे , सुजाता यिनीहरु भारतीय दलाल हुन् यिनीहरु जसरि हुन्छ संबिधान भाड्ने काम गरि रहेका छन् तेसैले गिरिजा को कदम लाई स्वागत गर्नु पर्छ
मन परो वा परेन:
0
0
[Reply]
Dherai ramro kura Suniyeo well Girija babu do it We are with u India always Traing to captrue Our Nepal But they Cant . They Know about Gorkhali Which not afraid to die
मन परो वा परेन:
0
0
[Reply]
Girija ko kadam ko swagat gare pani tara rakcha mantri le bhaneko kura yak dam sahi cha mawobadi ko sena lai yuakai tau ma samayojana garauna hudaina tyo desh ko lagi kam garni sena hoina mawobadi ko lagi kam garni sena ho
मन परो वा परेन:
0
0
[Reply]
tyo gorkhali haami nai ho not others
मन परो वा परेन:
0
0
[Reply]