एउटा भिन्नै कथा बोकेको काठमाडौं
अघिल्लो रातको चिस्याउने वर्षासँगै तुँवालो लागेको बिहानमा काठमाडौंको सेरोफेरो र देशमा आएको नयाँ परिवर्तनको तस्बिर लिने इच्छा लाग्यो मेरो मनमा । त्यसैले ओछ्यानको न्यानोलाई त्यागेर म बिहानै निस्कें । घरबाट निस्कने बित्तिकै सरर चलेको चिसो हावाले निकै स्फूर्त बनाएझैं लाग्यो । यो चिसोमा तातो चियाको स्वाद लिन पाए !! म वसन्तपुरको एक चिया पसलमा पसें । चिया मागेर मन्दिरतिर आँखा नचाउँदै मैले प्रक्रितिको स्वादपनि चाखें । अनि कुमारी घरको अगाडि बसेर मैले न्युरोडतिर आँखा डुलाएँ ।
त्यहि बेला मेरा आँखा नमस्कार गरेर बसेको मूर्तीमा परे । नेपालीहरुको दिनको शुरुवात यहि नमस्कारबाट शुरु हुने भएकोले मपनि आजको तस्बिरको शुरुवात नमस्कारबाटै किन शुरु नगरौं झै लाग्यो ।
त्यसपछि म बसन्तपुर दरबार तिर लागें। किनभने बसन्तपुर क्षेत्रको मात्रै नभएर यो नेपालकै एक महत्वपूर्ण ऐतिहासिक दरबार । यो दरबारको कलकौशल जति महत्वपूर्ण छ उत्तिकै हुन्छन् यसलाई नजर लगाउनेको भिडपनि । राणाकालिन यसको कला कौशल साँच्चै हेरौं हेरौं लाग्दो छ ।
तिम्रो क्यामराले मेरो तस्बिरपनि खिच्छौ कि ? : कुमारी घर भित्र गएको त एउटा परेवा बाहिरका गतिबिधी नियालेर बस्दै रहेछ । उ संभवत त्यो दिनबारे सोच्दै थियो । अनि उसका प्वाँखका रंगहरु चम्काई चम्काई देखाइरहेझैं लाग्यो ।
बसन्तपुर प्लाजा पुग्दा त एक जना दाईले नेपाली झण्डा सजाएका रहेछन् खुब मजाले । नेपाली झण्डाबारे बहस भैरहेका बेला लाग्यो-उनले “यो झण्डा कति प्रिय छ लौ हेर” भन्दै सबैलाई देखाइरहेका थिए । नेपाली झण्डा प्रतिको मोह र प्रेम दर्शाइरहेका थिए ।
मैले मन्दिर वरिपरी क्यामरा घुमाउँदा एक जना वालक निकै कौतुहलतापूर्वक हेर्दै थिए । उनको हेराईले भनेझैं लाग्यो-तिमी जस्तो हौ, म जस्तोसुकै देखिउँ, मपनि तिमीझैं यहि नगरको बासिन्दा हुँ । फरक होलान तर तिम्रा झैं सपना केहि न केहि त मेरापनि छन् ।
तलेजु मन्दिर हुँदै अगाडि बढेको त मानिसको लस्कर देखियो । उनीहरुको पहिरन र चहल पहलले भनिरहेको थियो कि उनीहरुलाई केहि खाना चाहिएको छ । खानाकै लागि उनीहरु त्यहाँ सल्बलाईरहेका छन् । कसैले बच्चा च्यापेका थिए त कसैले बच्चा डोर्याएका । मैले त्यहाँको चर्तिकला हेर्दा हेर्दै एउटा मारवाडी परिवार आइपुग्यो।
साथमा उनीहरुले झोला भिरेका थिए । उनीहरुले एक जनालाई चामल दिँदा त सारा दौडिएर झुम्मिहाले । त्यसमा वालवालिकापनि प्रशस्तै थिए ।
अलि पर एउटा बच्चा आफ्नो परिवारसँगै बाटोमा मागेर बसेको थियो । बाबुआमा बच्चालाई कसले के देला भनेर बटुवाको निगरानी गरेर बसेका थिए । हरेक बटुवा आफ्नो बच्चाको नजिक आईपुग्दा तिनका आँखाका आशा बन्थे ।
उसको टाउकोमा उनीको टोपी थियो । यसो हेरेको त उसको टोपीमा नमस्ते नेपाल लेखिएको रहेछ । लाग्यो-उसको भविष्य यो मुलुकमा अन्धकार भएपनि, एक पेट खान मागेर बस्नु परेपनि उ नेपाललाई हरेकदिन श्रदा गरिरहेछ, नेपाललाई नमस्ते गरिरहेछ शिरैदेखि । बुझोस नबुझोस्, हरेक दिन आफ्नो देशलाई शिरमा बोकिरहेछ ।
खानाको लागि तानातान, हारालुछ र मागामाग गरेका द्रिष्य अझ धेरै देखिए । त्यसरि चामल सामल लिनेमा बाबाजीपनि थपिएकै थिए ।
भोकले खरिएको एक वालक बिचरो समोसा हो कि रोटी के पाउनासाथ यसरि लुछ्दै थियो ।

दुनियाँ माग्नेमात्रै थिएन, थियो त्यस्तै मेसोमा ब्यापार गर्नेको पनि । कोहि यसरि तात्तातो सेल रोटी त्यहिँ स्वाइँका स्वाइँ पकाएर पैसापनि कमाउँदै थिए ।
अलि पर सानो शिव मन्दिरको हाते पम्पबाट पानी तान्दै रहिछिन् एक महिला । पानीको हाहाकार कति छ भन्ने देखाउँथ्यो त्यसले ।
मै हो शरन महर्जन । आखिर ब्लग त हो नी है ? आफ्नो प्रचारप्रसारकै लागि त हो नी ब्लग । मौका पाएपछि आफ्नो प्रचार गरिहालेछ चाहिँ नभनुहोला है त ? मेरो फोटो चाहिँ नेपालप्लसको आग्रहमा राखिएको हो ।
-शरनको अघिल्लो ब्लगपनि हेर्नुस-

![basantapur[1]](http://www.nepalplus.com/wp-content/basantapur1.jpg)

![IMG_5920[1]](http://www.nepalplus.com/wp-content/IMG_59201.jpg)









![sharan[1]](http://www.nepalplus.com/wp-content/sharan1.jpg)

ramro chha saranji
tara ali challanging photo khichnu parryo
yiniharu ali saamaanya bhayo
मन परो वा परेन:
0
0
[Reply]
nice photos and beautiful sweet writing !!
our leaders will help increase more and more beggers so that it is easy rule.
Thanks Sharanji !!
मन परो वा परेन:
0
0
[Reply]
kati raamro ,photo
kasto mithosita lekheko feri tyo photoharuko artha
photography ra word kasto mileko
मन परो वा परेन:
0
0
[Reply]
ekdam raamro laagyo photoharu
photo bhandaa ajha raamro laagyo wordsharu
good, please come with more in the future
मन परो वा परेन:
0
0
[Reply]
It’s very nice Sharanji!!!
मन परो वा परेन:
0
0
[Reply]
Hi Sharan,
It is good. I know you will get more beautiful photos in the future.
Keep going ahead.
Good Luck.
Thanks.
Regards,
Roshan
मन परो वा परेन:
0
0
[Reply]
Touching photographs… and very nice writing style. Good Luck Sharan dai…
मन परो वा परेन:
0
0
[Reply]
i really like to thanks to all comments… and wish to continue in future as well… mero lekh ma saath diyeko ma Gita ji lai dhanyabad nadierahana sakdina….
very words count for me so plz do give ur views on this foto feature.
regards,
sharan
मन परो वा परेन:
0
0
[Reply]
photo haru samanya bhayepani…tesko sahi tarika le barnan ra sadupayog bhayeko jasto lagyo… hami jasta desh bahira ka lagi yo ta nikai ramailo samagri ho.. basantapur ko wari pari ko khabar herna paunda teti chu ke jasto bhan bhayo… sharan ji ko photography lai nirantrata dina agraha gardachu…ra naya katha bokeko kathmandu ma sanchai naya katha lekhiyos bhanne chanhanchu.
:- shalini
मन परो वा परेन:
0
0
[Reply]
Beautiful concept of photography binded with the beautiful words…. You have shown the true colour of basantapur and people here in kathmandu…….. I felt like I m walking on the path of basantapur n those all thoughts are coming while i passes through……… Well done n keep going………..
मन परो वा परेन:
0
0
[Reply]
sharan Reply:
February 4th, 2010 at 8:22 pm
udesya tehi ho… ra tesma safal bhayeko ma khushi chu…
yesai gari..feri pani hajur haru ko samu aaune kosis garne chu..
मन परो वा परेन:
0
0
[Reply]