स्याबास बिद्रोहमा उत्रिएका प्रहरि जवानहरु !!!
पछिल्लो विवरण-(प्रहरि जवानहरुका मागहरु पुरा भएपछि आज उनीहरु आफ्नो हड्ताल छोडेर ड्युटिमा फर्किएका छन। शसस्त्र प्रहरिका डिएसपि, प्रहरि प्रधान कार्यालयका प्रतिनिधी, बाकेका जिल्ला कार्यालय प्रमुख, पत्रकार, मानव अधिकारबादी लगायतको रोहवरमा बहेको वार्तामा उनीहरुले राखेका २२ सूत्रिय माग पुरा गर्ने आश्वाश दिएपछि आन्दोलन फिर्ता लिएर ड्युटिमा फर्किएका हुन।प्रहरि जवानले लगाएका आरोपहरुको छानबिन गर्न एक समितिपनि गठनगरिएको छ। वार्ता शसस्त्र प्रहरि उपरक्ष राजेन्द्र बहादुर सि को अध्यक्षतामा भएको थियो। माग पुरा नभए एक महिनापछि फेरि आन्दोलनमा उत्रने चेतावनी आन्दोलित प्रहरि जवानहरुले दिएका छन)।
महिला जागे । जनजाति जागेका थिए। उत्पिडित र अछुत भनिने जातिहरु जागेकै थिए । अपाङ्ग र सुकुम्बासीहरु जुर्मुराउन थालेको पनि पहिल्यै हो । तर जाग्न बाँकि थियो नेपालको सुरक्षा क्षेत्रमा हेपिएका, दबिएका र शोसिएका तल्लो तहका सुरक्षाकर्मी । अब बल्ल आँखा खुलेछन तिनका । ढिलै भएपनि उनले महसुस गरेछन आफुमाथि भएको अत्याचार र उठे ति । उनीहरु बाँके जिल्लाको वागेश्वरी गणका प्रहरि गणबाट उठेका छन । (घटनाको प्रिष्ठभूमी यहाँ गएर पढ्नुहोस) उनीहरुले त्यस्तो भयंकर ठुलो माग पनि केहि राखेका छैनन। हामीलाई राम्रो ब्यवहार गर, दुर्ब्यवहार नगर । अनि कम्तिमा राम्रो खान्किले पेट भर्न देउ ।
नेपाल प्रहरि होस कि शसष्त्र, वा नेपाली सेना । सुरक्षा क्षेत्रभित्र बर्षौं वर्षदेखि पक्षपात, अत्याचार, भ्रष्टाचार, अन्याय हुँदै आएको हो । माथिल्ला तहकाले पदको दुरुपयोग गरेर तल्ला तहका प्रहरि र सेनामाथि अत्याचार गर्दै आएका हुन । सरकारले दिएको सुबिधा र अन्य सहुलियत त परि जाओस राशनपनि कमसल दिएर र तिनका पेट काटेर भ्रष्टाचार गर्ने गरेका हुन । दिन रात नभनि राज्यको सुरक्षामा खटेर ज्यान फाल्ने तिनमाथि अमानबिय यातना हुँदै आएको हो । देश र जनताको सुरक्षाका खातिर खटिएका ति जवानहरुलाई उच्च तहका अधिक्रितहरुले आफ्ना घरमा निजि काममा खटाउने, श्रीमति र अन्य परिवारका लुगाफाटा धुन र भाडा माझ्न लगाउने सम्मको अत्याचार गर्दै आएका हुन। अझ कतिले त तिनको तलब समेत आफैले लिने गरेको आरोप लाग्ने गरेकै हो । गणमा काम गर्दापनि आफ्नो चाकरिमा खट्नेहरुलाई ड्युटिमा कम खटाएर मन नपरेका र नाईनास्ति गर्ने लाई बाह्रौं घण्टासम्म भोकै दलाउने, अतिरिक्त समय काम गरेको पारिश्रमिक पनि काम गर्नेलाई नदिएर आफैले लिने, सबैका निम्ति आउने मासु र अन्य खान्कि अधिक्रितहरुले आफ्ना घरमा लौजाने तर जवानहरुलाई नदिने, तिनको संचय कोषको रकम झिकेर मनखुशि चलाउने, गणमा तिनलाई तल्लो तहका शब्दमा गाली गरेर होच्याउने र अपमानित गर्दै आउने गरेका हुन ।
अति गरेपछि खति हुन्छ भने त नेपाली उखान नै छ । बाँकेको सशस्त्र प्रहरी वागेश्वरी गणमा भएकोपनि त्यहि हो । ग्रिह मन्त्रिले तिनका समस्या थाह पाउन सकेनन। खाली ग्रिहभित्रका समस्या पहिल्याएर हल गर्नु भन्दा ग्रिह प्रशासनलाई आफ्नो बनाउन होडबाजी गर्ने राजनितिक दलले तिनका समस्या चिनेनन । ग्रिह मन्त्रि तिनकालागि आफ्नो बन्न सकेनन। तिनका लागि मानव अधिकारबादीहरु कोहि भएनन । तिनका पिडा बोलिदिन आफ्नो बन्न सकेनन जनताको आवाज बोल्ने भन्ने मेडियाहरुपनि । कहि त कतै बाट आफ्नो भन्ने नभेटेपछि ति आफै अघि सरेर बिद्रोह बिद्रोहमा उत्रिनु बाहेक अन्य बिकल्प रहेन सायद । उनीहरुले खप्नै नसक्ने भएपछि बिद्रोह गरेका छन । जुन नितान्त स्वाभाविक छ।
यसले देशको संवेदनशिल मानिने सुरक्षा क्षेत्रको बेथिति, अन्याय, अत्याचार र असन्तुष्टिलाई उदांगो पारेको छ । सुरक्षा क्षेत्रको हबिगत यसले देखाएको छ । यदि तिनका अन्याय, अत्याचार र पिडाहरुलाई बेलैमा सबोधन गर्न सकिएन भने देशै भरिका सुरक्षा क्याम्पहरुले यस्तै नियति भोग्नु पर्ने हुन सक्छ । मलाई त बिदोहमा उत्रेका ति जवानानहरुको साहस ज्यादै मन पर्यो । अत्याचार सधै खप्नु हुन्न । मान्छेले मान्छे भएर बस्न पाउनु पर्छ । सम्मानित हुन पाउनु पर्छ । अत्याचार खप्ने होइन बिद्रोह गर्दै पर्छ । त्यसैले म त भन्छु, स्याबास बिद्रोहमा उत्रिएका प्रहरि जवानहरु !!!


स्याबास ति वीर जवानहरुलाई जस्ले आफ्नो हकको लागि आवाज् उठाएका छन् ।
अब बल्ल सेना र पुलिसका हाकिमहरुको सातो उठछ कि ?
धेरै दबिएका थियौ तिमीहरु , राम्रो धेरै राम्रो
मन परो वा परेन:
0
0
[Reply]
Congratulation rebel polices !
we nepalese peoples from europe support this action against corrupted officers.
rg and lots of friends
europe
मन परो वा परेन:
0
0
[Reply]
Congratulation you are real nepali police all nepali along with you.
Bhandari
Bhingri
मन परो वा परेन:
0
0
[Reply]
This is a good example and the corrupt officer should be killed so that it will discourage others too.
मन परो वा परेन:
0
0
[Reply]
THEK GARAU NEPALI AMA KA CHORA SASASTRA POLICE HARU.MARNU PARNAY TE HAKIM HARU LAI.SALA HARU POLICE JAWAN VARTI KA LAGI 15000,-20000 gus khayara varti garnay.afu thula thula mahal banaunay,police jawan ko khana ma pani vrastachar garnay sala officer haru,marnu parnay .thanks police jawan.
मन परो वा परेन:
0
0
[Reply]
derai derai danyabad. bir jawan ani rastra sewak haru .jasle afno hak hit ko lagi awaj uthayeka cchan. balla prahari ra sena ko hakim haru ko akha khulcchaki ?
ho derai dabiyeka thiyo timi haru . derai khushi lagyo . ajhai pani utha jawan haruu . derai ramro .
मन परो वा परेन:
0
0
[Reply]
Aba chahin prahariharuko bhasha pani sudhrinchha hola, jastai aama,Jaati,mahil aaadi aadi jun gali garda prayok bhai raheko chha. Sudharnalai uthepachhi sudhrinu pani jaruri hunchha.Aba desh ra jantako prahari bannu parchha sabaile sath dinechhan.
मन परो वा परेन:
0
0
[Reply]
badhai 6 saputharu thimiharukee aada liyar thimiharukee lagi aayako rasan bechera kuhiyako rasan dine ani gharko nokarako bebahar garne aafno swasneko fariya dhuna lagaune varsta ani sosak sasak samanta badaka taskar lai yasari nee thik parnu par6
मन परो वा परेन:
0
0
[Reply]
Sarwa pratham ta yasto kaam ma ek jut hunu bhayeko ma ma nepali bhayeko tarfa bata muri muri dhanyebad dina chahanchu ra jasari aja yo bidroh utheko cha euta gadma tyasari nai yo sabai gadma ra sabai surachya chetra ma utnu parcha kina ke yo tyo gadko matrai samaya hoina ra thula pad ma baseka haru le pani aba bhujnu parcha ke desh ma rada ra raja ko sasanko antiya bhayeko cha ra aba sabai lai barabari garna saknu parcha natra yastai bidroha ko samna garnu parcha ra mukya kura ta aja sara nepali janta le dukha garera kamayeko paisa bata kar tiri desko surchaya ma katiye ka jawan haru ko lalan posan ko lagi bhani diyeko rakam thula bhanauda haru le nai kumlaye ka thiya sayad yo andola le tyaso garana bata aba darauncha ke ra yasto diroha sirf yas chetra ma matrai hoina aja desko harek chetra ma chahiye ko cha ra ma ek nepali bhayeko nata lek sara desbasi lai anurod garchu ke hajur haru ko harek chetra bata yasto andolan ko suruwat garau.
मन परो वा परेन:
0
0
[Reply]