साल दलको एकता टुट्यो, दोषी को ?

दुइ वर्ष भन्दा लामो समयदेखि बिभिन्न हण्डर र ठक्करकाबिच पनि कायम रहदै आएको सात प्रमुख दलको एकता कोमामा पुगेको छ। त्यो एकता टुटायो कसले भनेर जनताका अगाडि दोषी नठरिनमात्रै एकले अर्कालाई आरोप र झेलमेल गरिरहेका छन । सात दलको एकता भनेपनि मुलत अहिलेको बखेडा भनेको एमाले, माओवादी र कांग्रेसबिचकै हो अरु साना दलको काम त ल्याप्चे ठोक्ने, आशा गर्ने केहि देलान कि भनेर तिन दलसँग अनि  असन्तुष्टि पोख्ने मात्रै हो ।

आखिर यति लामो एकता किन टुट्यो त ?  मुल कारण राष्ट्रपति कसले पाउने र गुमाउने भन्ने हो । तर हेर्दा खेरि अहिले सुरक्षा परिषदमा बिपक्षी दलका नेता बस्न पाउने कि नपाउने भन्नेमा अड्किएको जस्तो देखिन्छ ।  खसोखास भन्नुपर्दा, राष्ट्रपतिको पद एमालेले पाउने अवस्था देखिएपछि राष्ट्रिय सुरक्षा परिषदमा प्रतिपक्ष दलको नेता राख्नुपर्ने नयाँ बखेडा निस्किएको छ । यो बखेडा राष्ट्रपति पद एमालेले पाउने चर्चा नचल्दा सम्म देखिएको थिएन । यसमा एमाले र  माओवादी एकातिर र नेपाली कांग्रेस अर्कोतिर देखिएका छन आखिर तिन दलको भनाई के हो र के छ त संबैधानिक ब्यवस्था ? 

 सुरक्षा परिषदमा बिपक्षी दलको नेता राख्ने बारे नेपाली कांग्रेसको भनाई- देश संक्रमणकालिन अवस्थामा छ । माओवादीसँग उसको जनसेना छ । अर्ध सैनिक जस्तो वाइसियल छ । सरकारपनि माओवादीकै नेत्रित्वमा बन्दै छ । जनसेना भएको पार्टीलाई देशको राष्ट्रिय सेना र जनसेना दुबैको नेत्रित्व दिँदा राष्ट्रिय सेनाको मनोबल गिर्न सक्छ । उसले आफ्ना जनसेना सबै निर्वाधरुपमा राष्ट्रिय सेनामा गाभ्न सक्छ । उसले मनोमानी ढंगले सरकार चलाएर अन्य दललाई समाप्त पार्न सक्छ शान्ति प्रक्रिया पूर्णरुपमा स्थापित भइनसकेकालेपनि सुरक्षा परिषदमा बिपक्षी दलको नेता राख्नुपर्छ। अरु प्रजातान्त्रिक मुलुकमा यो प्रचलन त नहोला तर नेपालको बिशिष्ठ परिस्थितिमा त्यो सहमति बनाएर नेपाली कांग्रेसलाई सुरक्षा परिषदमा राख्न सकिन्छ आखिर अहिलेसम्म विशिष्ठ परिस्थितिमै काम गर्दै आएकै हौं । 

सुरक्षा परिषदमा बिपक्षी दलको नेता राख्ने बारे माओवादी भनाइ- सुरक्षा परिषदमा बिपक्षी दलका नेता राख्ने प्रावधान कहि कतै छैन विश्वमै ।नेपाली कांग्रेसले नभएको दाबी गरेर सुरक्षा संयन्त्र आफ्नो पकडमा राख्न चाहन्छ । सरकार सञ्चालनमा अड्को हालेर असफल बनाउन चाहन्छ। सरकार प्रमुख दललाई चलाउन दिन्छु त भन्छ तर सुरक्षा परिषद भनेको सरकारकै एक अंग हो, र उ त्यसमा बसेर चरम सत्तलिप्सा देखाउन चाहन्छ । सकभर राष्ट्रपतिको दाबी गर्‍यो कांग्रेसले, त्यो नपाउने भएपछि अनि त्यसैको झोंकमा सात दलिय एकता तोड्न सुरक्षा परिषदको बखेडा झिकेको हो । राष्ट्रपति दिने हो भने उ चुपचाप लाग्छ  

सुरक्षा परिषदमा बिपक्षी दलको नेता राख्ने बारे एमालेको भनाई-सुरक्षा परिषदमा बिपक्षी दलका नेता बस्ने चलन संसारमै छैन । नेपालमा भने नेपाली कांग्रेसलाई मात्रै किन चाहियो ? नत नेपालमै कहि कहिल्यै त्यो देखिएको छ ब्यवहारिकरुपमा । राष्ट्रपति पाउने भए चुप लाग्ने, अहिले राष्ट्रपति एमालेले पाउने भएपछि बिभिन्न बेतुकका माग तेसारेर सात दलिय एकता भंग बनाउने ?  कांग्रेसले पाउन चाहिँ हुने राष्ट्रपति तर एमालेले चाहिँ पाउन नहुने किन ? 

अन्तरिम संबिधानमा के छ ? – अन्तरिम संबिधानमा सुरक्षा परिषदमा बिपक्षी दलका नेता राख्ने प्रावधान कहिँ कतैपनि छैन । सुरक्षा परिषदमा रक्षामन्त्रि र प्रधानमन्त्रिले तोकेका तिन जना छानिन्छन । अन्तरिम संबिधानमा प्रधानमन्त्रि र रक्षामन्त्रि एउटै हुने ब्यवस्था छ । अब माओवादीको नेत्रित्वमा सरकार गठन भयो र प्रधानमन्त्रि माओवादीको भएको खण्डमा सुरक्षा परिषदमा राख्ने तिन जनापनि माओवादी प्रधानमन्त्रिलेनै छान्ने हो । अर्थात भोलि अन्य दलहरु मिलेर माओवादी सरकार फालेर अर्कै सरकार बनाएपनि सुरक्षा परिषदमा तिन जना छान्ने नयाँ प्रधानमन्त्रि वा रक्षा मन्त्रिलेनै हो अब तपाइलाई कसको माग ठिक र को बेठिक लाग्छ त लेख्नुहोला है ?

  • saisa

    गिरिजा

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Panday,Deutschland

    Yo sal dal bhaneko kasto dal ho?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • desh premi

    सामन्ती काङ्रेस ,,,,,,,,,,,,
    जब सम्म देश मा काङ्रेस का सत्ता लिप्स हरु समाप्त हुँदैन तब सम्म देशले कहिल्यै निकास पाउदैन,किनकी काङ्रेस ले आफ्नो हैकम बाद समाप्त हुने भो भनेर नै यो खिचलो निकालेको हो, जनता बाट तिरस्क्रित काङ्रेस्स अझै यस्तै व्यबहार गर्ने हो भने सती जाने समय टाढा छैन

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • desh premi

    पुरातन बादी सोच,सत्ता लिप्स
    आफुले भाचियको खुट्टा पनि
    राम्रो देख्ने
    स्वार्थ बादी भ्रस्टचारी, घुस्खोरी ,
    नाताबाद,क्रिपाबाद,हैकमबाद ,
    कङ्रेस को निती र उसले गरेको बिकास ,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suman

    मलाई नेपाली कांग्रेस को बिचार एकदम ठीक लगेको छ नेपाली सेना लाई राजनैतीक गर्न कदपी पनि हुँदैन कांग्रेसले सरकार पे पनि नपयपनी नेपाली सेना भनेको देस को सेना हो अनी yeslai कुनै पनि हालतमा माओवादी हातमा यक लाई चलाऊन देनु हुँदैन नत्र तेस्ले सबओ लाई उस्को जनसेना ले बर्छ तेसैले कांग्रेस को बिचार ठिकै छ है

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • santosh

    हो हो गिरिज ले एत्रो दु:ख गरेर माओईस्ट र सेना को हतियर बाट देश लाई शान्ति म लयको बेला मा कोमुनिस्त को नाम म कलन्क एेमाले संघ मिलेर गिरिज लाई यक्लौने त देश द्रोही हुन तेसैले ठिकै गरेको छ गिरिज ले पनि किन बस्नु तेस्ता द्रोही संघ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • manoj

    मलाई चै नेपाली मद्ज्दुर किसान पार्टी को सबै दल को मेम्बर हुनु परछ भने कुर चै बेस् लगेको छ अज्जै तो भन्दा पनि तराइका दाई उपेन्द्र् यादव ले भने ko कुरा ठिकै हो सबै दल को मेम्बर हुनु पर्छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ram Upreti

    Girija,

    Maobadi eklaile sarkar banayo bhane usle bhrastachar niyentran garne kosis garna sakchha, aafna niti ra karyakram harulai prabhavkari rupma agadi badhayera janatama ramro chhap dina sakchha. Testo bhayo bhaneta Kangress, Yemale jasta akarmanyeta, bhrastachar, samsad kinbech, nadi kinbechko gauravmaya itihas bhayeka partilai janatale laat hanna sakchhan tesaile kunaipani halatma Maobadiharulai eklai sattama jana dina hunna. Kunanaina kunai bakheda jhikera sattako bhagbanda garnai parchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Dinesh

    Girijale Kunaibela Nepalma pratidwandi nai nabhayeko awasthako partylai ahileko yo gauravpurana gadi samma lyaye. Aba unlai yo desko pani tehi halat banaune jimma arulai chhodne hoina unailai dinuparchha? Haruwa harulai partyko netritwama rakhirahada karyakartako manobal uchha hunchha bhanera unle testai manisharulai jimmewar padma rakhiraheka chhan, jasle awasya karyakartaharuma sfurti sanchar garko chha.
    Hamra Bir Girija–Jindabad
    Kum bahadur, Govnda —Jindabad
    Gagan Thapa pravriti……..Murdabad
    Samajbadko niti————-Aitihasik galti
    Party sudridhikaran——–Anawasyak kam ho, chunauko bela paisa bade bhaihalchha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • suresh tiwari

    surksha parishad ma bipakshi dal ko neta lai samabesh garauna nai best lagchha kina bhane nepal ahile bisesh paristhiti ma chaleko hunale bishow paristhi ra nepal ko samasya akai thaauma rakhera herna sakinna

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Raj Jess

    Khas Vanne ho vane Kangress ta Thikai Ho Tar Maoist Pani naramro hoina Kinabane, maoist pani Des ko lagi kehi garchhu vaner des ko lagi ke hi garchhu vanda garna na diepachhi u gangal pase ko ho, malai estolagchha ki, shaha bansa le 239 barse Raj gariyo yo des, kangress, comunist, sab le raj gare tara kehi garenna, eka choti maoist lai pani herna pae hunthiyo, etiusle pani garena vane, pheri shaha bansa ko sarakar hunthiyo, gynenadra ko nati paras ko chhoralai sarakar banauna hunthiyo, thiyo bela samma paras ko chhorapani thulo hunthiyo
    It my Opinion

    Raj Loves

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree