कस्की भयौ

-थापा राजबरसिं / क्यानडा

हिजो कसको लागि भन्थेउ 

आज किन कस्की भयौ

कर्कलाको पानी जस्तै

चंचल किन खेर फाल्यौ

तिमि बिना भन्ने धेरै

आउँदा रैछन् संसारमा

कसले के देखेको छ

के लेखेको निधारमा

पाउनु के छ लानु के छ

छोडी जाने संसारमा

बिर्सनेलाई किन सम्झें

२ मुठी सास छँदै

सम्झन त हुन्न भन्छु

२ आँखा खुल्ला छँदै

निन्द्रा भित्र बर्बराउँछु

ब्युँझिँदा त एक्लै

मन मनै गुन्गुनाउँछु

हिजो कस्ती थियौ

कर्कलाको पानी जस्तै

चंचल किन खेर फाल्यौ

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree