भारतसँग अर्को एउटा गोप्य सन्धि

हामीले नेपाल भारतका बिचमा भएका सन्धि सम्झौताको कुरा गर्दा त्यहि सन १९५० बारे सुन्छौं बुझ्छौं धेरैजसो। त्यसलाई असमान सन्धि भनिन्छ। सन १९५० को त्यो असमान सन्धिलाई सुगौलि सन्धिपनि भनिन्छ क्यार ! तर नेपाललाई सबै भन्दा धेरै घाटा त्यो सन्धिले पुर्‍याएकाले हुनुपर्छ त्यसका बारेमा धेरै चर्चा हुने गरेको। तर नेपाल-भारबिच त्यस्ता सन्धि त कति हो कति भएका छन। कुनैपनि सन्धिमा नेपाल माथि परेको छैन। भारतले सधैं हामीलाई लुटेको छ, ठगेको छ।  निमोठेको छ। त्यस्तै अर्को एउटा सन्धि भएको रहेछ १९६५ मा पनि। त्यो सन्धि त झन गोप्य तरिकाले गरिएको रहेछ। यो सन्धि पढ्नु भयो भने थाह हुन्छ नेपाल कति ठगिएको रहेछ भनेर। नेपाल त्यस्तरि ठगिएको छ तैपनि भारतियलाई कति चाकरिको भाषा प्रयोग गरेका छन भारतस्थित नेपाली राजदूतले भन्ने कुरा हेर्दा पनि लाज लाग्छ। अर्थात ठगिनलाईपनि चाकरि गर्नु पर्ने !!! 

सन् १९६५ को नेपाल भारत गोप्य सन्धि
शाही नेपाली राजदुतावास
बाह्रखम्बा रोड
नयाँदिल्ली, भारत
जनवरी ३०, १९६५
      महामहिम, 

यहाँले हामीलाई लेख्नुभएको आजको मितिको पत्र प्राप्त गरी निम्न व्यहोरा अवगत भयो ।
१. सन् १९६३ को अगस्तमा आफ्नो दिल्ली भ्रमणको अवसरमा नेपालका महाराजधिराजबाट नेपाली सेनाको पुनःव्यवस्थापन र आधुनिकीकरणका सम्बन्धमा प्रश्न उठाइबक्सेको थियो । प्रत्युत्तरमा भारत सरकारले आवश्यक मद्दत पुर्‍याउने इच्छा प्रकट गरेको थियो । तदनुरुप नेपाली सेनाको पुनःव्यवस्थापन र आधुनिकीकरणका लागि नेपाल सरकारको माग अनुसार भारतले कस्तो सहयोग प्रदान गर्ने हो सोको विस्तृत स्वरुप निर्धारण गर्न सन् १९६३ को डिसेम्बरमा श्री ५ को सरकारको प्रतिनिधि मण्डल एवं भारत सरकारका प्रतिनिधिबीच छलफल सम्पन्न भयो । छलफलमा नेपाली प्रतिनिधि मण्डलले भारत सरकारले एक नयाँ ब्रिगेड समूहलाई व्यवस्थित र स्तरीय तुल्याउनुपर्ने प्रस्ताव प्रस्तुत गरेको थियो ।

२. भारत सरकारले श्री ५ को सरकारद्धारा प्रस्तुत प्रतावउपर पूर्ण र विस्तृत ध्यान दिएको छ । हाम्रा दुवै देशबीच विद्यमान घनिष्ट र परम्परागत मैत्री सम्बन्धलाई दृष्टिगत गर्दै भारत सरकार नेपालको सुरक्षा र स्वतन्त्रतालाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाललाई यथासम्भव सम्पूर्ण सहयोग प्रदान गर्न चिन्तित छ ।
३. उपर्युक्त उद्देश्य परिपूर्ति गर्ने दिशामा निम्नानुसारको सम्झौता सम्पन्न भएको छः-

(क) ४ वटा मान्यता प्राप्त ब्रिगेडसहितको १७ हजार सैन्य बलका आधारमा भारत सरकारले सम्पूर्ण नेपाली सेनालाई हातहतियार, गोलीगट्ठा र उपकरणहरु आपूर्ति गर्नेछ । उल्लिखित ४ वटा ब्रिगेडहरुमा वर्तमानको हिमाल सेना, गृह रक्षक, घरेलु सेना, मिलिसिया कम्पनी आदि रहेका छन् ।
(ख) भारत सरकारले नेपाली सेनाले प्रयोग गरिरहेका हातहतियारलाई शीघ्रातिशीघ्र आधुनिक हातहतियारहरुद्धारा प्रतिस्थापित गर्नेछ । यसका साथै भारत सरकारले नयाँ-पुराना सबै किसिमको हातहतियारको फेरबदल र मर्मत-सम्भार कार्य समेत गर्नेछ ।

(ग) भारत सरकारले सशस्त्र नेपाली सैन्य अधिकारीहरुलाई आवश्यकता अनुसार भारतका बिभिन्न तालिम केन्द्रहरुमा सम्पूर्ण तालिका अवसर प्रदान गर्नुका साथै श्री ५ को सरकारको अनुरोधमा आफ्ना प्रशिक्षकहरुलाई नेपाल पठाउनेछ । तालिमको अवधिभर ती अधिकारीहरुलाई भारतीय सैन्य अधिकृतहरु सरह दैनिक खर्च समेत जुटाइने छ । भारत सरकारले उनीहरुको डेरामा बस्दा लाग्ने खाने पानी र विद्युत् महसुल बापत रकमसमेत बेहोर्नेछ । त्यसैगरी तालिम अवधिभर विभिन्न भैपरी हुने खर्चका लागि आवश्यक रकम चुक्ता गर्न नेपाली सैनिक अधिकारीहरुलाई एक विशेष भत्ता प्रदान गरिनेछ । कोही अन्य दर्जाका अधिकारीहरुका लागि निःशुल्क भोजनादिको समेत प्रबन्ध गरिनेछ ।

(घ) भारत सरकारले नेपाली सेनाका जवान र अधिकृतहरुका लागि आवश्यक हरियो अभ्यास पोशाक बुट आदि भारतमै नगद तिरी खरिद कारोबार गर्नेतर्फ नेपाल सरकारलाई पूर्ण सहयोग प्रदान गर्ने छ ।

(ङ) उधारो कारोबार अन्तर्गत सैन्य उपकरणहरुको आपूर्ति गर्ने कार्यक्रम पूरा भएका कारण अब उप्रान्त भारत सरकारबाट उपलब्ध गराइने सैन्य सहयोग अनुदानको रुपमा यसै पत्रानुसार हुनेछ ।
(च) भारत सरकारबाट उपलब्ध गराइने उपकरण र अन्य सहयोग नेपाली सेनाको प्रयोजनका लागि मात्र हुनेछ र कुनै पनि तेस्रो मुलुकमा तिनको विचलन गर्न पाईने छैन ।

(छ) भारत र नेपालका प्रतिरक्षा अधिकारीबीच त्यस्ता सैन्य सहयोग वा उपकरणहरुको आपूर्तिको समय तालिका, कार्यविधि र विस्तृत विवरणबारे सम्झौता सम्पन्न हुनासाथ यस सहयोग अन्तर्गतको आपूर्ति कार्य आरम्भ हुनेछ ।

(ज) भारतीय सहयोगको पुरकको रुपमा अमेरीका र संयुक्त अधिराज्यले समेत श्री ५ को सरकारलाई प्रतिरक्षा सहयोग गर्ने विषयमा परस्पर सम्झौता गरेका छन् । कारण वंश भारतले हातहतियार र उपकरणहरुको आपूर्ति गर्न नसकेका बेला अमेरिका र संयुक्त अधिराज्यका सरकारहरुले यथासशक्य सो रिक्तता पूरा गर्ने बचन भारतलाई दिएको छ । उपयुक्त समयमा  पूर्ण विवरणबारे यथोचित समन्वय गर्न सकिने छ ।

५. यस्ता प्रावधानले कुनै पनि सरकारको स्वतन्त्र विदेश नीतिमाथि बन्देज लगाउने छैन । नेपाल सरकारले भारतबाट वा भारतको बाटो भएर नेपालको सुरक्षाका लागि आवश्यक हातहतियार, गोलीगट्ठा वा युद्धसम्बन्धी सामग्री र उपकरणहरुको स्वतन्त्रतापूर्वक आयात गर्न पाउने छ ।

६. दुवै देशले परस्पर विचार-विमर्श गरी यस किसिमको व्यवस्था लागू गर्न आवश्यक कार्यविधि तय गर्नेछन् ।

७. भारत सरकार तथा श्री ५ को सरकारले आपसमा विचार-विमर्श गरी यस पत्रमा उल्लिखित कुराहरुको समीक्षा गर्न सक्नेछन् ।

८. महामहिम, यहाले हामी दुवै पक्षबीच भएको समझदारी अनुरुप उपरिलिखित कुराहरु सही ढंगमा वर्णन गरिएका छन् भनी पुष्ट्याइ दिए म यहाँप्रति कृतज्ञ हुनेथिएँ । साथै महामहिमको जवाफसँगै यस पत्रले भारत सरकार र श्री ५ को सरकार बीच भएको समझदारीलाई सम्झौताको रुप दिनेछ भन्ने कुरा समेत सुनिश्चित गरिदिनुभए कृतज्ञ हुनेथिएँ । महामहिमको जवाफ प्राप्त भएको मितिदेखि सो सम्झौता लागू हुने कुरा समेत अनुरोध गर्दछु ।

९. हामीबीचको समझदारीअनुरुप माथि वर्णित साँचो भएको कुरा म सुनिश्चित गर्न चाहन्छु । म यो पनि सुनिश्चित गर्छु- यहाँले जनवरी ३०, १९६५ मा पठाउनुभएको पत्रको साथसाथ यस जवाफले दुवै सरकारबीच सम्झौता सम्पन्न भएको कुराको पुष्टि गर्छ । सम्झौता आजकै मिति जनवरी ३०, १९६५ देखि लागू हुने कुरा पनि अनुरोध छ । महामहिम कृपया मेरो यो आग्रहलाई स्वीकारिदिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
 
महामहिम श्री वाई.डी.गुडभिया
भारत सरकारका विदेश सचिव
 
सरदार वाई.एन.खनाल
शाही नेपाली राजदुत


  • “Hami nepali………sir uchali sansarama chaplusi tira lamkan6am…..!”

    e sachchi, ti nepali sardar le bharat sanga byaktigat samjhauta kehi gareka rahe6an ? tinka ni dhoti fukalauna gathe ! ki kaso ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Hami Nepalima rastriyata 1 ana pani nabhaekole paile ra aile yo durgati bhognu pareko ho. Desh jahan jaos aphu bhae hune,aru je hun aphu banche hune deshko kurbani garneko hurmat hani aphain garna pachhi pardainou , yasta kriyakalaple nai aru deshko agadi ghunda tekna badhya bhainchha. Ajai dekhi rastriyata keho ? Thaha paunu parchha. Chetana bhaya.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • TMDahal

    सँघिय लोकतान्त्रीक गणतन्त्र नेपाल !
    LET US BUILD NEW LOK-TANTRAKIC NEPAL !

    Greeting to New Democratic Nepal !

    Dear Sir/Mm.,

    Sub: Information Science and Communication Technology related resources and publications ;add our address or update to your mailing list.

    I think you got my previous mail and recent proposal for extending on-line service towards our STI communitines. As, we are from the other side global situation, we have some different situation. If you are able to support conceptually, we have strong advice from other international advisory organisations, like UNESCO or IDRC etc.

    May I have your recent materials; printed and virtual resources; specially in the field of ‘Knowledge Management’ or in the areas of Information Technology related resources which are highly useful to our research activities in information science and communication technologies. I request to add our address or update to your mailing list.

    Thanks and grateful ! Kindly please forward or Circulate to the Director of Information and /or knowledge management officers.

    Please find herewith or refer ‘ VIRTUAL KNOWLEDGE PARK NEPAL’: http://www.cistnepal.org I understand that you remind our previous mail.

    I would like to request to make aware of our brief proposal regarding to our newly emerged institution ‘CIST’- Nepal .

    The organization, CIST is registered in Nepal ; associated with the Ministry of Science and Technology, Nepal. As, we are involving with the STI consortium under the umbrella of the system. The main areas of online information system; ‘Knowledge Management; Scientometrics, Informetrics and Webmetrics etc.

    Bibliographic Database by UNESCO

    We R contributing fascinating e-Learning packages:* UNESCO’s WINISIS; Greenstone & WebLis & CDS/ISIS for scholars & information specialists.
    *पत्राचारको लागि धन्यवाद

    As, I am contributing UNESCO’s WINISIS; Greenstone & WebLis & CDS/ISIS.. & e-learning packages:
    We have exchange program, regarding resources sharing:
    1. E-Learning and Web_applications.
    2. On-Line computer/Digitalized Packages.(Virtual Library & KM Based..): Unesco’s WINISIS, WebLis, Greenstone…
    3. We are covering the all the remote district of Nepal ( for Rural, Ethnic & oppressed…)
    4. As, an ASIS & T & ALA Member (as Chapter_ NEPAL ), we may provide virtual library database & knowledge based applications.

    As, we are contributing as an research activities regarding ‘ Knowledge management and resources applications’ related to the program; WINISIS; CDS/ISIS, WebLis & Greenstone (New.Ver.): Digitalizing Library, empowering knowledge management & managing and research on: e-library, e-Governance,e-learning…..; Bibliographic Database & Documentation Management. May I request to hear, how you are upgrading the new Winisis System for developing the information, documentation, library or Knowledge Centre. As, according to the Nepal Govt’t ICT Policy: 1-Village,1-Family, 1-Mobile, 1-Computer, 1-Job… ; perhaps within this ‘Five Yr. Plan’?…….”, Please have your response, please ! So that every organisations, schools & campus libraries, scholars & researchers and IT specialists are demanding UNESCO’s WinIsis Computerisation Database packages.
    If you want, fascinating E-Learning packages:* UNESCO’s WINISIS;.CDS/ISIS for scholars & information specialists
    http://www.cistnepal.org

    With best Regards,

    TaraMani Dahal
    Adviser, CIST : http://www.cistnepal.org
    Information & Database Specialist,
    IT Officer RONAST(NAST) (previously)
    Member, ASIS&T; ALA : Subject Committe Member, TULISD: University Nepal, Kharibot_KumariMarg-63,BattishPutali, Kathmandu, NEPAL. नेपाल
    ————————-
    Tel. 977-1- 4495291 tmdahal@gmail.com,taramanidahal@hotmail.com
    Battishputali, Kumari Marg-63, Kathmandu Nepal .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree