सरकार बदल्ने प्रचण्डको रामबाणले गर्ला त काम ?
अब संबिधान बनाउने समय चार महिनापनि छैन । तर अहिलेसम्म सरकार बचाउने र खसाउनेमै दलहरु मग्न छन् । सरकार परिवर्तन सबैभन्दा बढि अहिले माओवादीलाई गर्नुपरेको छ । भित्रि खेल के के छन् तर बाहिर सतहमा देखिएको के भने माओवादीहरुको मूल्यांकन नेकपा एमाले को नेत्रित्वमा सरकार रहुन्जेल न त जनसेना समायोजन हुन्छ नत संबिधान नै बन्छ । यो सरकार बढि भारतमुखि भैरहेको छ र शान्ति सम्झौता भाँड्नमै उद्दत छ । एमाले सरकारमा रहे भारतले झन बढि हस्तक्षेप बढाउँछ । कम्युनिष्ट नामधारीलाई सरकारमा टिकाएर कम्युनिष्टमाथि दमन गर्न सहज हुनाले एमाले सरकारमा रहे झन बढि दमन बढ्छ आफुमाथि । त्यसैले एकिक्रित नेकपा (माओवादी) का अध्यक्षले अर्को वाण हानेका छन् सरकार बदल्ने । त्यो हो-कुर्सीका लोभी गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री पद दिएर माधव नेपाललाई कुर्सीबाट पछार्ने । तर अहिलेको अवस्थामा के सरकार परिवर्तनको त्यो राम बाणले काम गर्ला ?
परिस्थिति माओवादीको लागि सहज छैन । किनभने माओवादीसित भारत सायद अहिले सबै भन्दा चिढिएको अवस्था छ । पछिल्लो समयमा प्रचण्डले भारतलाई निकै रुष्ट बनाएका छन् । नेपालको राष्ट्रिय अखण्डतामाथि भारतले आँच पुर्याएको, सिमा मिचेको, लगायतका आरोपमात्रै लगाएनन्, भारत बिरुद्द आवश्यक परे लड्नकालागि तयार रहनै आव्हान गरे। उनले राष्ट्रिय स्वधिनताको लडाई लड्नुपरेपनि लड्ने उद्घोष गरेर भारतलाई निकै चिढ्याएका छन् । त्यसमाथि मदन भण्डारी र राजा विरेन्द्रको हत्यामा भारतीय संलग्नता छ भन्ने प्रचण्डको भनाईले भारतीय पक्षलाई झन गम्भिर बनाएको बताइन्छ ।
त्यसो त, नेपालका दलहरुले विशेष अवस्था र परिस्थितिमा आफैंले बिभिन्न महत्वपूर्ण राजनितिक निर्णय गरेपनि अहिलेको अवस्था भने अलि भिन्न छ । दलहरु झन झन बिभिन्न खेमामा बिभाजित छन् । अहिले मधेशवादी दल एकातिर, एमाले कांग्रेस एकातिर र माओवादी एकातिर भएर झन दलिय दूरी बढिरहेको छ । निकट कोहि छ भने भारतीय नेता र सरकारको प्रभाव निकट भैरहेको अवस्था छ । हरेक दलका नेतामा भारतीय प्रभाव बढ्दो छ । यो उनीहरुकै अभिब्यक्तिमा झल्किरहेको छ । हरेक महिना कि त भारतीय नेता नेपाल आएर राजनितिक भेटघाट गर्ने वा नेपाली नेता भारतमा गएर राजनितिक छलफल चलाउने गरेबाटपनि त्यो प्रष्टिन्छ ।
त्यसैले सरकार परिवर्तन हुने नहुनेमा भारतीय प्रभाव झन बढेको छ । एमाले र कांग्रेस भित्रै नेताहरु अहिले बिभाजित छन् । एमालेका केपी ओली देखि रक्षामन्त्रीसम्मले भारतीय संस्थापन पक्षको बोली बोल्नु, पार्टी निर्णय र प्रधानमन्त्रीको निर्देशनसम्म नटेर्नु त्यसैको उदाहरण हो । त्यसैगरि रामचन्द्र पौडेल देखि खुमबहादुर खड्कासम्मले बेला बेला उच्च राजनितिक संयन्त्रको बिरोध गर्नुपनि आफ्नो देशको भन्दा छिमेकीकै हित हेरेर हो । अहिले भारत र अमेरिका कुनैपनि हालतमा माओवादीलाई सरकारमा जान नदिने पक्षमा छन् ।
जसले जे भनेपनि अझैपनि अन्तर्राष्ट्रिय स्तरमा गिरिजाप्रसाद कोइराला जत्तिको प्रभावशाली र पत्याईने नेता अर्को छैन । कांग्रेसमैपनि कोइरालाको प्रभाव अहिलेपनि बलियो छ । साँच्चै कम्मर नै कस्ने हो कोइरालाले अहिलेपनि कांग्रेसमा सरकार परिवर्तनको निर्णय गराउन सक्ने क्षमता छ । त्यसैलेपनि माओवादीले अन्तरिम सरकारमा कांग्रेसले माओवादीलाई समर्थन गर्नुपर्ने शर्तमा कोइरालालाई प्रधानमन्त्रीमा अहिले समर्थन गर्ने शर्त राखेको हुन सक्छ ।
तर आफ्नो स्वास्थ्यको कारणले कोइरालाले आफु सरकारको नेत्रित्व लिन असमर्थ रहेको बताईसकेका छन् । अर्को तथ्य के पनि भने एकातिर उनको इच्छा अनुसार छोरी शक्तिशाली पदमा छिन् र सरकारको नेत्रित्व अरुकै हातमा भएपनि प्रभाव र निर्देशन कोइरालाको चलिरहेकै छ । यस्तो अवस्थामा फेरी सरकार परिवर्तनको खेल खेलेर संबिधान निर्माणमा बाधा हालेको भन्ने अपजस लिन के कोइराला तयार रहलान ? अर्कोतिर राष्ट्रपती पद कुनै हालतमा कोइरालालाई दिन अस्विकार गरेका माओवादीले अहिले प्रधानमन्त्री पद ट्क्र्याउन आए भन्दैमा कोइरालाले कत्तिको विश्वास गर्लान ?


satik, chhoto ra raamro bislesan Dadiji
thanks
मन परो वा परेन:
0
0
[Reply]
Yak dam satik lekh lakhnu bhayo Dadi ji Dhanayabad
मन परो वा परेन:
0
0
[Reply]
maobadi ka sab neta aafulaai nambari baatho bhanthanchhan ajha prachanda afula kaag bhanda ni baatho bhanchhan, tara prachandalai k thaha aafno umer bhanda badhi rajniti gareka koirala kati baatho chhan bhanera? prachand g aba tapailai kasaile ni biswas gardai ajha girijale biswaas garne ta kurai aaunna.
मन परो वा परेन:
0
0
[Reply]
Madab nepal goverment most now
otherwise here will be big fighting
मन परो वा परेन:
0
0
[Reply]
Madab nepal goverment most go now
otherwise here will be big fighting
मन परो वा परेन:
0
0
[Reply]