लाग्यो त असार
असार त अलि पहिलेनै लागेको हो । तर आज फटाफटा असारे धान रोपेको, हलो जोतेको र बिउ काढेको फोटोहरु देखेपछि साह्रै याद आयो रोपाईको । तपाईहरु मध्ये कतिले काढ्नुभो बिउ ? कतिले लाउनु भो बाउसे ? झरी र पानीमा भिज्दै काम गर्नु भएको छ ? छेउकुना खन्ने, हिलो बनाउने, रोपाहारहरुसँग हिलो खेल्ने । गाउँघरमा बनेको मकै, चिउरा, भुटेको भटमास यस्तै यस्तै खाजासँग रमाउने । हिलाम्मे बन्ने । अनि वर्षदिनका लागि जोहो गर्ने खेतिको शुरुवात गर्ने । कति रमाईलो हुन्छ वरिपरि सारा छरछिमेकमा पनि त्यसैगरि हलका हल गोरु ले जोतेको हेर्न !
पानी गुगुलु गर्दै कराएको । वरिपरि साराका सारा हिलोमा नाचेको अनि असारेगित गुञ्जिएको !! मैले त सबै काम गरेको हुँ । छेउ कुना खन्ने, आली लगाउने, लेड्कोमा (हेगा भन्छन चितवनतिर) चढेर नमिलेको गह्रा सम्याउने, बिउ बोक्ने, उखेल्ने, घाँस काट्ने, गाईगोरु चराउने, खाजा लिएर जाने सब का सब ।
महिलाहरुसँग मिलेर बिउ रोप्न जाँदा “खेत रोप्ने होइन छोरा मान्छेले” भनेर ठुला दाईहरुले उर्दी लगाउँथे अनि लुकेर गइन्थ्यो दिदीहरुको समूहमा र रोपिन्थ्यो धान अनि गाइन्थ्यो गीत । त्यो बेलाको याद खुब आयो मलाईपनि । तपाइहरु मध्ये कति परिचित हुनुहोला यो रोपाइसँग ? असारे गतिबिधिसँग ? कतिले सुन्नु भाको होला असारे गीत ? यसलाई रोपाइ गीत पनि भनिन्छ। यो त नितान्त फरक हुन्छ नि ! अरु बेला सुनिदैन यो। रोपाइ गर्दामात्रै गाइन्छ। रोपाइको विशेष गीत हो यो ।
तपाइहरु मध्ये धेरै जसो बिदेशमा हुनुहुन्छ होला । त्यो याद नहोला । रोपाई गर्नु भएकोपनि छैन होला । तर तपाईका दिदी, बहिनी, दाजु भाई, काका काकी वा साथीभाई र गाउँलेहरु मध्ये कोही न कोही अहिले पक्कैपनि रोपाइमा धमर्धुस लगाइरहेका छन । खेतमै आफै सहभागि हुन त सकिएन नै, कम्सेकम त्यो द्रिष्य हेरेर याद त गरौं, कि कसो ? यू टुबको यो लिंकमा क्लिक गरेर रोपाइको भिडियो हेर्नुहोस ।



ramro lagyo dhanebhad tapae lae
मन परो वा परेन:
1
0
[Reply]
Aha !ayo yad !! afno mato ko !!! tapaiko lekh padhda, ma ta ropai garna puge6u, afno mato ma, mero manaspatal ma. thank you very much for your article !
Read you soon!
मन परो वा परेन:
0
0
[Reply]
mano ropera muri phalaune din . yo barsa dherai aanna phalos jasle garda biswa bajar ma badhe ko mahangi le nepal lai aasar naparos
मन परो वा परेन:
0
0
[Reply]
Aha yo ropai herda ra tapaiko shabda padhda aphno janmabhumi gaugharko
yaad ayo.mathillo gauki Thulikanchhi ra tallo gauki Sani sanga
lukamari kheldai hilo chhyapera dhan ropeko yaad akhabhari jhaljhali dekhdai chhu.
मन परो वा परेन:
0
0
[Reply]
ham ro desh piyaroch hami lai bidesh ma manlagdeen trpni kegarne hami kmaaar bhut ramro bnaaa nepal hami jahagaapni kamgrer khane hamroo persident naaa aao khoi Kegrch
Mohammad molim
Sirha 2 Chatri
Nepal
मन परो वा परेन:
0
0
[Reply]
NAMASKAR!
Ma yubraj okhaldhunga
ramro lagyo asar auda tara k garne dade lagaune bela afu chahei DUBAI tira photo herara man bujhau chhu!
NAMASKAR
मन परो वा परेन:
0
0
[Reply]
dhan ropeko picture herne bitikai gaoghar ko samjhana aaone raicha.
desma nai basera kehi garnu parcha jasto anuvuti hune tara desma nai basera
kehi garna khoje taravayana akhir yo maru vumima aayara nokari garnu parda
dukha lagcha
मन परो वा परेन:
0
0
[Reply]
asar ma sathi sangi sanga sangai melapat gare ko yad haru besari aayo malai ta
goru pani jotinthiyo aali kalla pani garinthiyo,ama le hariyo makai polera hariyo khursani ra nun sanga khada kati maja thiyo tara yaha……….
मन परो वा परेन:
0
0
[Reply]