दिए कटुवाललाई खड्काले चुनौती
गत साता पूर्व प्रधान सेनापती रुक्मांगत कटुवाललाई बीबीसी नेपाली सेवाले निम्त्यायो । बीबीसी सितको अन्तर्वार्तामा कटुवाल निकै खरो रुपमा उत्रे । माओवादीको उनले उछित्तो काढेका थिए । सेनालाई प्रयोग गर्न खोजेको, फुटाउन खोजेको आरोप लगाएका थिए कटुवालले । अनि जनसेना कुनैपनि हालतमा सिधै नेपाली सेनामा समायोजन गर्न नहुने लगायतका कुरा राखेका थिए । अधिकांश समय कटुवालले माओवादीको बिरोधमै खर्चिएका थिए । अनि तात्दैनन् माओवादीका कन्चटका रौं ? त्यसलाई कसरि दिने दनक ? कटुवालको पैंचो त तिर्नै पर्यो । माओवादीपनि के कम ?
उनीहरुलेपनि आफ्नो नेत्रित्वको सरकार हुँदा नियुक्त गरेका कायममुकाम प्रधान सेनापती कुलबहादुर खड्का मार्फत कटुवाललाई दनक दिने निर्णय गरे। हिजो साँझ नेपाली समय अनुसार छ बजे खड्का प्रस्तुत भए रेडियो मिर्मिरेमा अन्तर्वार्ता दिन । उनले पनि कटुवालले बोलेका कुरालाई उछित्तो काटे ।
रेडियो मिर्मिरेको उद्धेश्यपनि सायद कटुवाललाई जवाफ दिनेनै थियो । प्रश्न बढि त्यतै केन्द्रित थियो । तुलनात्मक रुपमा खड्का कटुवालभन्दा बढि नरम र संयम रुपमा प्रस्तुत भएका थिए । बीबीसीमा कटुवाल बढि आक्रामक थिए । उनको बोलीमा बढि रिसिबी साँधेको प्रष्टै झल्किन्थ्यो भने खड्का नरम रुपमा प्रस्तुत थिए ।
गणतन्तन्त्र आउन नदिन रुक्मांगत कटुवालले भरमग्दुर प्रयास गरेको खड्काले उल्लेख गरे । तर उनले ‘गणतन्त्र ल्याउन दिन नदिन कटुवालले के कति भूमिक खेले भन्ने दुनियाँसामु जगजाहेर रहेको’ उल्लेख गरे। अहिले गणतन्त्र प्रति कटुवालले आस्था देखाएझैं गर्नुको कारण त पानी माथिको ओभानो रहनकालागि मात्रै हो भनेर कटुवाललाई चुनौतिनै दिए खड्काले ।
प्रचण्ड नेत्रित्वको सरकारले प्रधान सेनापतीबाट कटुवाललाई गरिएको बर्खास्ती राष्ट्रपतीबाट उल्टाईनु असंबैधानिक रहेछ भन्ने पुष्टि भैसकेकोपनि बताए । त्यसमा उनले के तर्क पेश गरे भने सर्वोच्च अदालतले मागेको स्पष्टीकरणका क्रममा राष्ट्रपतिले लिखित रुपमा १८ दलको आग्रहलाई स्विकार गरेको उल्लेख गरेकाले राष्ट्रपतीले चालेको कदम असंवैधानिक थियो भन्ने पुष्टी हुन्छ । त्यतिबेला दुई जना प्रधानसेनापती रहेको अवस्थामा रक्तपात हुनसक्छ भन्ने कुरा त्यतिबेला प्रधान सेनापती रुक्मांगत कटुवाल र १८ दलले निकालेकाले रक्तपातका पक्षमा को थियो भन्ने त्यसैबाट प्रष्ट हुने उल्लेख गरे । उनको तर्क आफुहरु सैयम नभएको भए प्रधान सेनापती कटुवाल र १८ दलले रत्कपात नै मच्चाउन समेत सक्ने उनले संकेत गरे।
बीबीसीमा त्यति बेला दुई जना प्रधान सेनापती रहेको अवस्थामा रक्तपात हुन सक्ने अवस्था थियो नि भनिएको थियो । त्यसमा कटुवालले माओवादीलाई ‘आफ्नो शक्ति भएको भए उहाँहरुले रक्तपात गर्नुहुन्थ्यो होला, नसकेर हो’ भन्ने जवाफ दिएका थिए। कटुवालको त्यहि भनाईले कटुवाल र १८ दलनै त्यति बेला रक्तपात मच्चाउने मनशायमा रहेको बुझिएको पनि खड्काले उल्लेख गरे।
नेपाली सेनाको तत्कालिन नेत्रित्वले त्यतिबेलाको सरकारको निर्देशन पालना नगरेकाले अहिले मूलुकमा यो राजनैतिक संकट उत्पन्न भएको दाबी पनि गरे खड्काले । मानव अधिकार उल्लंघनको घटनामा दोषी ठानिएका निरन्जन बस्नेतलाई नागरिक अदालतमा बुझाएर सजायको भागि बनाउनुपर्ने विषयमा सोधिएको प्रश्नमा खड्काले सेनालेपनि मानव अधिकारको पालना गर्नु राम्रो हुने कुटनितिक जवाफ दिए ।


this man is tail of maoist….katuwal is right about what he has done ,,everyone knows maoist were trying to destroyed unity of nepali army ,and trying to inserted big political debate,this army is for country whoever lead them ..not for any party supporter or personnel matter..
मन परो वा परेन:
0
0
[Reply]
Kati paisa diyo mawobadi le kulbahadur lai yo sab kura garna lai ??parsata cha kura
मन परो वा परेन:
0
0
[Reply]
Chetansil nepali Janta le Bhujiraheka chhan ki Kul bahadur Mayobadi ko Tail ho.
Yes ma kohi Duimat chhaina.
Pheri pani Eak Nepali Nagarik ko Haisiyat le Katuwal ko Kadam lai Salam Garchhu.
Katuwal le Des hit ko lagi gareko kadam Itihas ko panna ma lekinchha.
Yo Kasai le Metauna Sakdaina.
मन परो वा परेन:
0
0
[Reply]
पुकार जी र थापाजी शत प्रतिशत नेपाली हो भन्नेकुरा उहाँहरुको प्रतिक्रियाबाट थाहा हुन्छ । यो सोच शुद्ध नेपाली सोच हो । अब म तपाँईलाई प्रश्न गर्छु यो प्रतिक्रिया दिनको लागि तपाईलाई कटवालले पैस दिएको हो ? अनि थापा जी तपाई कटवालको पुछ्छरहो ? यो मेरो सोच हो किनकी म पनि नेपालीनै हो। तपाईको कम्मेन्ट पढ्ने हरुले, तपाँईहरु माथि मेरो जस्तै सोचाई राख्छन की के था ?। म्यासेज पत्तालगाउनु भो होला नी ? मेलै के भन्न खोजेको हो भन्ने कुरा ।
जे कुरा को पनि गहन अध्यनको साथ प्रतिक्रिया दिनुभो भने राम्रो हुन्छ की । तपाई का माथिका प्रतिक्रियाले तपाँहरुको बैाद्धिक स्तरको कति छ आभाष भै राको छ । अन्यथा न लिनुहोला साँचोकुरा तितो हुन्छ ।
धन्यावद
नवराज
मन परो वा परेन:
0
0
[Reply]
rajeb Reply:
January 28th, 2010 at 4:58 pm
pukar ra thapaje lae bhane ko pani ta thik hoo ni k aafu lae matra buddi jebi kahilae pani shochhnu hudaina la yo kura pukar ra thap lae matea hoena sabai lae thaha bhya ko kura hoo. ra sabai lae thaha pani chha manchhe ma sabai ko shochhne sakti hunchha sabai ko ramro naramro bhanne kura bujhe ka hunchhan hoenara?/’
मन परो वा परेन:
0
0
[Reply]
thapa rajbarsingha / canada Reply:
January 29th, 2010 at 3:32 am
waisayallll…..hami ta na kunai party ka hau na ta nepal mai chau……waisayll bhaneko yahi ho,,,nepal ma bhaya marla ra katla bhanne dar,,,,
मन परो वा परेन:
0
0
[Reply]
Pukar Reply:
January 29th, 2010 at 8:12 am
Tapai pani mawobadi ko tattu parnu bhayacha mitra sochnos you yak dam akha agadi charlanga bhayako kura ho Kulbahadur ko ho bhanne kura Hami haru le matra hoina sabai le dakhi sakeka chan
मन परो वा परेन:
0
0
[Reply]
dear people what he said mr khadka he is the one of the man.and he is obsolutly right. good very good mr kul bahadur khdka .
मन परो वा परेन:
0
0
[Reply]
i will 100%agree with,Nabaraj,,,,
मन परो वा परेन:
0
0
[Reply]
khadka maobadika khetala hun. maobadile nai radioma bolne sabai byabastha gareko ahu khadkalai. natra afnai ohadama pahila raheka katawal lai unle alochana garne thienan. la la khadka g lagirahanus maobadiko bhariya banera.
मन परो वा परेन:
0
0
[Reply]
yo nabaraj pandey bhanne manche lai pani maobadi ya kul bahadur le paisa deko hunu parcha yeha comment garna, tesai le ta bado gahirera maobadi ko pakcha ma wakalat gariracha, aafno bichar prakat garda kasaile paisa deko huncha ke ke ho lal bujakkkad nabaraj sathi???
मन परो वा परेन:
0
0
[Reply]
maobadi neta narayan kaji bharat ko birudha indian embassy kathmandu gate agadi bharat lai gali garer hideka thiye;
bharat kai independent day indian embassy kathmandu bhitra gareko party ma narayan kaji shrestha gayer dhoti ko namak pisab ghichi rakheko yo jhalak hernus,
http://www.youtube.com/watch?v=6V7lVE_d72g&feature=player_embedded
maobadi bolchh euita garchha urko,
mr katuwal must be ambassdor of nepalee embassy in paris,
मन परो वा परेन:
0
0
[Reply]
मित्र थापा र पुकारले भने को १०० पर्शेन्त सही हो। आज नेपालमा आफ्नो पक्षमा कुरा गरेन भने पैसा दियको भन्ने गलत प्रचार गर्ने माओका टट्टुहरु यस्तै हुन।भदौमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ भन्छन।। विश्वमा नै ख्याती प्राप्त र सबै भन्दा धेरै भाषामा समाचार दिने बिबिसीले पनि कङ्रेस र यमालेको धम्की र पैसाको लालचमा कटुवालसँग अन्तर्वाता लियको होला भन्न बिर्सनु भयो नवराज जि।
कटुवालको अन्तर्वाता पछी उनको बिरोध गर्ने हेतुले अन्तर्वाता दिने खड्का भन्ने जन्तु कहाँ लुकेर बसेको थियो। हिजो त्यही सेनामा त्यो जन्तु पनि त थियो यदी कटुवालले जन आन्दोलन दबाउन खोजेको हो भने खै तुबाट बिद्रोह भयको? खै त त्यतिबेला पत्रकार सम्मेलन गरी पर्दा फास गरेको?
त्यती बेला नुनको सोझो गर्नलाई त्यही कटुवालअलाई सलाम गर्थ्यो होला त्यो जन्तु। तर आज सेनपती हुन नपायर र जागिर पनि नरहेको मौकामा जे भने पनि यो जन्तुमा कोही पनि विश्वाश गर्दैन।
मन परो वा परेन:
0
0
[Reply]
केही साथीहरु कुल्ली स्तरको तर्कमा लागेता पनि यि सबै तल्लो स्तरको सोचलाई वेवास्ता गर्दै वास्तविकता बोल्नु पर्छ भन्ने लागेको छ । कटुवालको कदमले देश दिन परदिन खादल तिर गैरहेको छ । प्रचन्डले सत्ता चलाऊने क्षमता देखाउन नसक्दा कटुवाल कान्ड जन्मेको हो । कटुवाल जस्तो अटेरिलाई कार्वाही गर्न पन्ध्र दिन लगाएर कसैको आदेश नकुरेको भए र कटुवाललाई कि त छैन कि छैनको अवस्थामा पुर्याएको भए अनी मात्र देशले निकाश पाउने अवस्था रहन्थ्यो । कुल बहादुर खड्का नेपालका नामर्द जर्नेल मध्य एक हुन भन्ने दुनियाँलाई थाहा भएको कुरा हो । उनी चिफ हुना साथ कटुवाललाई चिफ नभएको र बिना अनुमती सेना मुख्यालयमा छिरेको भनी तुरुन्त थुन्न सक्नु पर्थ्यो तेसो गर्न नसक्नुको कारण नै उनी प्राप्त भएको पदबाट पनि बन्चित हुनु पर्यो । अब कट्टुवाल होस् वा कुलवाल, दुबैको अदुर्दर्शिताको कारण देशले चर्को झेली रहेको छ । तथ्य कुरा यही हो ।
मन परो वा परेन:
0
0
[Reply]
comment dherai 6n padhiyo pani tara kasaile katwal dosi ta kasaile khadka dosi dekhnu bhayako 6. 1patak aafai mahasus garnu hos ta katai comment ma tapai ko pani dos 6 ki.aafu lai mulyankan nagarne?
मन परो वा परेन:
0
0
[Reply]
ma pukar ji ko kura ma satyata dekhchhu kinaki mawobadi bhaneko ta yek lutera haru samuhik sangathan matra ho. kinaki jo pani sarkari karmachari hunchhan tini haru rastra pramukh ko aadesh ra kanun sammat chalnu parchha. chahe ti katuwal hun ya khadka . yo sandarbhama bhanne ho bhane khadka bhaneko gaddar jasto po dekhinchha hoina ra
मन परो वा परेन:
0
0
[Reply]