चुरिफुरी हरुवाहरुकै चर्को
जनताका लागि राजनिति गर्छु भन्नेहरु जनताबाट फालिएपछि चुपचाप बस्नुपर्ने हो । कम्तिमा अर्को निर्वाचनसम्म । कि त जनतामाझ जानुपर्ने हो लोकप्रिय बन्न । अनि जित्नेहरु हो नयाँ निति बनाउन, जनताका आवाजहरुलाई संबोधन गर्न सल्बलाउनुपर्ने । तर नेपालका हरुवाहरुको ताल त गज्जब छ बा ! उनीहरुनै पार्टी वरिपरि घुमेका छन। उपल्लो तहका नेतालाई घेरेका छन । मेडियाहरु समातेका छन र बेतुकका उपदेश, धाक र धम्कि, फुर्ति र शान देखाउँदै हिडेका छन । को को हुन त त्यस्तो चुरीफुरी देखाउने हरुवाहरु ?
नेकपा एमालेका नेता के पी ओलीको ताल हेर्नुस त । जनताले “तिमि हाम्रो लागि काम छैन” भन्दै गत निर्वाचनमा जुठेल्नोतिर मिलाइएका हुन यिनी । अहिले उनी देशको सर्बोच्च शक्तिमान, जनताको आदेश लिएर आएझैं उपदेश दिँदै हिँडेका छन। यस्ता हरुवाहरुलाई लाज लाग्नु त कहाँ हो कहाँ उल्टै हरौटे उपदेश पो बाँड्छन । उनको शान र चुरीफुरी यहाँ क्लिक गरेर हेर्नुस त !
एमालेकै अर्का नेता छन प्रदिप नेपाल । आफु कम्तिमा तिन चार पटक मन्त्रि भए । तर यिनि सञ्चार मन्त्रि हुँदा ८ हजार पर्ने फोन ६० हजारसम्म कालोमा बिक्रि भयो । जागिर आफ्नै कार्यकर्ता र आफन्तले भेटे । स्वच्छ प्रतिस्पर्धा देखिन मुश्किल परेको थियो । नत शिक्षा मन्त्रि हुँदा जनताले कुनै राहत महसुस गरे न त यि सञ्चार मन्त्रि हुँदा । अहिले पद खुस्किएपछि यिनको चिरीफुरीपनि हेर्न र सुन्न लायकको छ । जनताले सभासद बन्न पनि नालायक ठानेर मिल्काएका यिनि राष्ट्रपति को बन्ने, प्रधानमन्त्रि को बन्ने भन्ने विषयमा उपदेश दिँदै हिँडेका छन। पार्टीमा अरुले केहि जान्दैनन झैं गरेर । उनले गत हप्ता त के सम्म फुइँ लगाए भने पार्टीको स्थायि कमिटी बैठकले राष्ट्रपतिको नाम चयन गरेको भए उनले भण्डाफोर गरिदिन्थे रे ! अनि हरुवालाई त हरुवाकै माया लाग्ने रहेछ क्यारे ! आफु हारेकाले उनले राष्ट्रपति पदमा हरुवा माधव कुमार नेपाललाईनै समर्थन गर्ने पो भन्छन । त्यस्तो चर्को फुइँ काठमाडौंमा भएको एउटा कार्यक्रममा लगाएका हुन । त्यसबारे हाम्रो ब्लगको समाचार यहाँ क्लिक गरेर हेर्नुहोस।
जनताको परिक्षणमा बल्ड्याङ खाएका अर्का भष्टाचारी ईश्वर पोख्रेलको स्वरपनि त्यस्तै चर्को छ। उनीपनि पार्टीमा खुब सक्रिय देखिएर हरुवा उपदेश बाँडिरहेका छन । नेपाली कांग्रेसकोपनि हालत उस्तै छ। अर्जुन नरसिं केसी, प्रकाशशरण महत, गोबिन्दराज जोशी, शुसिल कोइराला, बलबहादुर केसी सबै हरुवाहरु उपदेश बाडिरहेका छन । त्यस्तै, श्यामसुन्दर गुप्ता, वामदेब गौतम, भरत मोहन अधिकारी लिलामणी पोख्रेल, कमल थापा, डा. प्रकाशचन्द्र लोहनी सब हरुवाहरु हुन । तर अहिले सरकार कस्तो बनाउने, को प्रधानमन्त्रि हुने, को राष्ट्रपति बन्ने, कस्तो संबिधान बनाउने आदि हरेक कुरामा यिनै तँछाडमछाड गरिगरि उपदेश सुनाइरहेका छन । जबकि चुनावमा जितेकाहरुको स्वर कम गुञ्जिने गरेको छ। झिनो छ । फाट्टफुट्ट सुनिन्छ ।
सात दलले संबिधान सभाको निर्वाचनमा हारेकाहरुपनि मन्त्रि, राज्यमन्त्रि र सहायक मन्त्रि बन्न पाउने ब्यवस्था गरेका छन । त्यो ब्यवस्था गरिएको सात दलभित्रैका सायद यस्तै हरुवाहरुको जोरजुलुमले होला । उनीहरुले यो ब्यवस्था अन्तरिम संबिधान मा संशोधन गरेर थपेका हुन । यो हरुवाहरुलाई फेरि चल्मलाउन दिने अर्को सजिलो उपाए हो । त्यसैले हारेर के भो त ? मन्त्रि बन्न पाइनेनै भो भन्ने आशाले पनि हुनुपर्छ हरुवाहरुको चुरिफुरी बढेको।
यि हरुवाहरुको चुरिफुरि देख्दा त्यत्रो ६०१ जना जनताले छानेका सभासद कतै अलप भएछन कि जस्तो लाग्छ । नत्र जनताले चुनेका यिनै सक्रिय देखिनु पर्ने हो । राजनितिक पार्टीहरुपनि हरुवाहरुनै रुचाउँछन कि के हो ? नत्र जनताको लागि राजनिति गर्छौं भन्नेहरु जब जनताबाट रुचाइँदैनन तब तिनलाई पाखा लगाएर जनताले रुचाएकालाई अगाडि सार्नुपर्ने होइन ? हारेकाहरुलाई नै किन पार्टीको उच्च ठाउँमा राखिरहने ? निर्वाचनमा जनताले नरुचाएपछि तिनले पार्टीमा बनाएको निति नियम चाहिँ के जनताले रुचाउलान त ? जनताको मत, भावना र चाहनाको कदर गर्ने हो भने ति हरुवालाई हुत्याएर नयाँलाई ल्याउनुपर्ने होइन ?


Janatale chinera faleka byakti le power ma basne lov nagarda nai tinko kalyan hola!
मन परो वा परेन:
0
0
[Reply]
Gaungharko ukhan’jo aguwa uhi bato haguwa’ Bhane jastai rajabadiharu paile aguwa thiye,afnai khane thalma bistyaye. Janatale thaha pae dhapae. uml ra congressle pani tyahi byahora dekhae janatele yasai gareka chhan jun garnu parthyo. ajhai pani aguwa bhai bato bistyaune sapana dekhdai rahechhan.yastochesta gardardai gaema rajabadi jastai yiniharule pani durbhagya behornu parne bhayo. malai ta yasma po sarai chinta lagna thaleko chha. afno swarthaka lagi afno lokpriya neta madan bhandarilai marna pachhi naparne jyanmaraharule arko kasko jyan lina tamsandai chhan ? janata feri sachhet huna jaruri bhayo. janatako matadesh anusar sarkar banaune jimma ta maobadiko bhaisakeko chha. yasma girija markaka netaharuma kina sadbuddhi napalaeko ? chhakka parrchhu ba. aba kahilyai nauthne gari ku netaharulai janatale thoknu parne bhayo.chetana bhaya.
मन परो वा परेन:
0
0
[Reply]
neta jiu janata harule tapai haru lai pani lakhetlan . dherai kursi ko moha na de khaunus
मन परो वा परेन:
0
0
[Reply]
naya nepal ma sabai bhanda badhi padhelekheko bidhwan dr aathawa ingineerlai rastapati banaunu parcha. tara neta haru lai banaunu hudaina
मन परो वा परेन:
0
0
[Reply]
sabai neta haru lai yekai thauma rakhera anil kapur ko nayek film heraunu parcha
मन परो वा परेन:
0
0
[Reply]
घुसखोरिको गवाही हुँदैन, गतीछाडाको दवाई हुँदैन भनेको यही हो ।
जसको इज्जत हुन्छ त्यसको पो बेइज्जत हुन्छ, नैतीकता हुनेले नैतीकताको ख्याल राखेर बोल्छ र ब्यवहाँर गर्छ । त्यो नहुने निर्लज्जबाट के को आशा गर्नु ब्यर्थैमा ।
ओली बाजेको त के कुरा गर्नु नि, एमालेको गिरिजा हो नि त्यो त अनी काङ्रेस्को समर्थन नगरेर के गरोस त बिचराले? आनी, वानी प्रविर्ती सबै एउटै छ नि गिरिजा र ओलिको ।
मन परो वा परेन:
0
0
[Reply]
chor neta haru lai aba hami janta le nai
thik parnu par6
मन परो वा परेन:
0
0
[Reply]