वाह ! कति समावेशी है मधेशी दलहरु ?
तराई मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी (दुबै) र मधेशी जनअधिकार फोरम सधैं अरुलाई जातियतावादी भएको आरोप लगाउँछन । राज्य समावेशी भएन भन्छन। नेपाली कांग्रेस र एमालेमा बाहुनवाद कै हालीमुहाली देख्छन । माओवादीलेपनि तराइको हित गर्दैन भन्छन । सबै जनजाति, महिला, उत्पिडित र सिमान्तक्रित वर्गको समान सहभागिता भएन भन्छन । उनीहरुले जनसंख्याको आधारमा राज्यका हरेक निकायमा मधेसी, दलीत, आदिवासी, जनजाति लगायतका समानुपातिक प्रतिनिधित्व संबिधानमा किटान गरिनुपर्ने माग गरिरहेका छन । आफ्नो पार्टी समावेशी भएको चर्को नारा उरालेर मधीहरुलाई उचाल्छन। तर यिनिहरुका नारा कति झुठा रहेछन । यिनिहरु आफुचाहिँ कतिसम्म संकिर्ण , मधेशवादी रहेछन भन्ने कुरा यिनको ब्यवहारले देखाउँछ ।
शुक्रबार १३ असारका दिन मधेसी जनअधिकार फोरमको यूवा संगठन मधेसी जन अधिकार यूवा फोरम केन्द्रिय कमिटीको बिस्तारित बैठक बसेको थियो बीरगञ्जमा । त्यहाँ गएर खुब उफ्रि उफ्रिकन भाषणपनि ठोके फोरमका अध्यक्ष उपेन्द्र यादवले समावेशीताकै पक्षमा ।
त्यो बैठकले नयाँ कार्य समिति चयन गर्यो । तर कार्य समितिमा छानिएका ब्यक्तिहरुको नाम हेर्नुस त कति समावेशी रहेछन समावेशीताको पक्षमा लड्छौं भन्ने मधेशवादी दल ।
अध्यक्ष-युसुफ साफी ।
उपाध्यक्ष-हिरालाल रोनीया, नन्द किशोर यादव र रामबाबु यादव ।
महासचिव-महेन्द्र राय यादव ।
सचिव-फिरोज मन्सुर।
कोषाध्यक्ष-प्रमोद केवट ।
सदस्यमा छानिएका पनि सबै यस्तै यस्तै थरका छन।
त्यसैगरि मधेसी जनअधिकार महिला फोरमको कार्यकारी सद्स्यको नाम हेर्नुस त—
अध्यक्ष-सन्ध्या देवी ।
उपाध्यक्ष-कलावती पासवान र करिमा वेगम (वेगम सभासद पनि हुन) ।
महासचिव-चन्दा शाह ।
सचिव-मिमी सिंह ।
कोषध्यक्ष-रम्भा शाह ।
बाँकि ३१ सदस्यको नाम र थरपनि उस्तै छ । यि पदहरुमा समावेशी देखिन्छ त कतै ?
मधेशमा एउटै मात्रै जात, जाति, भाषा;भाषी र संस्क्रितिका मानिसमात्रै छैनन । समावेशीको नारा उराल्नेहरुले के ति सबैको प्रतिनिधित्व गर्नु गराउनु पर्दैन ? पासवान र यादव, मन्सुर शाह अनि वेगम र सिंहकोमात्रै प्रतिनिधित्व भएर हुन्छ ? सरकारलाई पेल्न समावेशी खोज्ने अनि आफ्नो संगठनमा चाहिँ समावेशी नचाहिने ? आफ्नो संगठनलाई चाहिँ मधेशीहरुको पञ्जामा अँठ्याएर राख्ने अनि संबिधानमा चाहिँ सबै जनजाति, दलित र आदिवासीको प्रतिनिधित्व चाहने ? वाह ! कति समावेशी रहेछन है मधेशी दलहरु ? कस्तो समावेशी नारा हो त्यो मधेशी दलहरुको ? यि मधेशी दलले साँच्चिनै एक्लै सरकार चलाउन पाए भने के गर्लान ? यिनले बनाउने समावेशी सरकार हेर्न लायकको हुँदैन त ?


yini haru singo nepal lai tukryau ne jimmewari bokeka kheladi hun ki kya ho.ke ko madesh keko madhesi ? hami nepali hami sabai ko nepal
मन परो वा परेन:
0
0
[Reply]
HO TA HAMI SABAI NEPALI, ANI HAMI SABAIKO EUTAI NEPAL.
मन परो वा परेन:
0
0
[Reply]
Tarai ma pahadko jasto bikatata ta chaina ni ma pani tarai basi nai hu k tarai ma pahadko jasto vir pakha ta chaina ni yasto sugam ma k ko vagbanda compition ko jamana ma jatiyata ko nara vaneko nepali ek apasma tutaune phutaune khel ho jasle neta lai matra faida hunch hamilai kam nagari khana didainan ani kam vaneko afnai kshamata le paine ho kasaile tiko layar didaina yadi netako afanta vaiyo vane kehi huna sakch natra “AFNO KARMA AFNAI SATH AFNO PASINA AFNAI BHAT” Kam gare mam natra vokai kulelam.
मन परो वा परेन:
0
0
[Reply]