अपहरणकारीलाइनै ढालेर जंगलै जंगल टाप

-पुष्कर शाह
तिनिहरुसित बन्दुक छैन पहिलो कुरा त । किनभने बन्दुक हुनेले छुरी देखाएर अपहरण गर्दैन । nepali-world-cyclist-pushkar-shah-nepalplus.jpgदोस्रो कुरा, छुरीले मानिसलाई बन्दुकले झैं एकैचोडी ड्याम्मै मार्न त सकिँदैन । तेस्रो कुरा उनीहरु चलाख छन, ट्रक भित्र मलाई मार्दैनन। ट्रक भित्र मार्ने भए तिन घण्टाको अवधिमा अघिनै मारिसक्थे ।  तिनिहरुले बाहिर मार्छन भन्ने भएपछि ल लडाई खेल्ने भन्नेमा पुगेँ म । मर्नु भन्दा अगाडि संघर्ष किन नगर्ने त ? बाँच्यो भने त बाँच्यो नि ! मर्छु भन्ने त यसै भयो उसै भयो । अब यसै मर्नु छ भने एक पटक फाईट खेल्नै पर्‍यो, बाँच्यो भने बाँच्यो भन्ने भएपछि निर्णय गरियो लडाई गर्ने ।

उनीहरु कुरा गरिरहेका छन । के भन्छन, के गर्दैछन केहि बुझिने होइन । बिचमा म बसिरहेको छु । शब्द नबुझेपछि यस्तो डर लाग्ने रहेछ कि झन ! यो बजियालाई कसरि मार्ने, हामिसँग चक्कु मात्रै छ भन्दा हुन । आफुले केहि बुझिएको छैन  । अनि ढोका खोल्यो । बाहिर लगेर मार्ने भएछ क्यारे अब भन्ने सोचेँ । छुरी लिएर गयो । अब धेरै ढिलो गरे मैले हान्नु भन्दा पहिल्यै मार्छन भन्ने भयो छुरी निकालेको देखेपछि। कतिखेर हानौं भनेर सोचिराखेकै थिएँ । अनि ढोका खोलेर त्यसले भुइँ छुन नपाउँदा नपाउदै एक लात्ती हानेँ । मजाले हानेछु । बल कसरि आएछ थाह छैन । लडेछ बजिया त । गर्लम्मै लडेछ । मपनि हाम्फाल्ने भएको त्यसैको अगाडि गएर लडेछु । अनि छुरी त छोडेको रहेनछ भुइँमा ढल्दापनि। हातैमा रहेछ। हानीहाल्यो एकचोटी ।
 
 छुरीको टुप्पाले लागिहाल्यो । छुरीको टुप्पोले छोएपछि त मलाई झटटट्ट बिद्दुत लागेजस्तो भएछ । अनि त मैलेपनि बजियालाइ त्यहिँ हाने । ढिलो अलिकति मात्रै भयो भनेपनि त्यहाँ खत्तम छ । किनभने अर्को ब्यक्ति गाडी बाट आयो भने त दुई जना मिलेर खत्तम पारिहाल्छन । त्यो आइपुग्नु अघिनै यो बजियालाई यहिँ सोत्तर नपारे खैरियत छैन भन्ने लाग्यो । १० सेकेण्ड भन्दापनि छोटो समयमा मैले भकाभक मुड्कीले त्यसलाई भकुरेर टाप कसे । लौ त, मेरो साइकल, महत्वपूर्ण वस्तु, यात्राका सामाग्री लगायत सबै बाई बाई ! जिवन भन्दा ठुलो साइकल र चिजबिज हुन र ?
 
त्यसपछि कुदेको कुदेइ कुदेको कुदेइ गरेँ ! निकै बेरपछि यसो हेरेँ, पछाडी कसैलेपनि पछ्याएको छैन भन्ने भएपछि बल्ल ठ्याक्क रोकिएँ । पुरै २० मिनेट कुदेछु म । हाफ कमिज, हाफ पाईण्ट लागएको थिएँ। जंगल पुरै सिउँडि (क्याक्टस) नै सिउँडीको थियो । त्यसको काँडाले पुरै घोचेर शरिर त पुरै रगत नै रगत भएछ। अरु केहि थाह पाइन खाली रगत बगेको मात्रै थाह पाएँ । त्यस्तो घनघोर जंगल छ । त्यहिँ माथि अँध्यारो न अँध्यारो । केहि देखिने होइन । खाली टाढा मात्रै देखिन्छ । तैपनि पछाडी फर्किने कुरा भएन । हिँडेको छु हिँडेको छु अनि हिँडेको छु । अनि धन्यावाद चाहिँ दिएँ है मैले आफैंलाई । आफैंलाई बचाए नि !
 
कहाँ आइयो कहाँ आइयो पत्तो छैन । तिन घण्टाजति हिँडेपछि अँध्यारो भुईमा कतै प्रकाश को केहि भाग आइइपुगेजस्तो, नजानिँदो रमरम, हो कि होकि, कतै वस्ति छ कि जस्तो भयो । तर निर्क्योल छैन अझै । त्यस्तो लागेपछि लौ बाँचियो क्यारे । बाँचे त हिँड्दै रहे पुगिएला नि त भोलि पर्सि सम्म कहि न कहि भन्ने भयो । तिन घण्टा हिँडिसकेपछि एउटा पुलिस स्टेशनमा पुगेँ । सहयोग गर्नु पर्ने पुलिस मलाई देखेपछि त उनीहरुनै डराउँछन बा ! मेरो शरिरभरि रगतै रगत देखेपछि डराएका रहेछन । मैले अंग्रेजी बोलेपछि ए यो त बिदेशी पो रहेछ भनेर बोल्न थाले ।

म्रित्यु बाट बचेको भन्नु पर्‍यो । अथवा साहसले बचाएको पो भनौ कि ! आ, दुइ जना छन । म भन्दा जब्बर छन । यिनलाई सबै कुरा थाह छ, मलाई छैन । दुइ जनाको अगाडी मेरो के सिप ? उनीहरुसित छुरी छ म रित्तो छु । लौ जे गरुन गरुन । अब मर्नु बाहेक अर्को उपाए छैन भनेर लत्तु छोडेको भए मलाई त्यो दिन त्यहिँ मार्ने थिए । क्रमश :

  • pun rb

    very sweet moment pls go ahead…….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Parbin Samir Gautam

    puskar shsh ta ta more ra pani banchako rahechas
    Samir

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • raj kumar praja pati

    पुस्‍कर दाई कहानि लाई अधुरो नछोडनुन मन नै कस्‍तो कस्‍तो हुन्‍छ ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Puskar bhaiko yatrama bhaeko yo yatra samsmaranle Myaksim Gorkiko euta kathako patra Denkoko jastai lagyo. Jo agadi badna chahanchha, uslai nana thariko samasya aunchha. Yasko sadupayogbata nai sansar jitinchha. yatralai nirantarata dinus bhai.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Rai yang pitang chhu Dharan haal-Oxford UK

    Pushkarjee, tapaile ta apaharankaariharulai bir Nepaliko gatilo parichaya dinu bhae6. tyasko laagi dhanyabaad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Suman

    Ye gathe , Pushkar Shah is not only cyclist. He is brave person. Gorkhe ko chora na ho. Kyabaat Keta. Thik garis.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Yubaraj Basnet (Iraq)

    पुषकर दाई कस्तो राम्रो तर ड्र्लाग्दो पनी तर बेचमै नरोकनुन हो पुषकर दाई …….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Birat

    Shangharsha ho jiban . Yatra narokni hola. Hami chhau ni. Saara Nepali tapai ko sath chha. 2010 ma sagarmatha chadne bhaneko haina ? Ma pani tapai sanga chadna chahanchhu. Tapai le sansar bhari sankalan gareko jhanda bokne bhariya .Hunchha?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • Oh, brave.
    एक साहसी नेपाली को साहसिक यात्रा-वृतांत पढ़ेर मन सारैनै उत्साहित भयो।Thanks…
    तेस्रो भागको इंतजार छ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • SURYA PANDEY

    puskar dada you re the great man who has a strong
    heart we love you you re the really a man.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • tapai sachikkai gorkhaliko chhora hunuhudo rahechha
    pushkar jee tapaiko bahadurita kadar garna layak chha.ani tyaspachhi….?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • bir

    tapai lai dhanne

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Milan Gurung

    Kasta Ksata ramaila katha. Pushkar Shah is Great Man. You are a nice story teller. You should have to write book.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Anarudra Prasad Dumrey

    जीवन एुटा संघर्श अनि अनुभवको दोस्रो नाम हो जस्तो मलाई लाग्दछ जुन कि अर्थपूर्ण होश्,परिवार समाज र देशको हितको लागि गरिने कुनै पनि प्रकारको संघर्श हुनसख्छ जुन सफल अनी पारीचित साथसाथ गौरव को सज्ञाले पुकार्न सकियोस भन्ने मलाई लाग्छ है। पुषकर जि तपाईंको शाहशपूर्ण यो यात्रा लाई अबका दिनहरुमा बिना अवरोध आफ्नो गन्तब्यमा पुगोश भन्ने मेरो कामना छ।
    हामी जस्ता नालायक संसारका बोझहरु अरुको देशमा यसरी घुडा घसेर काम गर्चौ,परिवारीक हितको लागि हामी यो बिरानो मुलुक मा संघर्श गर्दा पनि खोइ मलाई जीवन को नामले यो बर्तमान हाम्रो इस्तिती स्विकार्न म तयार छैन क्या, किनकी हामीसँग बल छ दिमाक छ तर तेस्को शाही सदुपयोग आफ्नै देश्मा,आफ्नै माटोमा भएन तेसैले पनि यो हाम्रो बर्तमन अवस्था जीवन होइन।
    Anarudra prasad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • ganesh

    puskar dada please continue laa…………….

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • priti man tamang

    Dear,
    Puskar Bro. what is the main aim for world CYCLE TOUR .
    for your’s life…..
    for you’r country…..
    for your’s family…
    for the world……
    Nothing……

    PL’Z DON’T MIND LA !!!!!!!!!! Question ko lagi.
    Uhe Prabasi – Tamang
    Doha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Madhu Ghimire

    hi dai malai tapai ko sperid sarai nai man paryo malai pani world tour ganu thiyo.i also wanna do world tour plz dai malai kai help garnus na dai plz daI MALAI CALL GARNUS NA HIA PLZ DAI +977014114768 PLZ DAI

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Madhu ghimire

    dai i love ur sperad n ur aim,by da way carry on n bro i also like to do world tour in bycycle but i dont know any rule n system plz bro help me can malai akaha kholnu hola plz malai tapaiko mail id dinus na dai plz n if u wanna call me tahn +977014114768 ma call garnu na la dai

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree