उसलाई प्रम नगरौं भन्ने सोच्दा झन दोब्बर

बेलुकाको ६ बजि सक्यो । अघिसम्म १० तारिकमा झापा फर्किने भनेर म कति खुशि भएको थिएँ । तर अफिस फोन गरेर बुझ्दा त भोली गाडी लिन आउन नसक्ने भनेपछि त म रुन मात्र नसकेको । एकछिन सुमित्रालाई पनि बेहोसी भई गाली गरें । उनी अफिसका कर्मचारीलाई चाहिएको समयमा गाडीको व्यवस्था मिलाउने गर्छिन । उनले भोलि मात्र गाडि कहिले आउँछ भन्न सक्ने बताईन् ।

यो भन्दा अगाडि पनि यसरी फिल्ड नआएको भने पक्कै होइन । तर किन किन यस पाली त आउने मन नै थिएन । सायद उ सँग टाढा भइन्छ भन्ने डरले हो कि किन हो आज त यो गाँउमा कस्तो एक्लो लाग्दै छ । म बसेको यो सानो होटल एउटा सानो खोलाको आडमा छ र खोला ओहो आफ्नै धुनले आफ्नो अस्तित्व दर्शाउन ठूलो ठूलो स्वरले कराएर निरन्तर धारा प्रवाह बगिरहेको छ ।

पारी साना साना खेत नि देखिन्छन् । तर खेत भन्दा बढि ढुंगा छन् । उराठ लाग्दा नांगा पहाड जहाँ गन्ति गर्दा १० भन्दा बढि घरधुरी छैनन् । सँगै जोडिएको गारेटे बाटो जहाँ मानिसहरु एकदमै हतारमा हिँडिरहेका छन् । सम्मभवत : टाढा जानु होला र समयमा आफ्नो गन्तव्यमा पुग्न चाहन्छन् । म नदिको किनारमा यसरी एक्लै टोलाएर एक टकले नदीतिर हेरेकि छु । कुनै कुनै बेला यसो कापि समातेर उर्लेका भावनाहरु व्यक्त गर्न कापि र कलम नि समातेको देख्दा होटेलमा चिया खान आउने प्रायका आँखा म माथि अडिन्थे । प्रश्न उनीहरुको अनुहारमा प्रष्ट देखिन्छ, के गर्दै छे यो केटी ? तर पनि म उनिहरुलाई कुनै उत्तर दिन नचाहने सोचले फेरी खोला तिर वा कापीमा आँखा गाड्न पुग्छु ।

साँच्चै भनौं भने कहिले उसलाई सम्झीदा, उ सँग एकछिन फोनमा कुरा गर्न पाउँदा प्रत्येक कुरा कति भव्य लाग्थ्यो । मेरो जीवनको यो पहिलो खुशी जुन मैले उसको प्रेममा पाएको थिएँ । हृदयमा यतिकै सजीव र प्रवल बनिरहोस भन्ने लाग्छ । कहिले यो आनन्द कम त हुने होइन भन्ने डरले आफ्नो आनन्दलाई पिजरामा बन्द गर्ने नकाम प्रयास गर्ने विचार पनि मनमा नआएको होइन ।

आज उ सँग कुरा गर्ने कत्रो मन हुँदापनि परिस्थीतिले भने साथ दिएन । कोसौं टाढा भएको साथीलाई सम्झँदा प्रत्येक यो क्षण बोझ लाग्दैछ अहिले । अफिसको कामले आएको मान्छे जति बेला नि उसैलाई सम्झीने । आँखा अगाडी केबल उसैको हँसिलो अनुहार देखापर्ने । मस्तिष्कलाई थाहा छ, दुरी उ र म बिच धेरै छ । तर यो मनलाई जति बुझाएनि एकहोरो जिद्धि गर्ने । उ त्यो पाखाबाट अहिले नै हाँस्दै आएर, के छ मेरो प्यारी ? भन्छ होला झैं पो हुने । हो मेरो अँध्यारो जीवनको प्रकाश । मेरो खाली जीवनको एक मात्र आशा । अब उ मात्र हो । उसले मलाई प्रेम नगर्ने होइन । सम्भवत उसको मनमा नि ठूलो आधिबेरी चलेको छ । तर त्यो भावना परिस्थितीले गर्दा न त अहिले उसले नै व्यक्त गर्न सकेको छ । न मैले नै ।

कति विवश । कति लाचार हुने यो प्रेममा । आफ्नो शरीरमा आफ्नै अधिकार नहुने रहेछ । हुनत अफिस फर्केपछि उ सँग भेट हुने त होइन । तर पनि आधुनिक इमेल इन्टरनेटले भावना आदान प्रदान गर्न हाम्रो मद्दत गर्दै आईरहेको छ । तर यो आधुनिकता पनि यो गाँउबाट अझ धेरै सताब्दी टाढा । साँच्चै सारै आत्तीँदै छु हिजो आज । हिजो आज त्यो मेरो अदृश्य प्रेमलाई हिनहुँजसो सपनामा देख्दै छु ।

कसैलाई भेट्ने प्रतिक्षा गर्दा जीवन कति लामो र एक्लो लाग्ने भरखर मात्र बुझें । अहिलेसम्म हाम्रो भेट भएको छैन भन्दा र सोच्दा नि अच्चम लाग्छ । छोटो समयमा हामीले लामो दुरी तय गरी हिँडिसकेका छम् । मैले उसको प्रेम प्रत्यक्ष महसुस गरेकी छु । उसले यो भोगी शरीरलाई नछोएको भएपनि मेरो आत्मा जुन पवित्र मानिन्छ त्यसका लागि उ अपरिचित छैन ।

 कति कति बेला उसलाई प्रेम नगरम जस्तो नि लाग्ने । समस्याले भरिएको जीवन परिस्थिती कति कति फरक र जटील । प्रयास नगरेको पनि त होइन । तर सबै प्रयास असफल भए । उल्टा आफैंलाई बढि पीडा हुने रहेछ । र सम्झना नी दोब्बर हुने । कहिले बिहान उठ्दा उठ्दै भो आजबाट अब फोन नि गर्दिन । र सकभर सम्झिन्नँ भन्ने निर्णय गरें । तर ती त एकछिन मै त्यो बिहान गरेको निर्णयको त होशै नहुने । मैले बिर्सिएकि रहिछु यसरी बिहानै उठ्ने बित्तिकै उसलाई बिर्सिने निर्णय गरेको त वास्तवमा उसलाई नै सम्झेर हो नी ।

 कहिलेकाहिँ आफैंलाई प्रश्न गर्न मन लाग्छ- के वास्तवमा नै मैले उसलाई प्रेम गरेको हो त ? म जस्तो महिला जसले प्रेमलाई कहिले पनि वास्तविकता ठानेन । सधै टाढा नै रहें । साथीभाईले प्रेमको कुरा गरे पनि उल्टै खिल्ली उडाउने । अहिले त आफैं यो अदृश्य प्रेम प्रति कति लगनशील, इमान्दार र भावुक भइछु । ओहो ! आफैंलाई पत्तो छैन ।

२-४ महिनामा हाम्रो भेट हुने भन्ने आशा छ । दिन गन्दै बसिरहेकी छु । उसको अपार प्रेममा डुबी सकेकी छु । जसरी मीरा कृष्णको प्रेममा डुबेकी थिन् । प्रेमले त मानिसलाई आध्यत्मा र भौतीक जीवनको आन्नद दिने रहेछ । पवित्र मनले गरेको प्रेम कुनै पूजा भन्दा कम हुने रहेनछ ।

सयौं जुनी पछि पाईने मानिसको जुनी । त्यसमापनि आधुनिक समाजमा जता हेर्दा नि स्वार्थ बाहेक अरु केही कहिँ पाइँदैन । यस्तो बेला कसैका लागि यदि यस्तो भावना जगृत हुन्छ भने र यो नै प्रेम हो भने मलाई खुशी र गर्व छ । मेरो मनमा उसको लागि यो भावना जागिरहेको छ ।

 मिति : ८ मे, २००९

समय : बेलुकी ६ बजे ।

(लेखिकाको आग्रहमा नम गोप्य राखिएको)


  • लेखिका गोप्य रहनु भएको रहेछ। तर, के गर्ने ! वास्तवमा नगरुँ भन्दा त्यहीं गर्न मन हुन्छ। केही छैन, नआतिनुस् तपाईंहरुको पक्कै भेट हुनेछ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -सिमली

    नगरौं भन्ने किन सोच्ने नी ! साँच्चै मन्ले सोच्यो भने किन दराउने ?
    तर ईमान्दारिता, बिस्वास् हुनुपर्‍यो । एकले अर्को लाई धोका दिन् भएन ।
    गुद लक।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -saurabha

    meropani jhandai yastai bhaako

    6 mahinaa jatimaa balla bhet bhayo ktm maa
    mero ghar antai ani unako ghar antai
    maile gharmaa baabu amaalaii nabhani ktm aayera unalaaii bheteko
    aba 1 year maa bihe garne ho
    taadha basera lov garda nikkai garo hune raichha
    lov pare pachhi yasto hune raichha ki tyo bhandaa arko laai ta aankhaale ni dekhdaina

    jati taadhaa bhayepani iimaandaar bhayo bhane safal hune raichha
    nepali samaajmaa yasso sangai dekhepani kuraa kaati haalchhan
    tyo pachaauna chaahi ali gaaro hune rahechha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -jiwan prakash

    ekdam raamro feeling, true love. mero pani love thiyo tara usale chhodi. uslaaii ta sajilo bhayo holaa tara malaaii ahile usle chhodepani gaaro bhairaako chha . mero jiwan baru sakiyos, satyaanas bhayehos, je sukai hos matlab chhaina, jasto sukai aptheropani sahanchhu tapaaiilaaii paauna, aru ta ma sochnai sakdina bhanthi. tara ahile chhodi kunai pani kaaran nadikana.
    gaaro malaaii bhairaakheko chha.

    mero jasto nahos tapâaiiko prem !!!!!!!!!!!!!!! sangai prem garepachhi autaaale maatrai chhodda arko laaii saaraai aaatma jalchha.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree