सोलुखुम्बुका वालवालिका पढाउन फ्रान्समा नेपाल साँझ

पेरिस बाट करिब ५५ किली टाढा को मोतातेयर  भन्ने सानो शहरमा थियो नेपाली साँझ । साँझको आयोजना गरेको थियो-सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा स्कूल, सौर्य उर्जा, धारो आदि बनाएर त्यहाँका स्थानिय बासीको दुखमा साथ दिँदै आएको नेपाल ए भु भन्ने संस्थाले । नेपाल ए भु का अध्यक्ष जँ पियर मेर्सिएले मलाई पटक पटक मेल र फोनबाट सम्झाएका थिए । निम्ता करिब ५ महिनाजति पहिलेदेखिबाट पठाएपनि बिहानै सहयोग गर्न पुग्नेमा म एक्लो नेपाली थिएँ । अघिल्ला वर्षहरुमा काजी शेर्पाले सहयोग गर्दै आएकोमा यो वर्ष उनी जान भ्याएनछन् । धन्न बेलुका कार्यक्रम शुरु हुने बेलमा एभरेष्ट एसोसियनकि अध्यक्ष आफ्नी छोरी सुजाता र छोरो निलकण्ठलाई लिएर आइपुगे दाई निर्मल केसी । नत्र म एक्लो नेपाली हुने । अरु कोहि नेपाली गएनछन् ।

म सहयोग गर्न बिहानै देखि आउँछु भनेपछि त्यहि संस्थाका उनैका साथी फिलिप लिन आए । बिहानै देखि गएर हल मिलाउने, खाना, पोष्टर, उपहारका सामान आदि ईत्यादि मिलाउने काम गरियो । कार्यक्रम ७ बजेबाट शुरु भयो । ओहो हो हो यि फ्रान्सेलीले कति मेहनत गर्ने !! झल्लर सल्लर टाँगेर, हल सिँगारेर पुरै स्वयम्भुनाथ जस्तो बनाएका । स्लाईड देखाएका थिए जसमा सय भन्दा बढि त नेपालका आँखै अडिएको अडियै गर्ने खालका सुन्दर तस्बिर । पुरा नेपाली संगित ।

दाल, भात, तरकारी, अचार अनि खाना पछि दिईने डेसर्ट (मुख मिठ्याउने भने कसो होला ?) तयार पार्दै महिलाहरु । यसमा कहिल्यै नेपाल नगएका पनि थिए । यि नानी र यिनकी बहिनीले समेत सहयोग गरे दिनभरी सानोतिनो काम गरेर। उनीकी आमा समेत अहिले सम्म नेपाल नगएकि रे । तर नेपाली कार्यक्रममा सहयोग गर्न आउने । अनि सोलुखुम्बुका वालवालिकालाई पढाउन वार्षिक केहि रकम दिँदै आएकी ।

दाल, भात, तरकारी र मासु पकाइसकेपछिका ठुला डेक्चीको पाइलोटीङ गर्दै थिए यि तेरी मेर्सिए । नेपाल ए भु भन्ने त्यो आयोजक संस्थाका अध्यक्ष यिनैका बाबु हुन् । यि पनि नेपालका असाध्यै प्रेमी ।

त्यहि डेसर्ट बनाउँदै महिला । देब्रेतिरकी यि महिला अहिलेसम्म नेपाल नगएकि । तर नेपाल ए भु (नेपाल र तपाई भन्ने अर्थ लाग्छ) ले यस्तो कार्यक्रम गरेर, नेपाली खाना खुवाएर बचेको पैसाले नेपालका बिकट ठाउँका वालवालिक पठाउँछ रे, विकास निर्माणका काम गर्छ रे भन्ने सुनेपछि  नेपाललाई सहयोग गर्दै आएकि ।

यि दुई जनालाई भने ढोकैमा नेपाली ढाकाका चौबन्दी लगाएर प्रति ब्यक्ति १६ यूरो उठाउन राखिएको थियो । पस्नासाथ नेपाली पहिरनमा आफ्नै देशका महिला देख्दा निकै रमाएका थिए आगन्तुकहरु ।

                    नेपाल झल्काउने केहि तस्बिर यसरि राखिएका थिए ।

                    नेपालका तस्बिर हेर्नेहरुको त्यसैले निकै चासो थियो ।

                 सानी नानीको नेपाल चासो । पशुपतीनाथको पोष्टर हेरेर दंग पर्दै ।

नेपालका गहना, भित्ते पात्रो, दैनिकी लेख्ने नेपाली कागजका प्याड, धुप लगायतका सामाग्रिमा पनि निक्कै आकर्षण थियो आगन्तुकको ।

नेपालमा डोको किन बोकिन्छ, कसरि बोकिन्छ भनेर चासो राख्नेपनि थिए । अनि नेपाल ए भुका जँ पियर भने सिकाउँदै थिए ।

                   त्यसैले हलभरि सहभागिहरुपनि टन्नै थिए ।

कार्यक्रममा नेपाली न्रित्य देखाउनु पर्‍यो भनेर आग्रह गरेका रहेछन् उनले पेरिस बस्ने नेपाली कलाकरहरुलाई । सम्पर्क कसरि राखे कुन्नी अस्विकार गरेछन् । अनि उनले मोरिससका कलाकारलाई बोलाएछन् । उनीहरुले भने सहजै स्विकार गरेर निशुल्क नेखाइदिएछन् न्रित्यहरु ।

झुक्किनुहोला नी ! म त होइन है शेर्पीनी !! न्रित्य जम्न थालेपछि नाचेर रमाईलो गर्नेपनि थिए । एक जना यि फ्रान्सेली दिदी चाहिँ शेर्पा पहिरनमा ठाँटिँदै नाचेकि थिईन ।

कार्यक्रम राम्रो भयो । आगन्तुकहरु असाध्यै रमाएअनि त्यो देखेर नाच जम्दा त अध्यक्षलेपनि खप्नै सकेनछन् क्यारे । अनि त टाई लगाएका उनी थाले नाच्न । सँगै उनैको एसोसिएसनका दुई जना साथीपनि अरुलाई हौस्याउँदै नाच्न लागे।

सोलुखुम्बुमा ‘नेपाल ए भु’ले बनाएको स्कूल भवन । उनीहरुले त्यहाँ यस्ता केहि स्कूल भवन बनाएका छन् । एउटा क्याम्पस बनाउँदै छन् । शिक्षककालागि आवास ग्रिहपनि निर्माण गरेका छन् । खानी पानीको धारो, सोलार प्रविधीमा बत्तीपनि बनाइदिएका छन् । अब ३८ हजार यूरो (करिब ४० लाख नेपाली रुपियाँ) मा त्यहाँ एउटा झलुंगे पूल बनाइदिँदै छन् । र उनीहरुले खर्च र आम्दानी सबै कार्यक्रम हुने दिन सबैले देख्ने गरि लेखेर राखिदिएका हुन्छन् कार्यक्रम हलमै ।

  • Sagar Sharma

    Very good dadhi jee. for such touchy information. Thanks to you and all French who are doing something for our poor people in Solukhumbu.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -mamata chhetri

    Great news, great work and including Jean Pierre all of Nepal A Vu are great friends of Nepal.
    Thank you somuch for your kindness !! Ittouched me somuch !!Many thanks to Dadiji for helping such work and bringing this news to all.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Pukar

    very nice news yesari nai sabai ko dimak ma buddi ai dini bhaya sayad Garib haru ko lagi rahat ko batabarn chito bhanni tiyo

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rajadh

    bravo! wonderful job.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • palpali Mgr-Tara Thapa

    धन्न्यबाद दधी जी फोटो समाचारका लागि बिदेशीहरुको यो अद्द्भुत नेपाल प्रेमी र समाज सेवाको एस्तो द्रिस्य देख्दा आफुलाई आत्मग्लानी र स्रद्दाले शिर झुक्दछ,उनीहरुको पनि अपुत सम्पत्ती कहाँको हुदो रैछ नी थोपा थोपा जम्मा गर्दै खोला बगाउन सक्ने यिनीहरुको तरिका सेवा भावना अन्तर हृदय बाट नै प्रस्फुटित गर्न सक्छन स्वार्थ रहित जीवन जिउछन अनी आफुलाई सोस्थ र गर्ब ठान्छन तर हाम्रो नेपालीहरुको माहोल परिबेश ठीक बिपरित छ त्यो उनीहरुको सहयोग सबै क्वाप्लाकै कसरी खाना पाउने भन्दै योजना बुन्दैछन होला, हे नेपाली आमा तिमी नरौ तिमीलाई bhalo चिताउने हातहरुको पनि कमी छैन यो सन्सारमा ……………………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Bikram Thapa

    THXXXXX NEPAL A BHU IF OUR PLOTICAL LEDAR DO THAT OOO DONT ASK ABOUT OUR NEPAL BUT OUR LEDER ALL HIS IN POKET

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -HIMAL SHARMA

    Great work and great people. supporting poor nepalis of the mountain. you are doing the work of our government and work of our embassy .

    Jean pir thank you so much and thank you so much all participants came to help Nepal. I feel lke crying seeing your help.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree