लाचार ग्रिहमन्त्री
ब्यवस्थापिका, न्यायपालिका र कार्यपालीका पछि संचार क्षेत्र पर्छ । त्यसैले त चौथो अंग भनिएको हो संचारलाई । ति तिन अंगका मुलीहरुको विशेष सुरक्षापछि विश्वमा जतापनि संचार क्षेत्र र झन त्यसका संचालकको सुरक्षा हेरिन्छ। तर नेपालमा ? त्यत्रो स्पेश टाईम नेटवर्ककै संचालक जमिम शाहको दिन दहाडै हत्या गरियो । त्योपनि ग्रिह मन्त्रीलेनै चौबिसै घण्टा उच्च सुरक्षा निगरानी छ भनेर फलाकेकै ठाउँमा । घटना भयो, हत्याराहरु सहि सलामत पेस्तोल नचाउँदै भागे । तर उनको हत्यामा संलग्न पक्राउ पर्नु त परै जाओस सरकारी सुरक्षा अंगका मानिस स्पष्ठ प्रतिक्रिया दिँदैनन् । ग्रिह मन्त्री बिदेशको यात्रामा सयर छन्। यो भन्दा लाचार, घिन लाग्दो, नामर्दोपना, असक्षमता अरु के हुन्छ ?
यदि चौबिसै घण्टा सुरक्षा निगरानी थिएन भने ग्रिह मन्त्रीले किन ढाँटे ? थियो भने हत्यारा किन पक्राउ पर्न सकेनन् ? नेपालका गुप्तचरहरुलाई किन तलब खुवाएर राज्यले पाल्छ ? हत्याको योजना बुन्नु अगाडि कहिल्यै गुप्तचरी गर्न नसक्ने गुप्तचर किन पालिराख्ने ?
घटनाक्रम हेर्दा सामान्य लाग्दैन । किनभने भारतीय जाली नोटको कारोबार गरेको आरोप लगाउँदै अर्का टेलिभिजन संचालक युनुश अन्सारीलाई सरकारले पक्रेर बयान लिन भारतीयलाई दियो । उनी भारत बिरोधी भनेर चिनिन्थे । जमिम शाहपनि भारत बिरोधी भनेरै चिनिन्थे । अनि उनलाई पटक पटक भारतीयहरुले कार्वाही गर्न दबाब दिने गरेको मेडियामा छाउँथ्यो । त्यसका बारेमा नेपालको सुरक्षा अंग त के धेरै नागरिक समेत जानकार छन् । त्यति हुँदा हुँदै किन सरकारले उनको सुरक्षा गर्न सकेन ? र घटनापनि किन ग्रिह मन्त्री भारतबाट साउती मारेर आएलगत्तै भयो ? ग्रिहमन्त्री फेरी बिदेश भ्रमणकै बेला कसरि भयो ?
ग्रिहमन्त्रीले भारतको भ्रमण गर्नु, भारतले सुपुर्दगी सन्धिमा हस्ताक्षरमा दबाब दिनु तर नेपालले ईन्कार गर्नु, ग्रिह मन्त्रीले लाजिम्पाट क्षेत्रमा जतिखेरपनि उच्च सुरक्षा छ भन्नु र त्यहिँ जमिम शाह मारिनु, महाराजगंज मै भएको प्रहरी बिटका सुरक्षाकर्मी सर्वसाधारणले उनलाई अस्पत्ताल पुराउन्जेलपनि नआइपुग्नु, घटनापछि सुरक्षा अंगका उच्च अधिकारीहरु कोहि मुख खोल्न नमान्नु त कोहि फोन बिच्छेद गरेर बस्नु । गोली हान्नेहरु झन प्रहरीकै बिटतिरबाट भाग्नु। हत्याराहरु भारतीय मुलकै हुनु । के हो संयोग मात्रै हो ? २४ सै घण्टा उच्च सुरक्षा छ किन भने उनले ? यो घटनामा ग्रिह मन्त्री स्वयंकै बिदेशी सित साँठगाँठ छैन भनेर कसरि पत्याउने ?
————————————————————————————-
[प्रणय दिवस (Valentine's Day) का उपलक्ष्यमा प्रेम पत्र, गित र कविता लेखेर पठाउनुहोस सभ्य र रोचक भाषामा । कसैको ब्यक्तिगत जिवन र प्रतिष्ठामा आघात नपुग्नेगरि लेख्नुहोला। सामाग्रि छोटो, मिठो र चाखलाग्दोका आधारमा राखिने छ । आफ्नो लेख, रचना, अनुभव, अनुभूती आफ्नो तस्बिर सहित राख्नपनि सक्नुहुनेछ। त्यस्ता सामाग्रि काल्पनिक नाममापनि राख्न सकिन्छ । रचना कम्तिमा नेपालको समय अनुसार फर्वरी १२ को साँझसम्ममा आइपुग्नुपर्ने छ-नेपालप्लस]


नेपाल का काश्मिरी मुसलमान हरु दाउद इब्राहिम र बिना लादेन का भरिया हुन्
हामि नेपालि हरु चै भारत बिरोधि यी शक्ति हरु लाइ आफ्नो bhaनेर संग्रक्ष्यन र समर्थन गरेर हिडेका छौ, तर माउ खाने ले बाछ्चो राख्ने छैन
यिनीहरु ले नेपाल मा ग्याङ्ग वार भित्र्याई सकेको स्पस्ट छ
[Reply]
DADI SIR ,I AM NOT SUPPORTING INDIA BUT ONE DAY IT WILL PROOVE JAMIM SAHA HAS VERY BIG RELATION WITH DAUD…AND HE USE TO CONTRIBUTE BUSINESS WITH DAUD,,,,.ALL PAKI WHO LIVE IN NEPAL HAS ALOT OF CONTRIBUTION WITH HIM.THEY HAD ALOT OF WORK DONE AGAINST INDIA…INFRONT OF ME JAMIM THREAT PARAS SAHA (EX CROWN PRINCE…).EVERYONNE KNOWS EVEN PARAS DRUNK HE IS ALWAYS AFRAID WITH JAMIM…WHY ???? THIS WAS B4 14 YEARS,,,,
IT WILL NOT TAKE LONG TIME TO PROVED THAT.HE WAS ABLE TO BUY OUR POLITICIAN THATS WHY HE WAS SAVE,,,ALL KASMIRI SHOULD LEAVE NEPAL AS SOON AS BETTER FOR OUR COUNTRY 100 % THEY ARE DOING SUCH A SAME WORK AGAINST INDIA AND WE ARE THE ONE PAYING THAT…EVERY ONE KNOWS HOW OUR POLITICIAN MAKING DECISION,,,ANY ONE CAN BUY THEM ANYTIME……ALL OF THEM….
BUT HE WAS NEPALESE CITIZEN …HE SHOULD NOT KILLED FROM THAT WAY,,,,,
[Reply]
कतै तपाईंपनी जमिज शाह को हत्यरा पत्त लगudai हुनुहुन्छ? यो फिल्म हेर्नुस्, र तैकिकत गर्नुहोस्.
http://thenepalusamovies.blogspot.com/2010/02/rann-2010.html
[Reply]
जमिम शाह नेपालि हैन, हिजो मात्र भारतको काश्मिर बाट छिरेको भारतीय धोति हो
साच्चै नेपालि कति बलात्क्रिता हुन्छन, कति मारीइ रहेका छन, ति गरिब दुखि नेपालि को चै कुनै कतै कुरो छैन, यौटा करोडपति तस्कर को चै यत्रो भजन मन्चन
भारत बिरोधि त हामि सबै नेपालि छौ ; किन त्यै मानिस को हत्या भो? किनकि त्यो तस्कर थियो, त्यसैले !!!!!!!!
जमिम शाह लाइ सपोर्ट गर्ने हरु या त दाउद का चम्चा हुन् या प्रचण्ड लाइ प्रधान मन्त्रि बन्न नदिएको ले भारत सग रिस पोख्ने को जमात हो
[Reply]