रहेछ नी त जनयुद्दकै तयारी

“क्यान्टोन्मेन्टका हतियार समेत उठाएर लड्न सकिन्छ”

मैले नोभेम्बर २९ मा “कहाँ टुंगिनु ? झन ठुलो जनयुद्दको तयारी” शिर्षकमा एउटा राजनितिक समाचार लेखेको थिएँ । शिर्षकले भनेझैं माओवादी जनयुद्द टुंगिएको छैन र अर्को झन ठुलो जनयुद्दको तयारि गरिँदै छ भन्ने थियो समाचारमा । त्यतिबेला नेपालको राजनितिबारे तातो भुत्लो ज्ञान नभएका, बुझ्ने ह्याउ नभएका र स्रोत र पहुँच समेत नभएका बिदेशमा डलर र यूरो कमाउँदै बसेका आफुलाई प्रचण्ड र बाबुराम भट्ट्टराई भन्दापनि अझ ठुलो नेता ठान्ने माओवादीका केहि ठेट्नाहरुलाई खुब झोंक चलेछ । सबै गोप्यता खोलिएर सबै भताभुंग हुन्छ कि झैं लागेछ कि कुन्नी ! बुझ्नु न सुझ्नुसित खुब बम्किए । तर हिजो त्यहि समाचारको पुष्टि गरिदिए माओवादीका एक वरिष्ठ नेताले नै । त्योपनि सार्वजनिक  कार्यक्रममा गएर ।

अर्को जनयुद्द नहोस । फेरी काटमार नचलोस् । जनताको रगत नबगोस् । शान्तिपूर्ण रुपले नेताले गणतान्त्रिक संबिधान बनाउन् । सबै जात जाति, वर्ग, धर्म, समुदाय र भाषीहरुले अधिकार पाउन् । यहि हो मेरो कामना । तर पनि मलाई के कुरामा खुशि लाग्यो भने मैले साँढे दुई महिना अघि लेखेको समाचार अहिले माओवादी वरिष्ठ नेतालेनै पुष्ठि गरे ।  

त्यो सार्वजनिक गर्नेपनि चानचुने नेता हुन् र ? सिपी गजुरेल । एकिक्रित नेकपा माओवादीका केन्द्रिय सचिव । हिजो मोरङको कटहरी पुगेका उनले हाकै भनिदिए-हामी कहाँ सत्ता छोड्छौं ?  हामी त सत्ता बरु कब्जा गरेर लिने पक्षमा छौं । त्यसै छोडिन्छ सत्ता ?

उनले माओवादीले मुक्तिकालागि शुरु गरेको क्रान्ति पुरा नभएकाले आन्दोलन जारी राखेको र त्यो पुरा नहुन्जेल चुप लागेर नबस्ने बरु अझ उच्च खालको क्रान्ति गर्ने पक्षमा माओवादी रहेको पनि स्पष्ठ पारिदिएछन् । उनले त अझ के पनि भने, “संबिधान सभाबाट जनपक्षिय संबिधान बन्न नदिने षडयन्त्र भैराखेको छ । त्यस्तो अवस्था आएमा जनयुद्द छोड्ने होइन कि बरु क्यान्टोन्मेन्टका हतियार समेत उठाएर लड्न सकिन्छ”।

चार महिनाभित्रमा जनपक्षिय संबिधान नबने माओवादीले बिद्रोह गर्ने दाबी गरेका उनले माओवादीले अर्को युद्द गरेर भएपनि जनतालाई अधिकार सम्पन्न गराएरै छाड्ने बताए । जनताले पटक पटक तिरष्कार गरेकाबाट देश चलाउन नपाउने परिपाटी बसाल्न फेरी बिद्रोह आवश्यक रहेको उनको बुझाई रहेछ ।

  • Balaram Thapa

    सि. पि. गजुरेल माओवादी पार्टीभित्र उच्च कोटीका वौद्धिक नेताहरु मध्येमा पर्दछन । उनले भनेका कतिपय कुराहरु माओवादीमा लागु हुँदै आएको छ । त्यसैले लेखकको पूर्वानुमान सही छ । तर अब हुने “जनयुद्ध​” अर्कै खालको हुनेछ । बाहिर युद्धकला प्रशिछित वाईसिएल र आवाराहरु सर्वहाराहरु छंदैछन्, त्यसमा अयोग्य घोषित लडाकुहरु घाइते बाघ जस्तै थपिएका छन । तिनले शहर बजार गाउँ वस्तीमा सर्वसाधारण जनतालाई उचाल्ने थचार्ने आतंकित पार्ने र आतंक मार्फ़तै जनतालाई आफ़ू प्रति आकर्षित (आत्मसमर्पित​) गराउने काम गर्नेछन । माओवादी इत्तर दलका निहत्था नेता कार्यकर्ता माथि हिटलरी अत्याचार हुनेछ । त्यतिले पनि नपुगेमा सफ़ाया अभियान नै चलाइने छ । उता समायोजन गरिएका लडाकुहरुले नेपाली सेनालाई विभाजित गर्ने, आपसमा लडाउने भिडाउने र त्यसले पनि नपुगे एडसको भाइरसले जस्तै पूर्ण सिथिल बनाउने काम गर्ने छन । माओवादीले यसरि सत्ता कब्जा गर्नेछ ।

    तर कुरा यतिमै टुंगिने छैन । माओवादी इत्तर दलका नेताहरु भारतमा शरण लिन पुग्ने छन । तिनले १९५० को सन्धिको दुहाई दिंदै माओवादी सरकारलाई अपदस्त गरी शान्ति सुरक्षा कायम गरिदिन भारतलाई गुहार्ने छन । यसरि राष्ट्रवादको नाममा माओवादीले र लोकतन्त्रको नाममा माओवादी इत्तर राजनीतिक शक्ति मिलेर नेपालमा भारतको प्रत्यक्ष सैनिक हस्तछेप गराउने छन । नेपाली राजनीतिक दल र नेताहरुबाट वाक्क दिक्क भ​एका अधिकाँश जनताले नजानेर नचाहेर पनि भारतीय सेनालाई स्वागत गनेछ । त्यस पछि नेपालमा नेपाली लेण्डुप दोर्जेहरुको अन्तरीम सरकार बन्ने छ । त्यसले फेरी अर्को संविधानसभा निर्वाचन गर्नेछ जसमा भारतीय दलालहरुको प्रचण्ड बहुमत हुनेछ जसले नेपाललाई भारतको एउटा प्रान्त बनाउने प्रस्तावलाई पारित गर्नेछ । यसरी नेपालको स्वतन्त्र अस्तित्व सदाका लागि समाप्त पारिनेछ ।

    वास्तवमा नेपालका प्रमुख दलहरु सबै भारतका दलाल नै हुन जसले नेपाललाई अर्को सिक्किम बनाउने आधार तयार गर्न ज्यान फ़ालेर लागिपरेका छन् ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jeevan kunwar

    yo dherai ramro bujai rahechha ra aba yesta varstachariko jamat ko ragat le holi khelna pauna paros na ki garib janata ko. ra aba yeuta bidhroha ko ati aabasyek chha tesko lagi ma junsukai thau ra junsukai kunama vayepani des ra janatako muktiko lagi satha dina aaipugchhu

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Pukar

    Yo kura aja bhanda paila nai nepali janata le bujna parni ho mawobadi le k chahancha bhanne kura jaba samma mawobadi samapta hudaina desh ma santi audaina please youba daju bhai haru didi bahini haru aunos aba hami sabai milera mawobadi lei pakha lagauna parcha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita Ghimire

    Dikka lagi sakyo aab desh kun disha tarfa jane ho ………..???????????? hamro bhabisey gaisakeko chha . khai k garne ho ? desh ko ali ramro awastha hola, ke hi kaam garna sakiyela bhanne socheko. hola jasto chhina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • nepalma ahile khaobadi haruko sarkhar chh tyo hamro lagi derai dhukha ko kura ho kinaki tinai 24dale khaobadiharule nepalma bigat 15barsa sasan chlay r desh lai sauth asiyakai vrastachari kamation khori ghari yo maobadi janmay ahile jantale janamukhi sambidan banauna maobadilai manded thiya tara janamukhi sambidan banauna nadina ye khaobabiharu chhatpatay daray yo desma kahilyai hamra hatama satta naaune dekhera varat lai ghuharera ahile tinai khaobadiharuko sarkharchha ya sakhar janatale harayako sarkhar ho tyasaile yo deshma ajha arko 10barsa janayudha abasyak chha ra ti khaobadi harulai eak eak ghary ghundyayar phasi denu parchha janatale ajhai pani yo maobadilai sath denechhan ra madeshma pani samantiharuko jag ukhelna bakichha tyaha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Pukar Reply:

    Aha kati ramro sochai hai hajur ko Ani feri hajur ko mawobadi ko sasan kal ma ke lakharpato lagyo ni ?? ani feri tinai kwaobadi haru saga darayara cherdai hidni tapai ko mawobadi le pani kehi garna sakcha jasto lagyo ahile pani ?? Yes mawobadi le Sambidhan chahancha janata mukhi (Janata ko samu mukh le tikka garna kehi pardina bhasan matra ) yehi hoina ta janata mukhi sambidhan hey mitra mawobadi lai sabai le chini sakeko cha aba ani N.c Ani Amale bhanda pani gaya gujreko parti ho mawobadi janata lai tarsayara damkayara layako ho ni bahumat ta tai bhayara ahile pani sambidhan lekhna bhanda paila ladaku samayojan garna parcha bhanda maneko chaina ni hoina ?? Aba pani janata lai bedabakhara jasto bhanayara Agadi jana garho nai parla Parchanda

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ekalavya sharma

    Balaram Thapa,

    Your analysis can not be ignored. People hated monarchy and terminated . Now people hate and are frustrated with present pro 1990 political parties. Maoist are on top because of their cadre and weaponary just like Talibans were on top once in Afganistan. History has witness that many times people have welcomed foreign forces when its unbearable to bear brutality and exploitation of their own leaders. India is ready to grip that opportunity if it comes. Peopel have faith in none of present existing institution in Nepal. We can do nothing except hope for your comment not come true.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Balaram Thapa Reply:

    एकलव्य शर्माज्यू,
    म पनि चाहन्छु मेरो अनुमान कहिल्यै सत्यमा अनुवाद नहोस । तर मुलुक अफ़गानिस्तानको बाटोमा हिंड्न लागेको स्पष्टै देखिइसक्यो । त्यसको विकल्प भनेको क्याम्बोडियाको नियती भोग्नु हो ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sherpa ji

    ददी जि,
    हैन के हो, तपाईंको पत्रकारितामा खाली माओबाद्को जिन्दाबाद मात्र लुकेको छ कि क्या हो ? खै एसो नयाँ नौलो खबर किन्न पाइन्न बन्या?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • I think all those Nepalese leaders have crustacians on their brain… Nepal remains the same for centuries to come by… I think so

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree