फेरि लिएर आउनेछु सानु मायाँको संसार

-सहित शर्मा / ईराक

विगतको जस्तै यसवर्षपनि प्रणय दिवस (Valentine’s Day) को मिठास समयमा तिम्रो नजिक वसेर तिमी संगको रमाइलो पल विताउन नपाए पनि टाढाबाट, समुन्द्रपारीको देशबाट असिमित माया सम्झना अनि मिठो चुम्वन…….. क्रिपया स्वीकार गर ल ?

सानु समयको चक्र अनि वाध्यताको भुमरीसंगै गुजार्न पर्ने हाम्रो जिवनको यो क्षणमा हामी भौतिक अर्थात शारिरिक रुपमा जति नै टाढा भए पनि म भित्र भएको मिठो मायाको पोको कसैसंग नसाटी मात्र तिम्रो याद र सम्झनामा दिन रात बिताईरहेको छु । विगतमा भएका मिठा क्षणहरुको याद अनि आउदा दिनहरुमा हुने मिठो मिलनको कल्पनामा यी कहालीलाग्दा दिनहरुलाई र्सवसुलभ बनाउने प्रयास गर्दै विताएको छु ।

आसा छ, तिमी अनि मेरो आखाको नानी छोरी पनि मात्र मेरो याद र भेटको प्रतिक्षामा प्यासलाग्दा दिनहरु विताईरहेकी छौ । सानु जिवनमा नचाहेर पनि टाढा हुन पर्दा रहेछ । आहा सम्झिँदापनि कति आनन्द लागेर आउँछ । कति मिठा थिए है विगतका ति पलहरु। त्यतीवेला न त कुनै कुराको चिन्ता नै थियो । न त कसैले हामीलाई रोकेको जस्तो नै लाग्थ्यो । न त छेकेको जस्तो नै । रात दिन अनि झरी वादल सबै प्रिय थिए हाम्रो लागी ।

पानीमा भिज्दै भिज्दै जिस्किँदै वाटोमा हिड्ने अनि गएर कोठामा एक अर्काको छातीमा टास्सिँदा लाग्थ्यो – हाम्रो यो मायाको संसार सदा हामीसंग नै रहने छ । तर साहुको रिण अनि समयको खेलले गर्दा नचाहँदा नचाहँदै सानी छोरी अनि तिमीलाई छोडेर विधाइका हात हल्लाउन वाध्य भएँ । तिमी पनि असहमतीको मुन्टो हल्लाउँदै ‘जानु’ भन्न वाध्य भयौ । समयले हामीलाई वाध्य पार्यो । कुनै दिन तिम्रो आँखाको आसु छचल्क्याउँदै बाटो लागेको थिएँ । कुनै दिन हाम्रो धेरै खुशी अनि हाम्रो माया अनि अंगालो चुम्वन …..को पर्खाइलाई अन्त्य गर्दे फेरी एउटा मायाको संसार लिएर आउनेछु जहाँ न त साहूको रिणले नै पिरोल्ने छ न त अरुका तापले । मात्र मायाको अनि खुशीको संसार । मात्र खुशीको सानु । यो वर्ष यो रमाइलो क्षणमा तिमीवाट टाढा भएपनि आउँदो (Valentine’s Day) तिमीसंग नै विताउने वाचा गर्दै…….

 Happy Valentine’s Day my sweet heart !!!! I love you so much !! always be happy.

I LOVE YOU SANU

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree