यसरिपनि हुने रहेछ नेपालमा भ्रष्टाचार

नियत जसरि जहाँ पाएपनि चुस्छु, देश कंगालै बनाउँछु, लुटेरै कमाउँछु भनेर लागेपछि जसरिपनि भ्रष्टाचार हुने रहेछ । हेर्नुस त यो तस्बिर । धेरै समय भयो साँफेदेखि मंगलसेनसम्म सडक निर्माणको चर्चा भएको । सडक बनेर कहिल्यै गतिलोसित पुरा हुने होइन । तर भ्रष्टाचार भने शुरुबाटै । सडक बनाउने ठाउँका कुलेसा र खहरेमा राखिनुपर्ने हेम पाइपको साटो यस्ता जस्तापाता राखेर भ्रष्टाचार हुने गरेको रहेछ ।

यो बाटो बन्ने चर्चा चल्न लागेको एक दशकपनि बढि भयो । लम्बाई ३२ देखि ३५ किमी हो जम्मा । कहिले बन्ने ? सडक बनाउँदा राखिनुपर्ने हेम पाइपमै यसरि भ्रष्टाचार भएपछि कसरि बन्छ सडक ? गाडि गुड्ने सडकमा ठेकदारले हेम पाईपको साटो यस्ता कर्कट पाता राखिदिए पछि कति खप्छ त्यस्तो सडक ? पानी छेक्न छतमा ठोकिने जस्ता पाताले धान्छ गाडी ? अनि गाडि गुड्दा भासिएर हुँदैन त दूर्घटना ?

एउटा हेम्प पाईपको दाम कम्तिमा १० हजार रुपियाँ पर्छ । तर एउटा जस्ता पातालाई १५ सय रुपियाँपनि पर्दैन । गत अगष्ट महिनामै सडक बनाउने ठेकदारले यसरि हेम पाईपको साटो भटाभट जस्तापाता राख्दै ठगेको रहेछ । अहिले सम्म न त सडक बनेको छ नत निगरानीनै भएको छ । ठेगदारले कति ठग्दै होला यसैगरि जस्तापाता राखेर ? यसको जिम्मेवारी कसले लिने ? निगरानी कसले गर्ने ?

  • Narayan sharma magragadi 5 bardiya

    Sabai le lutne deshma yo ta sano lutai ho ke garne lutahako desma basera hami jastale tulutulu herna bahek kenai garna sakchau ra gar6u bhanne harunai lutaha 6n

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • tara

    “khattam nepal ………”bhanera bhanna man laageko ta chhaina aba k garnu..??

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • thapa rajbarsingha / canada

    WHAT TO DO ALL DAM POLITICIAN ARE SAME ………

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    सरकार का मन्त्रीहरु नै घुस खायेर चुपचाप बसेपछी कसले अनुगमन गर्ने ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sherpaji

    Danna usle ta jastako pata lagayecha ma bako baye malingoko pato halne thiye,

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree