फ्रान्सका पर्यटक एक रुपियाँमै नेपाल पुर्याउने ?
पर्यटन प्रवर्धनको कुरा निस्कनासाथ हामी लाखौं अझ करोडौं डलरको कुरा गर्छौं । बिदेशमा प्रचार प्रसार गर्न थोरै पैसाले हुँदैन, पुग्दैन, सानोतिनो श्रमले सकिन्न भन्दै । तर अक्किल, सिप, लगनशिलता, आँट, प्रतिबद्यता हुने हो भने एक रुपियाँ खर्चेरैपनि बिदेशीलाई नेपालप्रति आकर्षित गर्न सकिने रहेछ । एक रुपियाँ हातमा राखिदिँदापनि नेपाल जाने वाचा गर्ने रहेछन् । नेपाली रुपियाँ हातमा राखेर रुँदै “नेपाल जान्छु” भन्ने कसम खाने रहेछन् । हो, नेपालका एक सहयोगि, नेपालप्रेमीले यसपटक त्यसै गरेर फ्रान्सेलीलाई नेपालप्रति लोभ्याए ।
सोलुखुम्बु जिल्लाको खासगरि हेवा गाउँमा स्कूल, खानेपानी, चर्पी, क्याम्पस र सौर्य उर्जाबाट बिजुली बत्ती बालिदिएर दूर्गम गाउँलेलाई सहयोग गर्दै आएका नेपाल ए भु (नेपाल र तपाई) एसोसिएसनका अध्यक्ष जँ पियर मेर्सियले त्यसैगरि नेपाल जान फ्रान्सेलीलाई लोभ्याए ।
“धेरै दिनु पर्दैन, ठुलो रकमपनि हामी सित छैन प्रचार प्रसार गर्न । तर हामी सानै कुराबाट फ्रान्सेलीको मन जितेर नेपाल जाने जाने बनाउँछौं” भन्दै उनले नेपाल नजानेहरुलाई नेपाल घुम्ने निम्तोका रुपमा एक, दुई र पाँच रुपियाँका नेपाली नोट दिएका थिए । उनले नेपाल साँझ भनेर फर्वरी महिनाको ६ तारिखका दिन आयोजना गरेको कार्यक्रममा त्यसो गरेका हुन् ।
उनले राजा बीरेन्द्र अंकित नोट दिएका थिए। राजा बीरेन्द्र उदार र प्रजातान्त्रिक छबीका राजा भएको र दरबार हत्याकाण्डमा उनी मारिएको पनि बताए। नेपालका अहिलेका नोटहरुमा अब त्यस्ता राजा देख्न नपाइनाले ति नोट दूर्लभ भएकालेपनि जतनसाथ नेपालको भ्रमणको निम्तो र चिनोका रुपमा राख्न आग्रह गर्दा फ्रान्सेलीहरु भावुक बने ।
“मैले पहिलो पटक पाएको चिनो त्यस्तै जतन गरेर राख्दा राख्दा म २० पटक भन्दा बढि नेपाल गैसकें” फ्रान्सेलीहरुलाई हौस्याएका थिए । नोट लिने दर्शकहरुलेपनि नेपाली रुपियाँ लिएपछि नेपाल कसरि जाने ? कहिले राम्रो ? कति पैसा लाग्छ ? हामीलाई सहयोग गर्ने हो भनेर नेपाल जानकोलागि निकै चासो राखेका थिए । कोहि त्यहिँ नेपाल जान्छु भनेर वाचा गर्नेपनि थिए ।
यो संबन्धि समाचार “नेपाल जाने निम्तो” शिर्षकमा कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमापनि मेरो नाममा प्रकाशित भएको छ अघिल्लो हप्ता ।






such a great idea.
मन परो वा परेन:
0
0
[Reply]
So good to hear such a nice news!
मन परो वा परेन:
0
0
[Reply]
त्यों पाजी बिरेन्द्र मात्र कुन ड्यांक को मुला हो
आज नेपाल बिग्रेको त्येसैको कारन ले हो
रास्टीय प्रजातंत्र पार्टी पेरिस मा चादै खोल्दै छ
मन परो वा परेन:
0
0
[Reply]
हृदय देखी नै धन्यबाद छ जँ पियर मेर्सिय लाई नेपालको लागी यती ठुलो काम गर्नु भएकोमा
मन परो वा परेन:
0
0
[Reply]
tara yahaa nepali haru bhane chautaa khaana mai ladirahekaachhan..uniharu nepal aaera k siklaan ta……..????
मन परो वा परेन:
0
0
[Reply]
tara yahaa nepali haru bhane chautaa khaana mai ladirahekaachhan..uniharu nepal aaera k siklaan ta……..???? ke kuraa dekhaune..?? malaai ta laaj po laagiraheko chha ta
मन परो वा परेन:
0
0
[Reply]
bideshi haru kati mayaa garchhan nepal ra nepaali laai marti hatte gardaa rahechhan…….nepaal aauna laai tara ,,bidambanaa…………..mero aasu le laptop vijiraheko chha ….
मन परो वा परेन:
0
0
[Reply]
Thank you somuch jean piyar. You are so kind and have done great job. Even the ^politicians don’t count, we all Nepalis count your help, kindness and support; We salute to your friends, supporters and all friends of Nepal et vous;
मन परो वा परेन:
0
0
[Reply]