धनीराम को चेत कहिले खुल्ने हो ?
- कपिल अधिकारी / ताइपे, ताइवान
छिमेकीले,
कति हात बारी च्यापेर, मकै छरी सक्यो
करेसा घचेडेर, आलू रोपी सक्यो
तिमि घर धनि धनीराम भने
एक औंला पनि आली ताछेको छैन पो भन्दै छौ
त्यो आलूबारी हाम्रो हैन, उसकै हो पो भन्दै छौ
मुहान मै भाँजो हालेर सब्बै पानी लागि सक्यो
यता खडेरी उता हरियो पारिसक्यो
तिमि घर धनि आँफै भने
घर नै काकाकुल हुँदा पनि
बर्षा नभएर मुहान मै पानी छैन पो भन्दै छौ
त्यो उसकै कुलो हो पो भन्दै छौ
छिमेकी लाइ धारे हात लगायो भनेर
कर्के हेर्यो, केहि मुख लाग्यो भनेर
तिम्रै भाइलाई, तिम्रै आँगन मै
रक्ताम्मे गरि सोत्तर बनाउँदा
खै धनीराम तिम्रो आँखा ? खै धनीराम तिम्रो बिबेक ?
खै धनीराम तिम्रो आँट ?
अझै किन तिमि प्रश्न गर्नेकै उछित्तो गर्छौ ?
उसकै अझै गुलामी गर्छौ ?
मलाई केहि भन्नु छैन
उकेरा लगाउँदै गर !
मालिक को जुत्ता पुछ्दै गर !
एक दिन उसले तिम्रो घर कब्ब्जा गर्नेछ
नांगे झार पारेर तिमीलाई लखेट्ने छ
अनि
आफ्नै घर गाउँ मा आँफै शरणार्थी बन्दा
अनि होश आउला
त्यसबेला तिमीलाई सुन्ने कोहि हुनेछैन
कि त तिमि,
अरू जसतै जंगल पस
अथवा
पर्मानेन्ट मालिक को दास बनेर बस !
धनीराम तिम्रो चेत कहिले खुल्ने हो ?


Dear Kapiljee,
Congratulation!
Very nice poem. Well done!
मन परो वा परेन:
0
0
[Reply]
ekdam mitho kabitaa Kapilji.
thanks alot.
please come with others in the future!!
मन परो वा परेन:
0
0
[Reply]
Kapil ji namaskar kya chotilo jhappad dinu bho tesko lagi muri muri dhanyabad tara latko bhot batle manlara tara pani kabitamai hami sabaiko awaj boldinu bhako 6 dhanyabad
मन परो वा परेन:
0
0
[Reply]
Kabita saral abam meetho lagyo. Keep it up!
मन परो वा परेन:
0
0
[Reply]
Excellent!
Keep it up!!
मन परो वा परेन:
0
0
[Reply]