गजल
-एस.एच. निरौला
बारुदका ठूला भारी बोक भन्छौ अझै ?
गिद्धले झैं लास मात्रै टोक भन्छौ अझै ?
सर्बाहारा नाउँ बेची हड्डी लुछ्ने पशु!
जङ्गली यो हाम्रो नीति घोक भन्छौ अझै?
बङ्ग्याउन यी कलम मुङ्रो उझाउँदै
सकेसम्म ठोक्नैपर्छ ठोक भन्छौ अझै ?
मौलाएर खिचातानी मनोमानी आयो
विषवृक्ष फाल्न खोज्दा रोक भन्छौ अझै ?
बोली चिप्लिएर खस्यो खस्यो रच्छ्यानमा
गल्ती भयो भन्नुछैन जोक भन्छौ अझै ?
शंखमूल, 9841515157



yesta thhis lai k comment garnu?
swath nai ho yo….desh ko awastha tha chhaina .lekhchha ….joke lekhya ho???ha ha ha ha ha ha hasaish!!!!
मन परो वा परेन:
0
0
[Reply]