यूरोपकै सबैभन्दा दयालुहरुको वस्ती

यूरोपका सबैभन्दा दयालु मानिस बस्ने ठाउँ भनेरपनि चिनिन्छ डेनमार्क । त्यो सुन्दापनि हेर्न पाए ! जस्तो लाग्थ्यो । देखियो सिंगै डेनमार्क हेर्न नपाएपनि त्यसको राजधानी शहर कोपनहेगन ।  यूरोपका अन्य शहर भन्दा भिन्नै रहेछ । घर, मानिस, चालचलन, नियम र कानुन सबै । मुद्रापनि आफ्नै चल्ने डेनिस क्रोनर ।  फ्रान्स, ईटाली, स्पेनतिर स्विटरपनि फुकाल्ने बेला हुँदा त्यहाँ त समुद्रको पानीपनि हिउँले जमेको । बाटोघाटो सबै हिउँनै हिउँले भरिएको । रुन्छे लाग्ने दिन। खासै घुम्न मज्जा आउने बेला होइन रहेछ यो । तरपनि अन्तर्वार्ताको मुल काम बाहेक देखियो, घुमियो नै यो दायालुहरुको वस्ती । यो तस्बिर चाहिँ कोपनहेगन शहरको मध्य भाग। वस्तिका बिचमा यस्ता नहर जस्ता पानीकाबग्ने कति बनाएका कति ! तर जाडोमा हिउँ जमेर त्यसको मजा लिनै नपाइने ।

त्यहाँकि जलपरी । समुद्रको किनारमा बनाइएको मूर्ती । यो त्यहाँ असाध्यै प्रसिद्द रहेछ । पुस्तकका मुख प्रिष्ठदेखि अनेक खाले बिज्ञापनमा यहि जलपरी छाएकि हुने ।

कोपनहेगन भएर बग्ने समुद्र । तर के समुद्र जस्तो छ र यो  ? पुरै हिउँनै हिउँले पानी जमाएको । जतिसुकै ठुलो भएपनि हिउँको अगाडि त समुद्रकोपनि केहि जोड नचल्ने रहेछ ।

त्यहाँकि रानी हुन् रे यी । भक्कुमारसित गोरुलाई पिटेर हिँडाउँदै । पहिले पहिले हलो जोत्ने कालमा त यहाँपनि रानीले गोरु पिट्ने रहेछन् क्यारे !!

यो चाहिँ पुरानो बेश्यालय रे । पहिले यिनै घरका झ्यालमा बसेर बेश्याहरुले बाटोमा हिँड्नेलाई शारिरिक हाउ भाउ देखाएर बोलाउने गर्दा रहेछन् ।

अमेरिकीहरु नपुगेको कहाँ होला ? यो त्यहाँको अमेरिकी गिर्जा घर रहेछ ।

यस्ता पुराना भवन निकै रहेछन् त्यहाँ  । कुनै त सोह्रैं शताब्दीका । र तिनलाई आसाध्यै जतन गरेर राखेका रहेछन् डेनिसहरुले ।

यि गोराका जातले त मरिचको धुलो राख्दा पनि हा ! हु ! उस् ! गरेर खाना खान आत्तिन्थे । तर यहाँ त यस्तो रेस्टुरेन्ट पनि देखियो जसको नाम नै चिल्ली हाउस । र जहाँ खुर्सानी नराखेको खानै नपाइने ।

चिल्ली हाउस भित्रको पर्दा, कपडा देखि सारामा चिल्ली नै चिल्ली (खुर्सानी) ।

नेपालमा ठमेलचोक, दरबारमार्ग चोक, न्युरोड जुद्द शालिक, त्रिपुरेश्वर चोक, महाराजगन्ज चोकको घर जस्तै यहाँ पनि । बिज्ञापनले भरिभराउ । तर हाम्रो भन्दा धेरै भद्र तरिकाको होइन ?

  • Sagar Sharma

    Very good job. Beautiful pictures. Thanks Dadi ji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Devendra Dawadi, USA

    tapaaiiko prasamsak Dadiji, kati mehanati yaar tapaaii !!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Roshan sawa

    lau kopanhagenpani herna paaiyo
    kamaal chha Dadiji la
    dhanyaabaad

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Gita

    thanks for this beautiful pictures really nice. gr8 job

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -Samata Karki

    Nice informations . Waiting to hear more about the Nepali community there. You are really doing great job Dadiji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Section Sharma

    nic and beatiful pics are over here…last yr i was in copenhagen and from ur pics i remember my old days in denmark where i was there for visit

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hh pandit

    जे पायो त्यही caption! कृपया नयाँ शहरमा घुम्न जाँदा टूरिस्ट सेन्टरबाट फ्री गाइड लिनु होला कि नभए लोन्ली प्लानेट गाइड किन्नु होला। आफू त राम्ररी inform भएन भएन कमसेकम पाठकलाई misinform नगर्नुस।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree