गिरिजा, प्रचण्ड, माधव र झलनाथ : युगपुरुष बन्ने की कलंकित ?
अहिलेको राजनितिक अवस्थालाई कसले पार लगाउन सक्छ ? यिनै चार नेताले होइन ? यो सबै राजनितिक उतार चढाव र बिक्रितिलाई सम्हालेर देशलाई अगाडि बढाउन सक्ने क्षमता, पद, अवसर र जिम्मेवारी भएका नेतापनि यिनै हुन् ।
-कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको नेत्रित्व अझै निर्णायक मात्रै होइन उनले अरु झिना मसिना दललाईपनि विश्वासमा लिन सक्छन् ।
-माधव नेपाललाई यस्तो गम्भिर अवस्था र संबिधान बनाउन पाउने अवस्थामा प्रधानमन्त्री जस्तो जिम्मेवारी मिलेको छ ।
-प्रचण्ड देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष छन्। प्रमुख प्रतिपक्षी दलको अध्यक्ष हुनु चानचुने कुरो होइन ।
-झलनाथ खनाल यहि गम्भिर अवस्था र संबिधान बनाउने अवसर दुबै भएको सरकार सञ्चालन गरिरहेको पार्टीको अध्यक्ष । यि चार ब्यक्तिले चाहने हो, गम्भिर भएर सहमतीका साथ अगाडि बढ्ने हो भने देशलाई पार लगाएर युग पुरुष बन्न पाउने मौका छ । तर यि चारै नेता युग पुरुष हुने दिशातिर अगाडि बढेका छन् कि झन ईतिहाँसमै कलंकित ?
नेपालको प्रजातान्त्रिक आन्दोलनमा माधव नेपाल निक्कै योगदान गरेका छन् । तर अहिलेको यस्तो जटिल परिस्थितिमा उनमा जुन संयमता, सुझबुझ र दूरदर्शिता हुनुपर्ने हो त्यो देखिएको छैन । उनी आफ्नो पदिय लाभका लागि अरुलाई बन्देज गर्ने राजनीति गरिरहेका छन् । एकातिर माओवादीले राष्ट्रपतीय निर्वाचनमा आफुलाई धोका दिएकोले त्यसको बदला लिने र अर्कोतिर आफ्नो प्रधानमन्त्रीय पद जोगाउने लोभमा उनी आफ्नो पहिलेको राजनितिकि छबी ध्वस्त मात्रै पारिरहेका छैनन् कि देशलाईनै बर्बादीतिर अँचेटीरहेका छन् ।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उनी स्वयं लखनउ पुगेर वार्ता गरेका होइनन् ? तर अहिले त्यहि आफुले गरेकै काम भताभुंग पार्ने दिशातिर उनको ध्येय देखिन्छ । उनी सरकारको नेत्रित्वमा छन् अहिले। उनैको प्रधानमन्त्रीत्वकालमा नेपालमा गणतान्त्रिक संबिधान बनेन, नेपालको शान्ति प्रक्रिया भंग भयो भने नेपाल के हुन्छ ? लामो समयसम्म हत्या र हिंसाको चपेटामा पर्छ देश । अनि त्यसको दोष के माधव नेपालले लिनु पर्दैन ? उनी यो देशका केहि कलंकित ब्यक्ति मध्ये एकमा गनिन्नन् ? तर उनमा त्यो हेक्का के नभएकैले हो त्यहि दिशातिर अगाडि बढेको ?
गिरिजाप्रसाद कोइरालाको त झन मिनेट मिनेटले गन्ति गरिरहेछ युग पुरुष बन्ने कि कलंकित हुने भनेर । उनी जिवनका पछिल्ला र चिकित्सकको सुझावमापनि अन्तिम अवस्थामा छन् । माओवादीसित वार्ता गर्न उनी भारत पुगेर त्यत्रो जोखिम लिए। शान्ति संझौता गराए । प्रधानमन्त्री बने, चुनाव भयो। उनी अहिले नेपाली कांग्रेसको सभापती छन् । अन्तर्राष्ट्रिय जगत र देश भित्रैपनि उनको प्रजातान्त्रिक छबी, क्षमता र प्रभाव बलियो छ ।
तर उनी कम्युनिष्टहरुलाई जुधाएर कलह मच्चाउने ध्याउन्नमा देखिन्छन् । कम्युनिष्ट कम्युनिष्ट लडाभाँति गरे भने त्यसले समग्र राष्ट्रकै राजनितिक वातावरणलाई धुमिल बनाउँछ भन्ने हेक्का उनमा देखिन्न । बरु कम्युनिष्टको बुई चढेर अर्को कम्युनिष्टलाई हान्न पाइन्छ कि भन्ने दाउमा देखिन्छन् । सकभर माओवादीलाई हान्न पाए भन्ने उनको दाउ देखिन्छ । चिकित्सकले समेत सक्रिय नहुन सुझाव दिइएका उनी नेपालको संबिधान नबन्दै, शान्ति संझौता भंग भएर रक्तपात मच्चियो र त्यस्तो बेला यि बुढा घुत्रुक्क भए भने ईतिहास भरि कलंक लागेन ? आम नेपालीले यि बुढालाई सदा घ्रिणित पात्रको रुपमा लिँदैनन् ?
प्रचण्डमा फेरी हामीसित जनसेना छ, हामी सबैभन्दा ठुलो दल, जनताले पत्याएका भोट दिएरपनि, सबैभन्दा क्रान्तिकारी कार्यकर्ता भएको भन्ने अहं देखिन्छ । पटक पटक जनताबाट तिरस्कार भएका दललाई के टेर्ने भनेर हो कि ! एमाले र कांग्रेस जति सरकारमा बस्यो यि दुई उति गन्हाउँछन्, उति लड्छन् र ति दुईको असफलताबाट हामीले फाइदा लिने हो भनेर कुरेर बसेको देखिन्छ ।
आफ्नै जनसेना भएको पार्टी अरुसित किन डराउने भन्ने अहंले सहमतीको राजनिति गर्ने,संसदमा सबैभन्दा ठुलो दलका हिसाबले वार्ता, छलफल र सहमतीको प्रयास गर्ने गरेको देखिन्न । बरु संबिधान नबनोस्, संबिधान सभा भाँडमै जाओस्, शान्ति संझौता भंग भएपनि हेरम्ला भन्ने आभास देखिन्छ । तर शान्ति संझौता भंग भएर भोली देश रक्तपातमा गयो भने कति जनाको अनाहकमा ज्यान जान्छ ? अबको रक्तपात कस्तो हुन्छ ? संबिधान नबनेको, देशलाई युद्दमा धकलेको, भर्खरै ल्याएको गणतन्त्र गुमेको अवस्थाको प्रचण्डको ईज्जत कस्तो होला ? त्यो अवस्था आयो भने प्रचण्डलाई पो सहजै माफी गर्लान र जनताले ?
उता झलनाथ, सरकारको नेत्रित्व गर्ने पार्टीको अध्यक्ष। पार्टीले एकथोक निर्णय गर्छ तर उनैको सरकारका रक्षामन्त्री लगायतले पार्टी निर्णय टेर्दैनन् र शान्ति संझौता भंग गर्ने अभिब्यक्ति दिन्छन् । आफ्नै पार्टीका तर्फबाट मन्त्री बनेकालाई उनले पार्टी निर्णयमा प्रतिबद्द गराउन सकेका छैनन् । उनी आफु स्वयं संबिधान बनाउने, शान्ति संझौतालाई टुंगोमा लैजाने र देशलाई स्थिर राजनितिक गती दिनेतिर भन्दा आफैं प्रधानमन्त्रीको कुर्सी ताक्ने र दलिय स्वार्थमै केन्द्रित अनि पार्टी निर्णयमा फितलो देखिएका छन् ।
त्यसैले, अहिले अरु दलका जुनसुकै नेता र कुनैपनि बिदेशी जति कुर्लेपनि यि चार नेतामा सुझबुझ हुने हो, सहमतीय राजनिति गर्ने हो कसैको केहि लाग्दैन । देशलाई कतातिर लैजाने भन्ने मुख्य लगामनै यिनै चार नेताको हातमा छ मुलत । यिनैको बिबेकमा छ, आफु ईतिहासकै कलंकित हुने कि नेपाली जनताको ह्रिदयमा सधै बसेर युग पुरुषका रुपमा पूजनिय हुने । तर यि चारै नेताले कलंकित हुने रहरलाई नै मौलाउँदै लगेका छन्।


ekdam jaayaj bislesan Dadiji. Thik kuro uthaaunu bhayo.
tara yi chaarai janaa le uhi kalankit nai hune baato rojchhan. Sungurlaaii aachinai pyaaro swarga pugepani !!!!!!!
मन परो वा परेन:
0
0
[Reply]
I agree this News Most of leader are only think for owmself
मन परो वा परेन:
0
0
[Reply]
yi sabau lai opn rupma phasi diyara marnu parcha ,,ramro kam garne para kasaiko chiena ,,,DR BABURAM BHATTRAI LAI DESH BANAUNA 10 BARSA DINU PARCHA ,,kams e kam uni le bhrasta char ta gardainana ,,,aru ta sabai chorrrrrrrr
मन परो वा परेन:
0
0
[Reply]