तपाईको एक क्लिकले धेरै वालवालिकालाई शिक्षाको अवसर, एक नेपालीको उद्दार

[अपडेट- प्राविधिक समस्या सुल्झियो, भोट हालिदिनुस् है त ?]

नेपालप्लसको मेलमा एउटा खबर आयो-ददि दाई तपाईको सहयोग चाहियो। हेरें, कहिँ कतै नातापाता नपर्ने  । चिनजान नभएको । नाम सुभास घिमिरे । घिमिरे थरका निकट मित्र भएकाले कतै त्यतैको लहरो परेछ कि भनेरपनि सोचें । अमेरिका बस्ने एउटा जेहन्दार ठिटो, देशका लागि केहि गर्ने भावना, जाँघर र तत्परता भएको । केहि गरिपनि रहेका देशका लागि। प्रस्ताब पढें के सहयोग गर्नुपर्ने रहेछ त मैले भनेर।

उनी अमेरिकाको मिनेसोटा स्थित ओलाफ कलेजमा राजनितिशास्त्र अध्ययनरत रहेछन् । अरुलाई सहयोग गर्ने उनलाई यतिखेर भने मेरो सहयोग चाहिएको रहेछ  । उनी अमेरिकाकै टेक्सस विश्व बिद्यालयमा सोसियल इनोभेसन ग्रान्ट भनिने सहयोगको लागि प्रतिस्पर्धा गर्दै रहेछन् । त्यसको लागि भोटिङ हुने रहेछ । पहिलो चरणमा भोटका आधारमा उनी छनौटमा परिपनि सकेछन् । अर्को चरणको लागि उनलाई फेरी भोट चाहियो । उनी छनौटमा पर्न मार्च ३ सम्ममा केहि भोट चाहिन्छ ।

त्यसको लागि सरस्वती शान्ति स्कूलको नाममा भोट हाल्नुपर्छ । त्यो भोट दिन यहाँ क्लिक गर्नुहोस । कुनै कठिनाई भए   यो लिंक(http://www.dellsocialinnovationcompetition.com/ideaView?id=08780000000PDe6AAG) कपी एण्ड पेस्ट गरेरपनि भोट दिन सकिन्छ । हामीले जितायौं उनलाई भने ५० हजार अमेरिकी डलर त्यो स्कूलले पाउँछ । त्यो भनेको धेरै वालवालिकाले शिक्षा पाउँछन् । त्योपनि द्वन्दको मारमा परेका ।

यो खबर वा लिंक आफ्नो फेस बुकमा राखेर, वेभ साईटमा लेखेर वा ब्यक्तिगत रुपमा मेलबाट साथीभाई र आफ्ना सम्पर्कलाई खबर गरेरपनि भोट दिन लगाउन सकिन्छ । आखिर हामीले एक क्लिक गरेकै भरमा एउटा स्कूलले त्यत्रो सहयोग पाउँछ र एक नेपाली बिद्यार्थीले उच्च शिक्षा लिन पाउँछन् भने किन नगर्ने होइन त ?

आफ्नो लागि भोटको आशा गर्दै उनले लेखेका छन्- “नेपालप्लसको पाठक संख्याको पहुँचका बारेमा म एकदम जानकार र आशावादी छु । त्यसैले मेरो बारेमा एउटा खबर प्रकाशित गरिदिनुहुन्छ कि भन्ने आशामा छु ।”

उनले आफ्नो गोरखा जिल्लाका युद्द प्रभावित वालवालिकालाई पढाउन एउटा फाउन्डेसन पनि चलाईरहेका । केहि वालवालिका उनैको सहयोग र तत्परतामा अध्ययन गरिरहेका । नेपालमा अहिलेपनि उनी बिभिन्न स्वदेशी र बिदेशीको सहयोगमा पहिलो शान्ति बिद्यालय निर्माणमा जुटेका रहेछन् ।

उनको ठेगाना

Subhash Ghimire
St. Olaf College’10
Northfiled, MN 55057
ghimire@stolaf.edu

  • Subhash Ghimire

    Thank you dai for the post. The link to vote is having some technical difficulties and they told me that they are working to fix it. They will fix it within few hours.

    Everyone, please have check the link after few hours.

    Thank you all.

    Subhash

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -kamaldev

    lets help him. please all the nepalis help him.
    I will forward this news to at least 250persones of my contacts

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sahit

    Maile ta try gareko hudai bhayana Dadi dai vote nai hudaina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • The link having still same problem. I can’t register that . Now i post this link on my facebook wall . Don’t worry everybody Nepalese will be help to your campaign .

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • THAPA RAJ BARSINGHA

    DADI SIR U ALWAYS DOING SUCH A GREAT JOB…..LETS HELP HIM …

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • rakesh bista

    it’s really a outstanding step geeta i’d like to be wid this step………..

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Subhash Ghimire

    Dear Friends,
    The link works now, please spread the word and vote. We only have 2 more days to go. We at least need 1000 votes. We can do it.

    Thank you,
    Subhash

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • hari prasad pokhrel

    tapaiko tyo link copy bhayena…kasari paste garne??

    (Linkmaa click gare pugchha-nepalplus) .

    la copy garnus

    http://www.dellsocialinnovationcompetition.com/ideaView?id=08780000000PDe6AAG

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree