स्वस्थ बन कोइराला !! स्वस्थ
कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला निकै गलेछन् । प्राय: दुई घण्टाजति प्राणवायू (अक्सिजन) दिने र दुई घण्टा नदिने गरिएकोमा अहिले २४ घण्टै अक्सिजनमा राखिएको रहेछ । यो सामान्य अवस्था होइन । चिकित्सकहरुलेपनि यस अघि कोइरालाको स्वास्थ्यका बारेमा त्यत्ति मुख खोल्दैनथे । तर अहिले खोलेका छन् । कोइरालाको स्वास्थ्य निक्कै खराब भएको खुलेरै बताएका छन् । यसले दुखको संकेत गरेको हो कि भन्ने भय छ । दुई साता लामो यूरोप भ्रमणमा रहेकी परराष्ट्र तथा उपप्रधानमन्त्री गिरिजापुत्री सुजाता कोइराला बाबुको स्वास्थ्य स्थितिकै कारण भ्रमण छोट्याएर स्वदेश फर्किने भएकि छन् । स्रोतहरुका अनुसार छोरी सुजातालाई चिकित्सकहरुले बाबुको स्वास्थ्य चिन्ताजनक अवस्थामा रहेको र कुनै भर नभएको बताइदिएपछि स्वदेश फर्किन लागेकि हुन् ।
कांग्रेसभित्र नेत्रित्वकालागि रामचन्द्र पौडेल, सुशिल कोइराला, शेरबहादुर देउवा, खुमबहादुर खड्का लगायतका नेताबिच लडाभाँती चलिरहेको छ । तिनलाई मिलाएर लैजान सक्ने एक मात्र नेता उनै कोइराला हुन् । भारतले यहि बेला नेपालको राष्ट्रियतालाई कमजोर बनाएर दाइँ हाल्न खोज्दै छ । रामचन्द्र पौडेल, खुम बहादुर खड्का लगायतका नेतालाई प्रभावमा पारेर प्रयोग गर्न खोजिरहेको छ । एमाले, नेपाली कांग्रेस, माओवादी र फोरम लगायतका पार्टीमा तिब्र चलखेल गरेर फुटाउने र आफ्नो हितमा प्रयोग गर्न उद्दत पनि छ भारत यहि मौकामा ।
यस्तो बेला कम्तिमा नेपाली प्रजातान्त्रिक खेमाबाट होस् वा नेपाली कांग्रेस बाट अथवा वर्तमान सरकार बाटनै । भारतसित नगल्ने र सबैलाई हप्काएर, थर्काएर, फकाएर वा तर्कले साथै लिएर हिँडाउन सक्ने नेता उनै गिरिजा प्रसाद कोइराला हुन् । नेपालको प्राजातान्त्रिक आन्दोलनमा उनका दोष र गुण मनग्गेनै छन् । तरपनि अहिलेको कमजोर अन्यौलपूर्ण राजनितिक अवस्थामा कोइरालाको भूमिका महत्वपूर्ण छ ।
यतिखेर देशमा संबिधान छैन । अन्तरिम संबिधानमा चलेको छ । संबिधान सभा बिघटन हुने हल्ला छ । देशमा शान्ति र अमन चयन फिटिक्कै छैन । दशक लामो जनयुद्दबाट आएको पार्टीको जनसेना शिविरमा छन् । सरकारमै सम्मिलित केहि दल र तिनका नेता युद्द भड्काएर फेरी देशलाई रगतको पोखरीमा धकेल्न चाहिरहेका छन् । देशमा भोली कतिखेर के हुने हो संशयपूर्ण अवस्था छ । यस्तो बेला छलफल, बहस र समझदारी बनाएर सबै पार्टीलाई विश्वासमा लिई संबिधान बनाउन लागिपर्ने अग्लो कदका सबैले पत्याउने नेता उनै हुन्। त्यसैले यो अवस्थामा उनको खाँचो ठूलो छ ।
दशक भन्दा लामो हत्या र हिंसाको राजनीतिलाई शान्तिपूर्ण मार्गमा ल्याउने एक प्रमुख भूमिका उनको थियो । देशबाट गन्हाएको राजतन्त्र मिल्काउन अग्रसर पनि उनी भए । यद्द्पी उनको पार्टी त्यतिबेला संबैधानिक राजतन्त्रको वकालत गर्थ्यो । संबिधान सभाको निर्वाचन पनि सन्तोषजन्य रुपमा फत्ते गरे। त्यसैले पनि कोइरालालाई कम्तिमा देशमा नयाँ संबिधान बनेको देख्ने, शान्ति संझौता टुंगोमा पुगेर देशले आर्थिक क्रान्तितिर पाईला चालेको हेर्ने अवसर र जिम्मेवारी दुबै ईतिहासले दिनुपर्छ । त्यसैले, स्वस्थ बन कोइराला !! स्वस्थ।


kanjusyaai nagari lekhnu bhayo Dadiji, real ho. girija nabahyeko khandamaa jhan maarpit hunchha pad ko laagi.
मन परो वा परेन:
0
0
[Reply]
दशक भन्दा लामो हत्या र हिंसाको राजनीतिलाई शान्तिपूर्ण मार्गमा ल्याउने एक प्रमुख भूमिका उनको थियो ke ahile nepal ma shanti chha bhanna khojnu bhaye ko lekhak mahasay
Nepali bhaye ra bachan sikau partiko member hoina
मन परो वा परेन:
0
0
[Reply]
नेपाल को अवस्था अहिले को जस्तो बिगत मा कहिले थिए न नेपाल मा सुरक्षा भन्ने महसुस नै कोसी ले गर्न सकेको छ नेपाल क नेता महान होइन आफ्नो स्वार्थ पुरा गर्न सोझा नेपाली जनात लै प्रयोग गरे का हुने लेखा महोदय लाई थाहा न भए को हो कि नेपाल क नदि नाला बेच्ने देश मा भ्रस्टाचार को सुरु गर्ने नेता हरु यिनै हुन् भन्ने.
नेपाली भए र बच्न सिक
पार्टी का दलाल हरु
मन परो वा परेन:
0
0
[Reply]
Sahit sharma Reply:
March 5th, 2010 at 8:05 am
Tapai kasko Dalal ni Ankit ji Jun kura lekhak le lekhnu bhayako cha yo 100% sahi kura ho 32 lachan ma 32 nahi pura bhayako ta 1 pani hudaina tapai le kaile kai yaina herna siknos tara sabai ma afno kubi pardasan garni chamata ko kura ho Girija jasto neta Nepal ma ahile china ra huna pani garho cha tasai le yo sab lataling paribes lai taha lagauna Girija chito bhanda chito niko huna parcha GET WELL SOON GIRIJA tapai khacho cha desh lai
मन परो वा परेन:
0
0
[Reply]
ankit Reply:
March 5th, 2010 at 11:19 am
sahit ji support ramro cha ma galt hula tara nepal ma lauda khane nadi nala bechh ne bideshi lai upahar chadaye ko chori lai pm banaunu khojnu ramro ho bhane hajur ko kamana pura hos
girija ko sawasth labh ko shighra kamana
मन परो वा परेन:
0
0
[Reply]
ankit Reply:
March 5th, 2010 at 11:24 am
ma nepali ho sahit
kunai party ko dala hoin tapai jasto afno paurakha ma ramaune kasai ko puchar samatera hidna jane ko chaina
मन परो वा परेन:
0
0
[Reply]
Sahit Sharma Reply:
March 6th, 2010 at 3:39 pm
Ankit ji Rajnaitik ma matra hoina harek tau ma sabai le afno afno manche ko barema socheko huncah tyo sabai manche ko niyat nai ho Bholi tapai nai PM bhaya pani tapai le afno manche bhanda aru lai garnu huncah jasto malai yo swarthi sansar ma lagdina Tara ahile samma Girija le kasai ko ragat ma holi keleko china kati patak PM bhayo tyo sab usai ko kubi le ho maile rajnaitiki pardarsika ko kura lai bhanda pani Giriaja babu ko kubi lai parsamsa gareko ho ra gari rahanchu feri yak patak yati kubi bhayako Mude bal le bhanda buddi le kam garni neta girija nahi ho GET WELL SOON GIRIJA BABU
मन परो वा परेन:
0
0
लेखक महोदय यि कुरालाई यहि नै बिस्रराम दिउ जन्म मिर्तु त सबैको अन्न्तिम सत्य हो / सबैले भोग्नै पर्छ / तर मैल भन्न खोजेको कुरा अर्को छ आज देशमा अरबौ रुपैयाको घोटाला भएको छ कसैले सुन्ने कान लगाको छैन ! एम आर पि अब भारत मा छापोस् कि फ्रान्स् मा जुन कुरा अब समय मा बन्दै बन्दैन भने किन भारत मा नै छाप्ने त भनेको ? एउटा पस्पोर्ट मा ७४/७५ रुपैयाको फरक पर्छ भने किन तेही बनाउने? तपाईंले हिसाब गर्नुस् कति अरबौ रुपैयाको फरक पर्छ/ भुक्तानी त सबै हामी जस्ता गरीब जनताले नै बेहोर्ने हो नि ! यो कुरा तपाईंहरु जस्ता पत्रकार ले किन खुलस्त पार्नुहुन्न? किन यस्लाई रोक्ने पहल गर्नुहुन्न? किन जनता माज मा यो कुरा पुग्देन? प्राईम मिनिस्टर को कुरा नगरु उहा त नाम मात्रको हो उहा सग त इमान जमान केही छैन/ तर तपाईंहरु जस्तो पत्रकार पनि पार्टी को दलालि बन्नु भएको छ कि के हो ? होइन भने उठाउँनुस् तपाईंको कलम/ लेख्न्नुस् यस बिषय मा जनतलाई छर्लनग पार्नुस् ? यस्को बिरुध्मा तपाईंको साथ हामी जस्ता लाखौं जनताले ले दिनेछौ तर महँगोमा हामीले एम आर पि भारत मा छाप्ननपरोस् र त्यो पार्टी को मतियार हरु यो सरकारको मतियार हरु र ठुला पार्टी भनौदाहरु मिठो कुरा गरेर जनताको रगत मा दाई नगर्नुहोस् कति चुस्नुहुन्छ तपाईंहरु अब त भयो भन्नुस्/ सुजताजी तपाईंलाई तपाईंको बाबा को कसम, बि पि को कसम पार्टिको कसम, गरीब जनता को कसम कमिसन को लागि हामी जस्ता गरीब जनता को रगत धेरै नचुस्नुस् अब त के नै बाकी होला र? यदि एम आर पि भारत मा नै छापिन पुगेमा यस्को जिम्बेवारी पत्रकार, नगरिक समाज, मानब अधिकार बादी, सम्पूर्ण पार्टी ले लिनुपर्छ र यो ईतिहास बनेर सधैं तपाईंहरु प्रती घृना गर्न सम्झना गराइरहन्छ /
मन परो वा परेन:
0
0
[Reply]
ankit Reply:
March 5th, 2010 at 11:21 am
thik bhannu bhayo jeevan ji
मन परो वा परेन:
0
0
[Reply]
Sahit Sharma Reply:
March 6th, 2010 at 3:42 pm
Kamse kam gayara banduk janata ko mukh ma tarsayaka ta chinan Nachahido kura garera paisa auleka ta chinan ghar ghar ma gayara chanda utayaka ta chianan k kura garnu bhayako jiban ji
मन परो वा परेन:
0
0
[Reply]
हो त ठिक भन्नु भयो जीवन जी ले
http://sandesh.net.np
मन परो वा परेन:
0
0
[Reply]
namaste dadhi ji verry good article.
मन परो वा परेन:
0
0
[Reply]
yo lekne le naam kina nadeko ho?????????????
मन परो वा परेन:
0
0
[Reply]
Girija is only one leader who can diplometically deal with national and international power center and he is also one of the senior leader of Asia.
Now he is veryyyyyyyy impotant for nepal. GET WELL SOON Giraja Nation need your active politics.
मन परो वा परेन:
0
0
[Reply]