यूरोपमापनि कहाँ रहेछ त महिलाको स्थान ?

-शुसिला राना मगर / अष्ट्रिया

म अष्ट्रिया आएको डेढ वर्ष भयो । यो डेढ वर्षमा मैले थुप्रै संघ संस्थासँग समन्वय गर्ने, वातचित गर्ने मौका पाएको थिएँ । तर यहाँ चाहिँ मैले महिलाहरु प्रति कस्तो धारणा र अवस्था पाएँ त भनेर छोटो चिन्तन मनन गर्न चाहन्छु । म बिद्दार्थी भएकाले म बिद्दार्थीकै विषयतिर केन्द्रित हुन चाहन्छु । म गएको एउटा कार्यक्रममा महिला र पुरुष सबै मिश्रित थिए । एउटा संस्थाको चाहिँ चार जना प्रमुख ब्यक्तित्वहरु त्यहाँ हुनुहुन्थ्यो । त्यो चार जना मध्ये तिन जना महिला र एक जना पुरुष। त्यो चाहिँ यूरोपको एउटा संस्था हो । विशेष त अष्ट्रियाको हो जहाँ चाहिँ महिला र पुरुष बराबर हो भनेर कानुनत लेखिएको छ । त्यसैले यो देशमा कस्तो रैछ त महिलाको अवस्था भनेर थोरै विश्लेषण गर्न चाहन्छु ।

उनीहरुमा निर्णायक तहको चार जनामा एक जना पुरुष हुँदा कार्यक्रम सकिएपछि अनौपचारिक तरिकाले छलफल गर्न बस्यौं । अनि त्यहाँ भएको पुरुषले भन्नु भयो “हामी चार जना छौं निर्णय तहमा तर यहाँको निर्णय चाहिँ म एक्लैले गर्छु । ” यहाँको थुप्रै काममा त्यो झल्किन्छपनि । पुरुष चाहिं हैकम चलाउने (डोमिनेटिङ) हुन्छ । यहि यूरोपमा हामीले हेर्‍यौं भने यूरोपमा वर्षौं वर्ष देखि महिला पुरुष बराबरी भन्दै अभ्यास गरेर आईराखेका हुन् । तर यहिँपनि यस्तो छ भने हाम्रो नेपाली समाजमा त महिला पुरुषबिचमा भेदभाव छ भन्छौं भने त्यस्तो समाजमा कस्तो होला, कति भेदभाव होला ? हामी कल्पना गर्न सक्छौं ।

अब विश्व विद्यालयको कुरा गरौं । हुन त कस्तो पेशा भन्ने कुरालेपनि फरक पार्छ होला । त्यो विश्व विद्यालयले धेरै क्षेत्रलाई समेटेको छ जहाँ म अध्ययन गर्छु । वन बिज्ञानमा म पढ्ने भएकोले त्यो विश्व विद्यालयमा मैले २५, ३० जना प्राध्यापकको कक्षा लिने अवसर पाएँ ।  तर त्यसमा मैले जम्मा एक जना मात्रै महिला पाएँ । त्यो स्तरमा पुग्ने महिला एक जना त्यहिपनि सह प्राध्यापिका । तब तपाइहरु भन्नुस्, महिलाहरुको स्थान कहाँ र कुन अवस्थामा रहेछ यहाँ ? अरु देशको म भन्न सक्दिन । तर अष्ट्रियामा चाहिँ कहाँ रहेछ त महिलाहरुको स्थान ? यूरोपमा त यस्तो छ भने नेपालमा कस्तो होला त ?

त्यसैले महिला हक हित र समानताका कुरा कानुनमा मात्रै भएर नहुँदो रहेछ । कार्यान्वयन तहमा पनि तदारुकताकासाथ लैजानु पर्छ । र हामीले गरेको काम कत्तिको सफल भाएको छ भन्ने अनुगमन र मूल्यांकनपनि उत्तिकै गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

म एउटा बिद्यार्थीको अर्को उदाहरण दिन चाहन्छु । म त्यतिखेर भिसाको लागि भिसा काउन्सुलरकहाँ गएको थिएँ । त्यहाँ एक जना महिला आउनु भयो । उहाँले एकदम राम्रो छात्रब्रित्ती पाउनुभयो । त्यो चाहिँ एकदमै प्रतिस्पर्धी विद्यार्थीले मात्रै पाउँछ । तर बिडम्बना के भने उहाँ चाहिँ बच्चाको आमा हुनुहुन्थ्यो । अनि बच्चाको आमाले “मेरो बच्चा सनो भएकोले सँगै लान चाहन्छु ” भनेर सोध्नु भयो त्यहाँको संबन्धित प्रशासकसँग  । अनि प्रशासकले भन्यो “ल छान्नुस्, बच्चा कि पढाइ” ।

तपाईहरु भन्नुस त के भन्थिन होला ति महिलाले अब ?  बच्चा अवश्यै । किनभने एउटा आमाको लागि बच्चा भन्दा ठुलो अरु केहि हुनै सक्दैन । उहाँले बिदेशमा पढ्न पाएको छात्रव्रित्ती छोडेर बच्चा हेरेर बस्नुभयो । ल भन्नुस त चुनौती कहाँनिर रहेछ त अब ? यदि त्यो ठाउँमा पुरुष भैदिएको भए उहाँले त्यो समस्यालाई सहर्ष स्विकार गरेर पढ्नुहुन्थ्यो वा त्यो समस्यानै पर्दैनथ्यो । त्यो चाहिँ महिलाको लागि समस्या हो । हामीले यस्तो समस्यालाई सिधै हल गर्न सक्छौं भन्न सक्दैनौं । तर यस्ता समस्यालाई कहाँबाट हुन्छ । कुन निकायलाई छोएर हुन्छ सायद हामीले अगाडि बिचार गर्नुपर्छ होला । म आफु बिद्यार्थी भएकोले एउटा महिला बिद्यार्थीले भोगेको समस्या यहाँ उजागर गर्न चाहेको हो ।

महिलाहरुलाई घरभित्र मात्रै सिमित गर्ने होइन । अब महिलाहरु अगाडि बढ्नुपर्ने समय आएको छ भनेर अगाडिका बक्ता साथीहरुले निकै राम्रा कुरा राखेर जानु भएको छ । जस्तो हामी शास्त्रका कुरा गर्छौं कि महिलाहरु लक्ष्मी भनेर । तर महिलाहरु लक्ष्मी होइन की महिलाहरु सशक्त भएर काँधमा काँध मिलाएर काम गर्न सक्नुपर्छ, सक्छन् । महिलाहरुले बाहिरको काम गर्दा दुखिको जिवन होइन कि हामीले हाम्रो अस्तित्वको लागि गरेका छौं भनेर बुझ्नुपर्यो ।

यस्ता आवाजहरु यस्तो हल भित्र भएका डेढ सय जनामा मात्रै होइन कि हाम्रो देशका डेढ करोड जनतामा पुग्न सक्नुपर्‍यो । हामी यति जागरुक छौं, अब हाम्रो परिवर्तन् गर्ने ठाउँ छैन होइन कि हामीले परिवर्तन गर्ने ठाउँ धेरै छन् भन्ने बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।

एउटा रुख राम्रो बनाउनको लागि वरिपरिको वातावरण मात्रै होइन कि रुख आफैंमापनि वातावरणसँग लड्न सक्ने क्षमता चाहिन्छ । त्यसैले हामी महिलालाई अरुले गर गर गर मात्रै होइन कि हामीलेपनि आत्मबल निकाल्नुपर्छ । र हामीलेपनि यो चिजलाई यसरि गर्न सक्छौं भनेर अगाडि ल्याउन सक्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले हाम्रो समाज पूनर्संरचनाकोलागि हामीले जिम्मा लिँदै एकजुट भएर अगाडि बढ्नुपर्छ । र परिवर्तन उ बाट होइन, अरुलाई देखाएर होइन कि आफैंबाट गर्नुपर्छ भन्ने भावना बोक्नुपर्छ ।

(गत सालको मार्च ८ मा पेरिसमा भएको प्रथम यूरोपस्तरिय महिला सम्मेलनमा अष्ट्रियाबाट प्रतिनिधित्व गर्दै आएकि रानामगरले सम्मेलनमा राखेका बिचार । आज बेल्जियमको एन्त्रोपेन शहरमा दोस्रो यूरोप स्तरिय महिला सम्मेलन भइरहेको छ । त्यहि सन्दर्भलाई पारेर रानामगरले गत साल ब्यक्त गरेका बिचारहरुलाई यहाँ स्थान दिईएको हो-नेपालप्लस )

  • -sheshkala

    ekdam sahi kura. gojimaa visa card bokna paaudaimaa khub swatantra bhaye bhanne thaanchhan nepali mahilaale . khasgari europ basnele. Kuwaa sabai mero, sabaitira mai daudine ho ^paudine ho bhane jasto bhagutaale.
    Thik kuraa bhannu bhayo Shushilaji.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sahit Sharma

    Yak dam sahi kura sabai bhanda paila afu baliyo bhayara lagna parcha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Mekh Rana KSA

    सुशिला जी लेख सादर्भिक छ बधाई छ

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]


  • lekhma satetya cha!!!!!

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ramji Balami

    Yo lekh akdam ramro lagyo.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • akshay magar

    ramro lago shushila je tapae ko lekha padhera thanks

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sisir Simkhada

    Thikai ho Shusila le bhaneko kura 100 ma auta mahilale yesto kuragarnu bhaneko ramro ho ahile harek kurama harek thauma mahila lai aguwa banayera mahilale kanun nabujhera uniharulai diyeko auta LAW nabujhera MALE mathi taukama chadhera j gardani hunerahecha bhanne bhawana bokeka Female lai yo kurako awasek chha Nepal mata Female Domination haina Male Domination hunathalyo jasto payo tyestai Mahila thupareko chha kanun k ho bujhnu pareko chhaina mukh ma j ayo tehi boleko chha j garna manlagyo tehi gareko chha maila kanun chhadai chhani mahila sang chhadai chhani bhanyo 6a6a malai bore lagchha yo kanun dekhera kehi kura sudharnu chha bhane kasaile pani pahila afu sudhrine tyespachhi aru sudharne

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Nirmal Adhikari

    Sushila ji
    very good article . thank you . tapaiko pargati hos. Nepali woman ko lagi kalam sadhai chalos.

    Dailekh ,Nepal

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • kabita ranabhat

    tapaile bhannu veyeko dherai kura haru ramra chan mahila ka adhikar ka laagi dherai kura uthe pani afaile teslai lagu nagaresama yo purush pradhan samaj ma aru koi purush ayera hamro adhikar haru dilaune chainanan tesaile hami afai afno adhikar ko laagi uthna parcha ra samaj lai jagauna pahile afai jagnu parcha

    मन परो वा परेन: Thumb up 2 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree