बरु म बहुला भए हुन्थ्यो
-नास्तिक / युएसटिसी, बंगलादेश
घडिको नाङ्लोबाट
समय निफनिए जस्तै
मेरो देशबाट
शान्ति निफनिदै छ
……
……
म हिजोआज
लासहरुको सपना देख्छु
रगत लत्पतिएको भुइँ देख्छु
बारुद्को गन्ध आउँछ
म बिउँझिन्छु
उफ्
बेकार समाचार हेरेर सुतेछु ।
……
…….
रात बाँकी छ, अध्याँरो छ
बिहानीको आशामा सुतेको म
नेपाली जनता
छिटो निदाउँने ढिलो उठ्ने
बानी परेको छ
कोल्टे फेर्छु …
देख्छु एकहुल
दुरुस्त मान्छेहरु
तस्करी गर्दैछन
बेच्दैछन
देशको-रगत
पसिना
दिमाग
पानी
अस्मिता
उफ्
उफ्
के हुन लाग्यो मलाई ?
…..
…..
म बिपना जस्तै सपना देख्छु कि
सपना जस्तै बिपना देख्छु ???
…….
…….
डाक्साब
कतै म बहुलाएको त हैन ?
बरु म बहुला भए हुन्थ्यो
बरु म सद्दे नभए हुन्थ्यो
…….
…….
डाक्साब
बरु म बहुला भए हुन्थ्यो
बरु म सद्दे नभए हुन्थ्यो …..


phulai phulko mala chahidaina malai
yedi kasaiko bagaicha ritinchha bhane
kada nai kada bhaye pugchha malai
yedi kasaiko jindagi sudhrinchha bhane
मन परो वा परेन:
0
0
[Reply]