पश्चिमका थारु
नेपालको पूर्व देखि पश्चिम सम्मै छ थारुको बस्ती । खासगरि तराई भेगमा फैलिएका छन् ती । जातियरुपमा थारु भएपनि पूर्व, मध्य र पश्चिम नेपालका थारुको भाषा, रहनसहन, भेषभुषामा निक्कै भिन्नता पाइन्छ । यद्यपी नेपालका सबै थारुहरुमा थुप्रै समानताहरु पाइन्छन् । आज यहाँ देखाउन खोजिएका तस्बिरहरु भने पश्चिम नेपालका थारुहरुको हो । यि तस्बिर पिपल ईन पिक्चरबाट लिईएको हो । यो पहिलो तस्बिर थारुहरुको लठ्ठी न्रित्यको हो । जुन धेरैजसो फागु पूर्णीमाको आसपासमा खेलिन्छ । यो नाच पश्चिमदेखि मध्य तराईका थारुमापनि निक्कै प्रचलित छ । मुजुरका प्वाँखहलाई उधिनेर मुजुर नाच्दा ढल्केझैं गरेर नाचिने यो नाच निकै सुन्दर हुन्छ ।
यो चाहिँ थारु महिला (थरुनी) हरुको न्रित्य हो । चाड पर्वमा यसैगरि आफ्ना परम्परागत गहना लगाएर नाच्ने चलन हुन्छ यो समूदायमापनि ।
![10418_142130270673_122723230673_2625856_6518919_n[1]](http://www.nepalplus.com/wp-content/10418_142130270673_122723230673_2625856_6518919_n1.jpg)
यो चाहिँ लाठी नाच। ढोलकको तालमा एक अर्काको लठ्ठीमा ठोक्काएर नाचिन्छ । यो नाचपनि पश्चिमदेखि मध्यपूर्व सम्मनै प्रचलित छ ।
सक्नुहुन्छ टाउकोमा भारी बोकेर यसैगरि हिँड्न ? थारु समूदायमा यो त केहि होइन । ठुल्ठूला घाँस त खाद्ययान्नका भारी समेत यसैगरि टाउकोमा बोकेर ठिमठिम पर्दै हिँड्छन् ।
![10418_142130160673_122723230673_2625837_5271379_n[1]](http://www.nepalplus.com/wp-content/10418_142130160673_122723230673_2625837_5271379_n1.jpg)
माछी मारन हो बैनी ……………;खासगरि ठूलो एकादशी लगायतका पर्वमा थारु समूदायका मानिस यसैगरि ताला, घोल, दलदले, खोलामा गएर संयुक्तरुपमा माछा मार्छन् र पछि दामासाहीले बाँड्छन् ।
गाउँले जिवन, ढिकी र जाँतो। ब्याख्या गर्नै नपर्ने ।
![10418_142130180673_122723230673_2625841_650029_n[1]](http://www.nepalplus.com/wp-content/10418_142130180673_122723230673_2625841_650029_n1.jpg)
आफैंले बुनेका यस्तै ढकियामा राखिन्छ खाजा साजा ।
यो हो स्थानिय भेषभुषा, गरगहना । कति सुन्दर देखिन्छन् हगी थरुनीहरु आफ्नै गरगहनामा ?
प्राय: विवाहिताहरुले यस्ता टाटु बनाउने चलन हुन्छ थारु समूदायमा ।
पछि पो ल्याए त तराईमा वसाई सर्नेले लामा लामा सर्ट र प्यान्ट लगाउने चलन । पहिले त आची आउने र सु गर्ने ठाउँ छोपे पुग्थ्यो नी ! अझै पनि त छन् नी निक्कै यस्तै पहिरनमा रमाउनेहरु ।
हामीपनि बन्छौं कि त राष्ट्रपती ? ! डा रामबरण यादव यसैगरि भैंसीमाथि चढ्दा चढ्दै राष्ट्रपती बने रे, हामीपनि बन्छौं कि त ! राष्ट्रपती बनौं वा नबनौं तराईमा यसरि भैंसीमाथि चढ्ने चलन नौलो होइन ।

![12406_323124585673_122723230673_3511944_7004996_n[1]](http://www.nepalplus.com/wp-content/12406_323124585673_122723230673_3511944_7004996_n1.jpg)
![12406_323124595673_122723230673_3511945_4019092_n[1]](http://www.nepalplus.com/wp-content/12406_323124595673_122723230673_3511945_4019092_n1.jpg)
![12406_323124625673_122723230673_3511947_615824_n[1]](http://www.nepalplus.com/wp-content/12406_323124625673_122723230673_3511947_615824_n1.jpg)
![10418_142130130673_122723230673_2625832_1945454_n[1]](http://www.nepalplus.com/wp-content/10418_142130130673_122723230673_2625832_1945454_n1.jpg)
![12406_323124605673_122723230673_3511946_7212049_n[1]](http://www.nepalplus.com/wp-content/12406_323124605673_122723230673_3511946_7212049_n1.jpg)

![10418_142130330673_122723230673_2625865_3706327_n[1]](http://www.nepalplus.com/wp-content/10418_142130330673_122723230673_2625865_3706327_n1.jpg)
![10418_142047710673_122723230673_2625074_7345492_n[1]](http://www.nepalplus.com/wp-content/10418_142047710673_122723230673_2625074_7345492_n1.jpg)

ye sabai patrakarharule passprot ko barema lekhana ho ? kasailai pani matlab nai chhaina ta yesko barema bharatma chhapne antim tayari hudai chha ahilenai sachaihaluna ho? patrakar mahodaye haru chhitto yesko barema lekna paryo?
एमआरपी चाँडो चाहिन्छ भन्ने प्राविधिक कारण देखाएर सरकारले राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलामा त्रुटिपूर्ण सम्झौता गरेको छ, जसबाट दीर्घकालीन दुष्परिणाम निम्तिने र इतिहासमा त्यो प्रधानमन्त्री नेपालको कार्यकालको सबभन्दा कालो धब्बाका रूपमा चित्रित हुने निश्चित छ । कम रकमको प्रस्तावलाई बेवास्ता गरी बढी दरको प्रस्तावका पक्षमा निर्णय गरिएको हुनाले सार्वजनिक खरिद ऐनअनुसार यो विषय अख्तियार दुरुपयोगको मामिलासमेत बन्ने छ । प्रधानमन्त्रीले संसदीय समितिको निर्देशन नमानेको हुनाले राष्ट्रिय सरोकारको यो मुद्दा संसदको सरोकारभित्र समेत पर्ने छ । मित्रराष्ट्र भारतसमेत नेपालभित्रै विवादित बनेको एमआरपी मामिलाबाट बाहिर निस्कनु श्रेयस्कर हुने छ । किनभने उसले कूटनीतिक प्रभावका आधारमा आफ्नो पक्षमा निर्णय गराएको भन्ने कुराले नेपालमा भारतविरोधी जनमत बढाउनेबाहेक केही गर्दैन । जहाँसम्म सरकारको कुरा छ, प्रधानमन्त्री नेपालले राष्ट्रिय स्वार्थका पक्षमा थोरै पनि काम गर्ने हो भने मन्त्रिपरिषद् बैठकबाट तत्काल अर्को निर्णय गरेर एमआरपीका सम्बन्धमा भएको रणनीतिक भूललाई सच्याउनुपर्छ savar : kantipur
मन परो वा परेन:
0
0
[Reply]
dhikkar cha makune sarkar ,,thukka kukur india ko kutta ….lachari,,,,,
मन परो वा परेन:
0
0
[Reply]