यो मन्त्रीमण्डलमा एक जना मन्त्री त रैछन् है नैतिकवान !

[अपडेट- अन्सारीले आज प्रधानमन्त्री नेपाल समक्ष बुझाए राजिनामा।]

सिंगो मन्त्रीएमण्डलका सदस्य र सिंगै सरकारमाथि पदलोलुपताको आरोप लागिरहेका बेला कमसेकम एक जना मन्त्री भने नैतिकवान देखिए । उनले शान्ति सुरक्षा कायम गर्न नसकेकोमा त्यसको जिम्मेवारी लिँदै ग्रिह राज्य मन्त्री रिजवन अन्सारीले आज राजिनामा दिन लागेका छन् । आफुले राजिनामा दिने कुरा उनले प्रधानमन्त्री समक्ष राखिसकेका छन् ।

सरुवा, बढुवा र प्रशासनिक निर्णयमा आफुलाई ग्रिहमन्त्री भिम रावलले केहि गर्न नदिएको भन्दै असन्तुष्टि राख्दै आएका थिए । त्यहि विषयमा रावलसित उनको पहिलेदेखिनै मनमुटाव थियो । हुन त उनी टिकुनपनि कसरि ? नेकपा एमालेका तर्फबाट मन्त्री बनेकाहरु मध्ये सबै हरुवा थिए गत संबिधान सभा निर्वाचनमा । मन्त्रीमण्डलमा एमालेका १० सदस्य छन् । ति मध्ये  उनी मात्रै एक जना प्रत्यक्ष निर्वाचनमा जनताद्वारा निर्वाचित थिए ।

हरुवाहरुको भिडमा जनताको मतद्वारा बिजयीलाई टिक्न मुस्किल पर्‍यो । उनले केहि दिन अघि यदि १५ दिन भित्रमा देशको शान्ति सुरक्षाको स्थितिमा सुधार नभए आफुले नैतिकताको आधारमा राजिनामा दिने घोषणा गरेका थिए । अहिले उनले आफुले बोले अनुसार शान्ति सुरक्षामा कुनै सुधार नआएकाले राजिनामा दिएको घोषणा गरेका छन् । त्यो स्थिति आउनुमा आफुले राम्रोसित जिम्मेवारीपूर्वक ग्रिह प्रशासनमा काम गर्न नपाएको र भिम रावल त्यसको दोषि रहेको आरोप लगाएका छन् । उनले नैतिकता भए ग्रिहमन्त्रीले झन तत्कालै राजिनामा दिनुपर्ने चुनौति दिएका छन् । उनको राजिनामाले अब एमाले नेत्रित्वको सरकारमा थप नैतिक संकट पर्ने छ । ग्रिहमन्त्रीमाथि त अझ ठूलो दबाब पर्ने छ ।

  • Deepak Shanghai

    kasle bhanyo naitik sankat paryo bhaner? naitik bhako sarkarlai po naitik sangkat pachha. haruwa haruko thupro bal matlab

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree