तर पनि कलम र आवाज बन्द हुने छैनन्

- मनोजकुमार श्रेष्ठ / सोलुखुम्बु

सञ्चार क्षेत्रमा सम्लग्न व्यक्तिहरु मुलुकभरी असुरक्षित बन्दै गइरहेकाछन् । यस क्षेत्रमा लागेका व्यक्तिहरुलाई दिनहुँ धम्की दिएर, लगातार हत्या श्रृंखलालाई अघि बढाएर अराजकताको राज गराउन कतिपय लागेको आभाष जो कोहीले पनि यतिखेर सहजै गर्न सक्छ । पछिल्लो समयमा देशभरका रेडियोमा सम्लग्न एक दर्जन भन्दा बढिलाई फोनबाट धम्क्याएर अराजकताको राज गर्न चाहनेहरुले पछि नहट्ने प्रष्ट पारेकाछन् । तर लाचार सरकार हत्याराहरुलाई पक्रन छाडेर लगातार एउटै रटान लगाइ रहन्छ “हामी हत्याराको नजिक पुगेकाछौं, हामी प्रेस स्वतन्त्रताका पक्षमा छौं ।”

रुकुममा टीका बिष्टले कलम कोर्ने हातहरु ब्लेड लगाएर छिया छिया पारियो । अनि मर्यो भनेर फालियो । राजधानीको लाजिम्पाट जस्तो सुरक्षाका हिसाबले संवेदनशिल स्थानमा उपराष्ट्रपतिले शपथ खाइरहँदा सञ्चार उद्यमी जमिम शाहलाई गोली ठोकियो । तर पनि सरकारले भनिरह्यो, हामीले नागरिक सुरक्षाका लागि कुनै सम्झौता गरेका छैनौं । गर्ने छैनौं । के यहि हो त सरकारको सुरक्षा संवेदनशिलता ? यहि हो त नागरिकको सुरक्षा ? यहि हो त प्रेसको सुरक्षा ?

गत हप्ता जनकपुर टुडे सञ्चार गृहका अध्यक्ष अरुणकुमार सिंहानियाको पनि गोली ठोकेर सास बन्द गरियो । लाचार सरकारका लाचार प्रधानमन्त्री र गृहमन्त्रीले त्यस पछि भने “केही सानातिना घटनाहरु त अमेरिकामा पनि हुन्छन् ।” उनीहरुको यो अभिव्यक्ति लाचार सरकारका लाचार व्यक्तिहरुको लाचार अभिव्यक्ति शिवाय अरु केही हुनै सक्तैन । होइन भने यत्तिको लाचार अभिव्यक्ति दिनु तिनीहरुलाई लाज लाग्नु पर्ने हो ।

देशै भरी सञ्चारकर्मी माथीको धम्की, हत्याका समाचार बनाइरहन, भनिरहन अनि लेखिरहन पक्कै कुनै पनि सञ्चारकर्मीलाई रहर छैन । तर बाध्य भएर सञ्चारकर्मीहरु आफ्नै समाचार बनाउन यतिखेर बाध्यछन् । एक दिन होइन, दुई दिन होइन, लगातार। बाध्य भएर हामी भनिरहेका छौं “हामीलाई बाँच्न र लेख्न देउ । ”

देशै भरी सञ्चारकर्मी माथीको आक्रमणले जताततै नकारात्मक असर शिवाय केही फाइदा गरेको छैन । हत्या, आक्रमण र धम्कीको श्रृंखला जारी रहँदा समाचार प्रसारणको बिषयलाई लिएर एक फुच्चे नेताले प्रतिक्रिया दिए “देशै भरी पत्रकारहरु माथी जे पनि भईरहेको छ । सबै त्यस्ता छैनन् । तर गलत र नराम्रा कुराको सिको गर्ने यहाँ धेरै छन् ।” संविधान सभाका चुनाब ताका र त्यस पछि पनि सोलुखुम्बुका सञ्चारकर्मीहरु माथी विभिन्न पक्षले गिद्धे नजर नलगाएका भने होइनन् । एउटा गाउँका फुच्चे नेताले त त्यसो भन्ने हिम्मत गर्छन् भने देशका अन्य भागको जस्तै गरी सोलुखुम्बुका सञ्चारकर्मीहरु पनि कत्तिको सुरक्षित छौं भन्ने आँकलन हामी सजिलै गर्न सक्छौं ।

हत्या, अपहरण, आक्रमण, धम्की सबै प्रकारका घटनामा कलमले कोरिएकै बिषयहरु, बाहिर निस्किएका आवाजहरुकै बिषयले काम गरेको छ । कतै तस्करीका समाचार लेखे वापत् । कतै भ्रष्टचारका कुरा लेखिए वापत । अनि कतै अनियमितताका खबर बोले बापत । ती घटनाहरु भएकाछन् । अनि कतिपय ठाउँमा असली रुप र्सार्वजनिक हुने डरले पनि सास बन्द गरिएको छ । परिवारको बिचल्ली पारिएको छ ।

 हत्या, अपहरण, आक्रमणका श्रृंखलाहरुलाई कम गर्न सरकार सम्बद्ध व्यक्तिहरुले सरकार टिकाउन मात्रै हैन नागरिकको आधारभूत अधिकारको प्रत्याभूत गराउन तिर पनि ध्यान दिनु पर्छ । अनि हामी त सरकारमा छैनौं भनेर सरकारमा नभएकाहरुले पनि मुन्टो बर्टार्न मिल्दैन । हिजो अरु सरकारका पालामा पनि हत्या, अपहरण भएका थिए भनेर, अरु देशमा पनि यस्ता उदाहरण छन् भनेर सरकारका मुख्य व्यक्तिहरुले पन्छिन मिल्दैन । पन्छने भए पदवाट राजिनामा दिएर पन्छनु पर्छ । पदलाई सदा प्यारो ठान्ने तर पदीय जिम्मेवारीलाई सामान्य रुपमा पनि पुरा गर्न नसक्ने हो भने मुलुकमा सरकार भए नभएकोमा कुनै फरक पर्दैन । सरकार नभएको अवस्था र भएको अवस्थामा कुनै फरक हुँदैन भने आखिर सरकार किन चाहियो त ?

सरकारले दण्डहिनताको मात्रै अन्त्य गर्ने हो भने निश्चित रुपमा यस प्रकारका घटनाहरुमा कमी आउँछ । डेकेन्द्र थापादेखि वीरेन्द्र शाह, उमा सिंह, टीका बिष्ट माथीको आक्रमणमा संलग्नलाई कानुनी कठघरामा उभ्याएको भए सायद जमिम शाह र अरुणकुमार सिंहानियाले ज्यान गुमाउनु पर्ने थिएन । तर सरकार कसैलाई पनि कारबाही गर्न सक्तैन । त्यसैले, यो क्रम जारी छ र अझै पनि अघि बढ्ने खतरा देखिँदै छ ।

यथार्थ लेखिएकै भरमा, यथार्थ बोलेकै भरमा कसैलाई आक्रमण गर्ने काम कायरहरुले मात्रै गर्छन् । सामान्य आँखाले हेर्दा बहादुर झैं देखिए पनि तिनीहरु साह्रै कायर, अबुझ र अपराधी हुन् । जसलाई कुनै पनि प्रकारको सजाय कम हुन्छ । सास निमोठिए पछि कलम बन्द हुन्छ, गोली ठोके पछि आवाज बन्द हुन्छ भनेर कसैले कल्पना गरेको छ भने उनीहरुले बुझ्नु जरुरी छ “नेपाली सञ्चार जगत् त्यती कमजोर र सरकार जस्तो लाचार छैन ।” कलमजिवीहरु माथी तिमी लगातार गोली ठोकी राख, एउटा गोली बराबर सयौं पत्रकारहरु जन्मिरहनेछन् । ज्यानलाई हत्केलामा राखेर भए पनि सत्य तथ्य ओकल्न नेपाली सञ्चारकर्मी लागि रहनेछन् । असुरक्षाका बिचमा पनि नेपाली सञ्चारकर्मीहरु आफ्नो धर्मवाट कहिल्यै पछि हट्ने छैनन् ।

(लेखक सोलुखुम्बु जिल्लाको सोलु एफ एममा कार्यरत छ्न्)

  • -shankar Bhattarai

    Sahi kuraa uthaaunu bhayo. tara yasto laajai pacheko,
    haruwaaharuko sarakaarale k sunchha tyasto ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    Shait sharma Reply:

    Sarkar ma ta janata le sabai bhanda badi manera chunab jityara patayako parti huda pani jhan patrakar asurachit tiya tara jun sukai sarkar aya pani ra partrkar ko suracha hunu parcha tapai ko lekai ma dam cha yak dam satik kura utaunu bhayako cha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Shiva Rai

    Very good article. short article ma sabai kura sameteko ma lekhak lai thanks. malai lagchha tapai solu ko best lekhak hunuhun6. Keep it up. thank you

    Shiva

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Ajay Tuladhar

    well written but kasle po sunchha ra yesto satya ra ramro kura haru. kathputali sarkar le yo kura sunne asha chhaina malai ta.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree