अपजसको धोक्रो बोकेर भीरबाट हाम्फाल्दै छ माओवादी

हरेक दललाई फुटाएर, जुधाएर, खेलाएर, चखाएर, तर्साएर वा फकाएर परिस्थिति आफ्नो अनूकुल पार्छन् भनिन्छ माओवादीले । तर अहिलेको ताल हेर्दा माओवादी त्यो बाटोमा देखिन्न । माओवादीले फेरी राष्ट्रिय सरकार भन्दै आफ्नै नेत्रित्वको सरकारको दाबी शुरु गरेर त्यहि छनक दिएको छ । सबैले बोकेर थाकेको, मक्किएको, रित्तिएको सरकार नामको झुम्रे थैलो बोकेर भिरबाट हाम्फाल्न खोज्दै छ माओवादी । त्यसो भन्दा माओवादी मित्रहरुका, समर्थकका कन्सिलीका रौं तात्लान । तर वास्तबिकता त्यहि हो कि माओवादी अपजसै अपजसको भारी बोकेर हाम्फाल्न अग्लो भिर खोज्दै हिँडेको छ ।

माओवादी, एमाले लगायतका वामपन्थि दलले हाकै भन्छन्- नेपाली कांग्रेस आम दलाल पूँजीपती र शोषक तथा शामान्त वर्गको हित हुने संबिधान बनाउन चाहन्छ । पिछडिएका वर्ग, सुकुम्बासी, तल्लो भनिने जाति, जनजाति, हेपिएका वर्गको वास्तबिक उत्थान हुने संबिधान बनाउन चाहन्न । नेपाली कांग्रेसकालागि २०४७ सालकै संबिधान उत्क्रिष्ठ थियो । त्यसैले अहिले भनिएझैं जातिय स्वायत्तता, प्रान्तिय राज्य, दलितहरुको उत्थान, आत्मनिर्णयको अधिकार, सबै जात र जातिको मुक्ति उ चाहन्न ।  धेरै उत्पिडित वर्ग, तराईवासी र दलित तथा जनजातिबाटपनि यो आरोप लगाइन्छ ।

एमालेको बहुमत शक्ति (कार्यकर्ता पंक्ति होइन) सामान्य सुधार गरेर अगाडि बढ्न चाहन्छ । वास्तबिक रुपमा एमालेका अधिकांश नेतापनि उहि शामान्त वर्गकै हित हुने संबिधान बनाउन चाहन्छन् । किनभने एमाले खासै कुनै कम्युनिष्ट जस्तो रहेकै छैन । अधिकांश नेत्रित्वकर्ता धनाढ्य वर्गमा रुपान्तरित भैसकेका छन् । तिनले दुखि गरिबको हित हुने होइन कि आफ्नै वर्गको हित हुने संबिधान बनाउँछन् ।

रह्यो माओवादी । उ राज्य पूनर्संरचना त भन्छ तर अन्य दलले चाहे भन्दा निकै अगाडि बढेर जन गणतान्त्रिक संबिधान बनाउन चाहन्छ । त्यस्तो संबिधान भनेको जनवादको प्रारम्भिक तहको मान्ने गरिन्छ । यसको अर्थ अहिले जनतालाई भन्ने गरे जस्तो कुनैपनि दल संबिधान बनाउन चाहँदैनन् । त्यसैले अहिले भनिएको संबिधान बन्दै बन्दैन । बनेपनि अहिलेको समयसिमा भित्रमा बन्दैन र अहिले भनिए जस्तो देशको आमूल संरचना बदल्ने खालको संबिधान बन्ने संभावनानै छैन ।

संबिधान सभाको निर्वाचन पछि बनेका सरकारको प्रमुख काम भनेकै गणतान्त्रिक संबिधान बनाउने । माओवादी तेत्रित्वको सरकारको जेम्मेवारी त्यहि थियो । एमाले नेत्रित्वको सरकार बन्दा आश्वाशन दिइएको र जिम्मेवारी लिएकोपनि त्यहि हो । माओवादी नेत्रित्वको सरकारले संबिधान बनाउन सकेन, हामीले बनाउँछौं भनेर प्रधानमन्त्री माधव नेपालले कुर्सीमा उक्लिँदा कसमै खाएका हुन् । तर संबिधान बनाउनतिर कुनैपनि काम गर्न सकेनन् । अब संबिधान बन्दै बन्दैन । सबैलाई जानकारी भएकै कुरो हो । यदि यो सरकार रहिरहेको खण्डमा सबैभन्दा ठुलो संबिधान नबन्नुको अपजसको भारी यसैले बोक्नुपर्छ । चाहे जो सुकैले जुनसुकै दललाई किन आरोप नलगाउन् । किनभने संबिधान बनाउने भन्ने प्रमुख जिम्मेवारीनै सरकारको हो । स्रोत, साधन र शक्तिपनि सबै त्यसकालागि सरकारसितै हुन्छ ।

जेठ १४ भित्र संबिधान नबन्ने पक्कापक्कि हुँदापनि यस्तो बेला माओवादीले किन सरकार बदल्न खोजेको हो ? अन्तिम अवस्थामा आएर यदि माओवादीले सरकार बनायो भनेपनि माओवादीलाई संबिधान बनाएको जस लिने अवसर पक्कै दिँदैनन् नेपाली कांग्रेस र एमालेले । जसरि अहिले माओवादी त्यो जस दिन तयार छैन । त्यसैले माओवादी सरकार बनेपनि जेठ १४ भित्र कुनैपनि हालतमा संबिधान बन्दैन नै । कि बनिहालेपनि यस्तो संबिधान बन्छ जुन कि त रक्षा मन्त्रालयबाट जारी हुन्छ । कि भारतीय दूतावासबाट । पहिलेनै बनिबनाउ संबिधान । र त्यो जारी भएपनि तत्कालै बिद्रोहको अर्को ज्वाला दन्किन्छ ।

एमालेलाई अहिले संबिधान बनाउन नसकेको अपजसको महाभूकम्प कुन पार्टीको थाप्लोमा लगेर छोडिदिउँ भैराखेको छ । एमाले र माओवादी जुधुन र आफु रमिते बन्न पाइयोस्, उनीहरु कमजोर् भए लोकप्रियता आफ्नो बढ्छ भन्ने दाउमा नेपाली कांग्रेस छ । त्यसैले, उसले एमाले नामको भरियालाई सरकारको भारी बोकाएर फाइदा आफुलेपनि लिइरहेको छ । अनि  ‘एमाले नेत्रित्वको सरकार हो, प्रधानमन्त्री नै हामीले एमालेलाई दिएको, ग्रिह, सञ्चार, रक्षा सबै उसैको’ भन्दै अपजसजति एमालेको टाउकामा थोपर्न सफल भएको छ । अहिलेको सरकार जति कमजोर भयो उति हाम्रो दाउ लाग्छ भन्ने मानसिकतामा कांग्रेस देखिन्छ । त्यसैले उ कुनै हालतमा सरकार नामको भारी बोक्न तयार छैन । त्यो माओवदीले सर्लक्क आफ्नो टाउकोमा बोक्न खोज्दै छ ।

अविश्वासको प्रस्ताब ल्याएर सरकार बनाएपनि न त उसले जनताका पक्षमा यति छोटो समयमा कुनै काम गर्न सक्छ । न माओवादीलाई त्यस्तो काम गरेर देखाउन नै दिन्छन् । न त जनताको पक्षमा संबिधान बन्ने न जनताको लागि कुनै राहत दिन नै सक्ने । यस्तो बेला सरकार हाम्रो नेत्रित्वमा बन्नुपर्छ भनेर ज्यान फाल्नुको कारण के होला ? उल्टो माओवादीलाई सरकार गिराउन लागेर संबिधान बनाउने काममा भाँजो हालेको, कुर्सीकालागि ज्यान फालेको भनेर आरोप लाग्ने छ । जनताका अगाडि माओवादी सत्ता स्वार्थी देखिने। कांग्रेस र एमाले चोखिने । यस्तो स्पष्ठ देखिँदा देखिँदैपनि माओवादी ७० दिन सरकार चलाउछु भनेर किन दाह्रे भीर खोज्दै हिँडेको हो ?

  • -राम गुरुङ

    एक दम सटिक कुरा लेख्नु भयो ददीजी। किन ७० दिनको लागि सरकारमा जान मरिहत्ते गरेका माओवादीले ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • jibendra sigdel

    CHITTA BUJHYO
    MAAOWADEELE YASTYO WASTABIKATA KAHILE BUJHNE ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • sahit

    Ha Ha mawobadi le tati dharai sochera agi bhanda sakni bhaya ahile desh ko yo halat nahi huni tiyana usle sarkar choddna nai parni tiyana charai tira sochera agi badni mawobadi ma chamata china aswasan ma manche lai julayara kehi hudaina

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • gyanu

    yak dam ramro lekh i also supported you

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • badakaa

    त्यत्रो बिचार बिमर्ष र संघर्स गरेर आएको पार्टी ले के त्यति कुरा पनि बुझेको छैन होला त ? बरु संबिधान नबने अगाडी कसरी बढ़ने कुरा प्रमुख बिषय हुन सक्छ .
    बड़का थारू

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree