शवयात्रा शुरु, आँशु झार्दै लाखौँ जनता सडकमा

(अपडेट- स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई अन्तिम श्रद्दान्जली दिन जम्मा भएका जनमानसको भिड यति ठूलो छ कि त्यसले मदन भण्डारी र राजा बिरेन्द्रको श्रद्दान्जली दिनेको भिडलाई बिर्साउने खालको छ । हजारौं लाखौं जनताले कोइरालालाई श्रद्दान्जली दिँदै बिभिन्न नारा लगाइरहेका छन्। आकाशमा चपर हेलिकोप्टरले चक्कर लगाइरहेको छ । भारतीय वामपन्थी नेता सिताराम याचुरी, राजनाथ सिं र डिपी त्रिपाठीसमेत आइपुगेका छन् ।)

काठमाडौंबाट पत्रकार मित्र शिवदेव कँडेलले जानकारि दिए अनुसार स्वर्गिय गिरिजा प्रसाद कोइरालाको शवयात्रा शुरु भएको छ । दुई बजेसम्म रंगशालामा अन्तिम श्रद्दान्जलिका राख्ने भनिएपनि स्वदेशी तथा बिदेशी नेता आउन ढिला हुने भन्दै तिन बजेसम्म राखियो । अहिले उनलाई श्रद्दान्जली दिन लाखौं लाख जनता ओइरिएका छन् ।

काठमाडौंको सडक पुरै जाम भएको छ । हातमा फूल माला र अविर लिएर रुँदै मानिसहरु बाटो बाटोमा उभिएका छन् । उता पशुपती आर्यघाटमा उनको अन्त्यष्टि हेर्नकालागि रातीदेखिनै हजारौं मानिसहरु भिड लागेर बसेका छन् । उनको शवलाई राजधानीका सबै प्रमुख ठाउँहरुको परिक्रमा गराएर आर्यघाट पुर्‍याइने छ ।

पशुपती आर्यघाटमा लगेर उनको पार्थिव शरिरलाई छोरी सुजाता कोइरालाले दागबत्ती दिने घोषणा गरिसकेकि छन् भने किरिया किरियापुत्रीको रुपमा घाट व्यवस्था तथा सेवा समितिका कर्मचारी रामशरण नेपाललाई छानिएको छ ।

उनलाई श्रद्दान्जली दिन फूल माला लिएर उभिएका सयौं मानिसहरुले ‘गिरिजा गए, अब देश झन खत्तम पार्ने भए बाँकि नेताले’ भन्दै रोइरहेकोपनि कँडेलले उल्लेख गरेका छन् । उनको घटनाबारे समाचार संकलन गर्न स्वदेशी तथा बिदेशी पत्रकारहरुको भिडपनि उत्तिकै लागेको छ ।

उनलाई अन्तिम श्रद्दान्जली दिन भारतीय लोकसभाका सभामुख मिरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी, विदेशमन्त्री एसएम कृष्णा पनि आइपुगेका छन् । उनीहरु सिधै दशरथ रंगशाला पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेक थिए । भारतीय नेताहरु कोइरालाको अन्त्यष्टिमा समेत सहभागि हुने बताइएको छ । उनलाई पहिलेका राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रिय सम्मान दिएर अन्त्यष्टि गरिने छ । (तस्बिर-विक्ली नेपाल) ।

  • Surjan Rokaya

    प्रजातन्त्रका होनहार योद्धा, नेपाली जनताका ढुकढुकी, नेपाली राजनितिका धरोहर, नेपाली जनताका मुटु, र र्सवस्व विश्वका चर्चित राजनैतिक खेलाडी गिरिजा प्रसाद कोइरालाको दुखत निधनले आज राष्ट्र र जनताका आखा भरि आशुका धाराहरु बगिरहेको यो क्षणमा हामी कालीकोट बासी पनि अत्यन्तै मर्माहित भएका छौँ । यस शोकाकुल घडिमा स्वयम आफैलाई पनि यो दुखत घटनालाई सहनु पर्ने बाध्यतामा राखेका छौँ । प्रजातन्त्र र शान्तिका लागी सधैँ दृढ र अडिग रहने कोइराला प्रतिको ७नतसदा सुमन व्यक्त गर्न हामी सबै नेपालीले तथा नेपालका राजनैतिक दलले देशको नयाँ संविधान समयमा नै पुरा गरेमा मात्र स्वर्गिय शिखर नेता-प्रजातन्त्रका नायक) गिरिजा प्रसाद कोइराला प्रतिको ७नतसदान्जली तथा उहाको सपना साकार हुनेछ ।
    र्सर्ुजन रोकाया -पलाती)
    भैचन्द्र रोकाया -पलाती)
    कालीकोट, मान्मा

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree