मैले सुन्दै आएका जादूमय कोइराला

राजनितिक नेताहरु प्राय एकाध बर्ष वर्चस्वमा देखापर्छन् । अनि ति सुस्ताउँछन्, अस्ताउँछन् । कि आफैं थाकेर, वाक्क दिक्क भएर बिश्राम लिन्छन् । कि त ति असाध्यै बदनाम भएर पाखा लाग्छन् । तर कोइरालाले बेला बेलामामा केहि उतार चढावबाहेक ६ दशक भन्दा लामो राजनितिक समयलाई आफ्नै सेरोफेरोमा घुमाईरहे । सानोतिनो क्षमता, चलाखि, ज्ञान र हिम्मतले त्यो पक्कै संभव छैन । के थियो त त्यस्तो क्षमता कोइरालामा ?

खासमा मैले कहिल्यै राजनितिक समाचारलाई मूल रिपोर्टिङको क्षेत्र बनाइन । म सधैं जिवजन्तु, ताल तलैया, चराचुरुङ्गी र प्राक्रितिक विषयमा केन्द्रित रहें । त्यसैमा चाख दिएँ । त्यसैमा सानोतिनो भएपनि आफ्नो पहिचान बनाएँ । त्यसैले राजनितिक पार्टी र तिनका नेतासित मेरो त्यति हिमचिम, चाख र ज्ञान रहेन । त्यहि भएर मैले नेपालका राजनितिक नेताका बारेमा उति टिप्पणी गर्न सक्ने हैसियतपनि नराखौंला ।

तरपनि राजनितिकलगायत अन्य विषयमा कलम चलाउने अन्य साथीहरुसित एकै थलोमा काम गर्दा, रिपोर्टिङ गरेको देखिन्थ्यो । कोइरालालाई भेटेर र अन्तर्वार्ता गरेर आएपछि तिनले उनीसितका प्रसंग सुनाउँदा चाख दिएर सुनिन्थ्यो । तिनले कस्तो लेखे भनेर पढिन्थ्यो । आफुले नलेखेपनि समग्ररुपमा देशको राजनितिबारे चाख दिइन्थ्यो नै । त्यहि साथ, सहयोग, सुने बुझेका आधारमा मलाई स्वर्गिय गिरिजाप्रसाद कोइरालाका केहि स्वभावबारे टिप्पणी गर्नु अन्यथा हुने छैन ।

कोइरालासित अन्तर्वार्ता गर्न असाध्यै मुस्किल थियो । साथीहरु कोइरालासितलाई अन्तर्वार्ताकालागि मनाउनुनै निकै ठूलो सफलता ठान्थे । पत्रकार भनेपछि बोलाई बोलाई अन्तर्वर्ता गराउने, रेडियो, टिभी र पत्रकारका वरिपरि ढल्किराख्ने नेता जस्ता थिएनन् उनी । त्यसको कारण के थियो भने उनी आत्मविश्वाशी थिए । उनमा आफुले गरेको काम, निर्णय र योजनामा आत्मविश्वास थियो । ठिक काम गरेपछि त्यसको प्रचारप्रसार आफैं हुन्छ, नतिजा सकारात्मकनै आउँछ भन्ने उनको द्रिढ विश्वास थियो ।

उनी कहिल्यैपनि अरुलाई साथ लिएर होइन कि आफु, आफ्नो संगठन र राजनितिक परिस्थितिका बारेमा एक्लै निर्धक्कक साथ प्रस्तुत हुन्थे । कहिल्यै घुमाउरो पाराले, कुरो चपाएर र तर्किने ढंगले जवाफ दिँदैनथे ।  अनूकुल परिस्थितिमा लाभ लिने र प्रतिकूल परिस्थितिमा तर्किने स्वभाव थिएन । अनूकुल होस् कि प्रतिकूल ति दुबै अवस्थामा उनी निर्धक्कले प्रस्तुत हुन्थे र जिम्मेवारी लिने गर्थे । त्यहि कारणले गर्दा पार्टीमा उनले शुरुदेखिनै वर्चस्व कायम गरे ।

संगठन बनाउन उनी त्यत्तिकै कुशल थिए । कार्यकर्तालाई निक्कै माया गर्थे कोइराला । जहाँ मनमुटाव छ, द्वन्द छ, गुनासाहरु छन् त्यहाँ निर्धक्कले जान्थे । कार्यकर्ताहरुका कुरा सुन्थे । जस्तोसुकै परिस्थितिमापनि म छु, तपाईहरु अगाडि बढ्नुस् भन्थे । जिल्ला जिल्ला भ्रमण गरेर पार्टीको तल्लो निकायसम्म भावना बुझ्ने कोसिस गर्थे । अप्ठेरा परिस्थितिहरुमा कार्यकर्तालाई साहस दिन्थे, जुधारु बन्न प्रेरित गर्थे । कार्यकर्तालाई माया गर्ने र जस्तोसुकै परिस्थितिमपनि साथ दिने उनको त्यहि स्वभावले गर्दा उनले आव्हान गर्नासाथ सारा कार्यकर्ता जुरुक्कै उठ्थे । खासगरि कार्यकर्तालाई फकाउन, फुर्क्याउन र काममा लगाउन, चित्त बुझाउन सक्ने जादूनै थियो उनमा । कुनै बिवाद, असन्तुष्टि, झैझगडालाई कसैले मिलाउन सकेन भने उनै पुग्थे ।

अनि महिला, वालवालिका, किसान, मजदूर जहाँ पुग्यो तिनको भावनासँग तालमेल मिलाउन सक्ने अनौठो क्षमता थियो उनमा । महिलाहरुलाई अवसर दिनुपर्छ, सम्मान गर्नुपर्छ भन्ने सकारात्मक सोचपनि थियो उनमा । जसले गर्दा उनले आम महिलाहरुको भावनालाईपनि जितिरहे । त्यसैले उनी किसान कहाँ पुग्दा आफुपनि किसान को छोरो, मजदूर कहाँ पुग्दा आफुपनि पहिले दुख पाएको मजदूर बनेको बताएर तिनको भावना जित्थे । त्यसरि प्रस्तुत हुन उनको मजदूर आन्दोलनदेखिको प्रिष्ठभूमीले साथ दिएको पनि थियो ।

उनको अर्को सकारात्मक पक्ष के भने उनी स्वयं नीजि सम्पत्ती, ऐस आराम र मोजमस्तीका लागि डुबेनन् । नेपालका नेताहरुमा आर्थिक मामलामा शुद्द निकै कम देखिन्छन् । उनको पालामा आर्थिक काण्ड नभएका होइनन् नै । तरपनि कोइराला आधा दर्जन पटक देशको सर्बोच्च पदमा पुग्दापनि उनले आफ्नैलागि भने आर्थिक लाभ लिएनन् । उनकी छोरी सुजाता राजनितिमा आएपछि भएका केहि अनुचित आर्थिक घटनाले उनलाई आलोचित बनाएपनि उनको अधिकांश राजनितिक जिवनमा उनी अनुचित आर्थिक लाभबाट परै रहे । अन्तिम अवस्थासम्मपनि आफ्नालागि आर्थिक लाभ नलिइ जिवन भतिजका घरमा बिताए। अनि अन्तिम बिसौनी समेत छोरीको घरलाई बनाए।

कुनैपनि विषयका बारेमा आम कार्यकर्ता र पार्टी पंक्तिमा छलफल गराउने । तिनका तर्क ढुक्कले सुन्थे । तर आम कार्यकर्ता र पार्टीमा छलफल गराएरपनि एकल निर्णय गराउनसक्ने गज्जबको क्षमता थियो । उनमा आँट अदम्य थियो । जस्तोसुकै परिस्थितिमापनि उनी डगमगाउँदैन थिए । आफ्नो आस्था, बिचार र सोच अनुसार त्यसमा निर्णय गरेर अगाडि बढ्ने अदम्य आँट थियो । उनको त्यहि आँटकै कारणले गर्दा उनले अरु नेतालाई सधैं पछाडि पारिरहे । अरुका कुरा सुनेर ए ए भनेपनि आफुले जे सोच्यो, जे उपयुक्त ठान्यो त्यसलाई लागू गराउन सक्ने, निर्णय गर्न सक्ने हठि स्वभाव थियो ।

उनी भन्थे-म कहिल्यै पछाडि फर्केर हेर्दिन ।भूतकालको मूल्यांकन गरेर भविष्यकालागि केहि सिक्न नसकिने त होइन नै। तरपनि भूतकाललाई पछाडी फर्केर हेर्ने र अनेक तर्क बितर्क गरेर समय फाल्ने होइन कि सधैं अगाडि बढ्ने सोच थियो उनमा । बितिसकेका कुरामा किन अल्झिने भन्ने तर्कले होला उनी सधैं अगाडि बढ्थे । अगाडिका सफलता, असफलता र तागाराकाबारेमा सोच्थे । आफुले बोलेका कुरा गरेरै छोड्ने अडान उत्तिकै थियो । र उनी हाकै भन्थे- गिरिजाबाबु जे बोल्छ त्यो गरेरै छोड्छ।  त्यहि कारणले गर्दापनि आम कार्यकर्ताहरुले उनलाई सधैं साथ दिए। कोइराला जे बोल्छन् त्यो गरेरै छोड्छन् भन्ने पार्टीको तल्लो तहसम्म बिश्वास थियो ।

उनमा जोखिम लिने क्षमता थियो । उनले राणा शासनदेखि पञ्चायति ब्यवस्थालाई हुत्याउने देखि देशमा गणतन्त्र भित्र्याउने बेलासम्म पटक पटक जोखिम लिए । नेपाली कांग्रेसको नीति अनुसार संबैधानिक राजतन्त्र हुँदा हुँदै पार्टी नीति बिरुद्द गएर उनले माओवादीसित देशमा गणतन्त्र ल्याउन सहमती गरे । यदि कोइराला जोखिम लिन आँट नगर्ने, साहशी र हठी स्वभावका नभैदिएको भए आफ्नै पार्टी नीति बिरुद्द गएर यत्रो निर्णय गर्न सक्ने थिएनन् ।

उनी कतिसम्म एकोहोरो र हठि थिए भने उनमाथि भारतीय सत्ताका अगाडि झुकेको आरोप लाग्दै आएपनि अन्तिममा शान्ति संझौतापछि भारतले उनलाई सत्तामा आउन दिन चाहेन । यो कुरो कोइरालाले स्पष्ठै बुझे । यो बुझेका कोइरालाले एक पटक सिधै भने-भारतले मलाई धोका दियो, मपनि देखाइदिन्छु अब भारतलाई। त्यसपछि उनले नेपालमा भारतीय चलखेल हुने देखेर अडान लिइराखे, त्यहि चलखेल रोक्न उच्च स्तरिय राजनितिक संयन्त्र बनाए । तरपनि भारतीयका अगाडि उनले आफ्नो अडान छोडेनन् । यसमा उनको केहि हदसम्म दूरदर्शितालेपनि काम गरेको हुनुपर्छ । माओवादीलाई शान्ति संझौताबाट लखेट्ने, देशमा फेरी रक्तपात मच्चाउने भारतीयको भित्रि मनशाय र योजनालाई अन्तिम अवस्थामा आइपुग्दापनि सफल हुन दिएनन । अन्तिम अवस्था सम्मपनि सहमती, सहकार्य र छलफल बाटै देशको हित गर्न सकिन्छ भन्ने मान्यतामा थिए उनी। जुन असाध्यै सकारात्मक सोच हो ।

कम्सेकम हाम्रा दल र नेताहरुले उनले नेत्रित्व लिएको राजनितिक संयन्त्रलाई सहि गती दिएर शान्ति संझौतालाई टुंगोमा पुर्‍याउन्, गणतान्त्रिक संबिधान संबिधान बनाएर देशलाई अब आर्थिक क्रान्ति गर्ने आधार स्रिजना गरिदिउन् । यहिनै कोइरालाप्रतिको सच्चा श्रदान्जली हुने छ !!!!!!!

  • ekku

    tyai rahe6 sathi nepaliko parmpara jiudo 6ada khutta tanne mare pa6i puja garne parampara le garda hola kahile pani pargati nagareko . putke ko machha thulo bhaya pani k garne ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Sahit Sharma

    Na ta koirala jasta neta aru chan nai na hune chan jasto laucha k garni aba marna ta yak din sabai le parcha tara kasai ko mirtu ma yati dharai pida bhayako payako tiena uaha ko atma ko chir santi ko lagi aba rajnaitiki dal ka neta haru milera smaya ma uaha ko atma lai santhi dinos.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Janak Bhusal

    Dadiji ke ho political news lekhna aaudaina , neta baare jandina bhandai yasto raamro lekhne, satik kura ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

    subash acharya Reply:

    napali ko parampara vanako marepachi matra samman garne ,bhacunjal chai kehipani nagarne.aba babeko sabai milera kam garne.

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • Tapta Bhandari

    नमस्ते दधि जी धेरै राम्रो आर्टिकल लेख्नु भए को छ ! तपाई को विचार लाई माने ! राजनीति र नेताको बारेमा नजानीकन एती राम्रो लेख छ जानेको भए मा कस्तो हुने थियो होला ?

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • -राम गुरुङ

    ददिजी, तपाईलाई नेताको बारेमा लेख्न नजानेको, ज्ञान नभएको रे ? जानेको भए कस्तो लेख्नुहुने थियो होला ? तपाईको ज्ञान र लेखाईको दम्भलाई मान्नै पर्छ । तपाईको बिचार साँच्चै राम्रो रहेछ ददिजी । तपाईको लेखन र मेहनतबारे मैले पढ्न लागेको धेरै भयो । आज भने अति प्रभावित भएँ । ददिजी मेरो मेलमा तपाईको पर्सनल मेल पठाउनुस् न मिल्छ भने र तपाईको फोन नम्बरपनि ।

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

  • a

    girija chor thiyo aauta bhstachari kaam bho des ma khushi lageko chha

    मन परो वा परेन: Thumb up 0 Thumb down 0

    [Reply]

तपाईको प्रतिक्रिया दिनुस्
नेपालीमा लेख्ने/नलेख्ने(To type in English, press Ctrl+g)

Spam Protection by WP-SpamFree